• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सर्लाहीमा विद्युत् नियमित नहुँदा सास्ती

  • वीरगंज संजाल
  • Aug 30, 2023, 12:46 pm
  • २३७

    वीरगंज । सर्लाहीमा छिनछिनमै विद्युत् कटौती हुने समस्याले स्थानीय बासिन्दा हैरान भएका छन् । विशेष गरी साँझको समयमा धेरै मात्रामा विद्युत् कटौती हुने गरेको स्थानीयवासीको गुनासो छ । सोमबार साँझ मात्रै दर्जनौँ पटक विद्युत् काटियो । गर्मीले प्रभावित भइरहेका स्थानीयवासी यसरी बारम्बार बत्ती गइरहने समस्याले हैरान भएका हुन् । बिना पङ्खा बस्नै नसक्ने गरी गर्मी भइरहेको समयमा झ्याप्प झ्याप्प बत्ती गएर हैरान पारेको लालबन्दी नगरपालिका–१५, परवानीपुरका अन्तर नौमान बोम्जनले बताउनुभयो । “साँझमा खाना खाने तथा बस्तुभाउलाई घाँसपात गरेर थन्कोमन्को गर्ने बेला विद्युत् कटौती भइरहन्छ,” बोम्जनले भन्नुभयो, “उज्यालो आवश्यक पर्ने बेला नै बत्ती हुँदैन ।” बजार क्षेत्रको तुलनामा ग्रामीण भेगमा विद्युत् कटौती बढी हुने गरेको गुनासो उहाँले गर्नुभयो । बारम्बार बत्ती जाने समस्याले विद्युत्बाट हुने सम्पूर्ण काम प्रभावित हुने गरेका छन् ।

    यहाँका उद्योग तथा कलकारखाना विद्युत् अनियमितताको चपेटामा परेका छन् । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले प्रायःजसो पानी परेको तथा हावाहुरी चलेको समयमा विद्युत् अनियमित हुने गरेको बताउनुभयो । “पानी परेपछि रुखका हाँगा तारमा परेर तार चुँडिने, पोल ढल्नेजस्ता समस्या हुन्छ,” उहाँले भन्नुभयो, “यस्तो किसिमको प्राविधिक समस्या हुँदा जहाँजहाँ समस्या छैन त्यस क्षेत्रमा बत्ती छाडेर खराबी आएको क्षेत्रको मर्मतमा लाग्ने गरेका छौँ ।”केही दिनदेखि पानी पर्ने र हल्का हावा चल्ने भइरहँदा ठाउँ ठाउँमै रुख ढल्ने तथा हाँगा भाँचिएर तारमा पर्ने समस्या धेरै नै आइरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपुरस्थित सबस्टेसनको ट्रान्सफर्मरमा खराबी आएर मर्मत गर्नुपर्दा मङ्गलबार पनि यस क्षेत्रमा विद्युत् अनियमित भइरहेको छ ।

    लालबन्दी वितरण केन्द्र अन्तर्गत उत्तरी चुरेभेगका कतिपय गाउँमा हिजोआज पानी परेर खोला बाढीले गर्दा गाडी जान नसक्ने भएकाले मर्मत सम्भारका लागि पुग्नै नसक्ने अवस्था रहेको श्रेष्ठको भनाइ छ । यस्तै प्राधिकरणको मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेशप्रसाद यादवले पनि पानी पर्ने याममा विद्युत् नियमित गर्न असम्भव रहेको बताउनुभयो । “यहाँ विद्युत्का संरचना वर्षौंअघिका अत्यन्त पुराना छन्, पानी पर्ने बित्तिकै कतै न कतै समस्या आइहाल्छ,” उहाँले भन्नुभयो, “कुनै ठाउँमा समस्या आए वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा बत्ती काटेर मर्मतमा जुट्नुपर्ने हुन्छ ।”बिजुलीका निकै पुराना तथा जीर्ण संरचनाबाट अत्यधिक माग हुने गर्मी याममा विद्युत् नियमित गर्न चुनौती रहेको यादवले बताउनुभयो । मलङ्गवा वितरण केन्द्र अन्तर्गतको दक्षिण–पूर्वी र दक्षिण–पश्चिम भेगका बासिन्दाले प्राधिकरणकै लापरवाही र मनोमानीका कारण आफूहरूको क्षेत्रमा घण्टौँसम्म बत्ती कटौती हुने गरेको आरोप लगाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑