• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    शिशु बेचेको आरोप लागेका डाक्टरको सम्पत्ति करोडौं

  • वीरगंज संजाल
  • Aug 28, 2023, 8:38 pm
  • ६०९

    वीरगंज । शिशु बेचेको आरोपमा पक्राउ परेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले अकुत सम्पत्ति कमाएको पाइएको छ। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान क्रममा डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको पाइएको हो। डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको पाइएपछि उनी विरुद्ध सम्पत्ति शुद्धीकरण विभागमार्फत अनुसन्धानको प्रक्रिया थाल्न लागेको प्रहरीले जनाएको छ। बच्चा बेपत्ता बनाएको कसुरमा डाक्टरसहित ६ जना पक्राउ परेका छन्। डाक्टर कर्ण भदौ १ गते पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा डाक्टरको समूहले नवजात शिशु सन्तान नभएका दम्पतीलाई ५ लाख रुपैयाँमा बेचेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि यो रकम अझ बढी हुनसक्ने प्रहरीले बताएको छ। बच्चा बेचेको आरोपमा पक्राउ परेका डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको देखिएको बताउँदै, प्रहरी स्रोतले भन्यो, ‘उनको श्रीमती र परिवारका सदस्यका नाममा विराटनगर, काठमाण्डौं र राजविराजमा घर, जग्गाजमिन फेला परे पनि बैंकमा कति रकम छ यकिन भइसकेको छैन।डाक्टर कर्णको परिवारका सदस्य तथा नजिकका नातागोताका नाममा रहेको चलअचल सम्पत्ति खोज्ने काम भइरहेको छ। उनले अवैध गर्भपतन र शिशु बेचेर नै सम्पत्ति आर्जन गरेको हुनुपर्छ।’ सम्पत्ति शुद्धीकरणमा मुद्दाको प्रक्रिया अघि बढेको र केही प्रमाण प्राप्त हुनसाथ मुद्दा दर्ता हुने स्रोत बतायो। डाक्टर कर्णले आफ्नो निजी क्लिनिकमा एक दशकदेखि अवैध गर्भपतन गराउँदै आएको र नवजात शिशु बेच्ने गरेको आरोप लागेको छ।

    आफ्नै घरमा क्लिनिक खोलेर त्यहाँ अवैध गर्भपतन गर्ने र अवैध सम्बन्धबाट रहेको गर्भको बच्चा जन्माउनु परे क्लिनिक नजिकै रहेको ग्रीनक्रस अस्पतालमा लग्ने गरेको खुलेको छ। अवैध गर्भपतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर अन्यत्र व्यवस्थापन गर्ने गरेको बुझिएको छ। उनले विराटनगरमा ४ वटा, काठमाडाैँमा एउटा घर र करोडौं रुपैयाँको अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको देखिन्छ। डाक्टर कर्णकी श्रीमती सरिता कर्णका नाममा विराटनगर–७ स्थित कोशी अस्पताल अगाडि १६ धुर जग्गामा साढे ४ तले घर छ। उनका परिवार विराटनगर–२ सोमबारे हाट (तीनपैनी चोक) मा रहेको घरमा बस्दै आएका छन्। उनको ३ तले घर रहेको छ। विराटनगर– ७ वीरेन्द्रसभा गृह अगाडि एउटा घर छ भने ७ नम्बर वडा अस्पताल चोक नजिक डाक्टर कर्णको निजी क्लिनिक दीपेश मेडिकल हल रहेको घर जग्गा पनि उनैको हो। त्यहाँ १७ धुर जग्गामा रहेको एक तले घर छ। उनले मान्छे हेरेर अवैध गर्भपतन गराए बापत रकम लिने मात्र नभई शिशु सम्बन्धी कारोबार यहाँबाट गर्दै आएको खुल्न आएको छ। काठमाडौँस्थित बुढानीलकण्ठमा १० आना जग्गामा घर निर्माणाधीन अवस्थामा छ। मोरङको बुढीगंगा गाउँपालिस्थित हात्तिमुढामा अडाई बिघा सरिताको नाममा छ भने राजविराजमा समेत जग्गा रहेको बताइएको छ। डाक्टर कर्णका परिवार तथा नातागोताको सम्पत्ति खोज्ने काम गरिरहेको प्रहरीले जनाएको छ। २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पद समालेका थिए। छोटो समयमै अस्वाभाविक गतिमा चलअचल सम्पत्ति आर्जन गरेको हुनसक्ने आशंकामा डाक्टर कर्णमाथि अनुसन्धान अघि बढाउने मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनले डाक्टरसहित पक्राउ परेका ६ जनाको अनुसन्धान भई सरकारी वकिललाई अभियोग पत्र बुझाएपछि डाक्टरको सम्पत्तिको पनि छानबिन सुरु हुने बताए।

    सम्पत्ति शुद्धीकरण विभागमार्फत डाक्टर र उनका परिवार तथा नातागोताको सम्पत्ति छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइने छ। भूमि सुधार मन्त्रालय (मालपोत) र राष्ट्र बैंकमा पत्र पठाएको बताउँदै, डिएसपी दाहालले भने, ‘यो घटनाको मुद्दा सरकारी वकिललाई बुझाएपछि मात्रै सम्पत्तिबारे अनुसन्धान थाल्ने छौं। दुई वटा कार्यालयमा पत्र पठाएर डाक्टरसहित उनका परिवार तथा आफन्तको सम्पत्तिको विवरण खोज्ने कार्य भएको छ।’साउन ३२ गते भोजपुरकी २६ वर्षीय एक युवतीले आफ्नो प्रेमी भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डाक्टर कर्णका विरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि घटना बाहिरिएको थियो। अविवाहित जोडीबाट असार १४ गते डाक्टर कर्णमार्फत ग्रीनक्रस अस्पतालमा नर्मल डेलिभरीबाट बच्चा जन्मिएको थियो। जन्मिएको बच्चा (छोरी) लाई बच्चाका बुवा गोविन्द र डाक्टर मिलेर बेपत्ता बनाएको भनेर जाहेरी दिएकी थिइन्। प्रहरीले अनुसन्धान थालेपछि बेपत्ता बनाएकी एक दिने शिशुलाई ५ लाख रुपैयाँमा खरिदबिक्री गरेको खुलेको हो। मोरङको कटहरी गाउँपालिका–२ की दीलमाया राजवंशीलाई कर्णसहितको टोलीले बेचेको प्रहरीले बताएको छ। घटनामा संलग्न भएको आरोपमा बच्चाका बुवा गोविन्द, डाक्टर कर्ण, ग्रीनक्रस अस्पतालकी सुधा राजवंशी, कटहरीकी ४६ वर्षीया दिलमाया राजजंशी उनका छोरा ३० वर्षीय सूर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया निर्मला यादवलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑