• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ऋण दिँदा एसबिआई बैंकका शाखा प्रमुखले लिए ९० लाख घुस !

  • वीरगंज संजाल
  • Aug 28, 2023, 6:24 pm
  • १०२५

    वीरगंज । बचतकर्ता ठगीको आरोपमा पक्राउ गरेका शिवशिखर बहुद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बैंकबाट कर्जा लिँदा ९० लाख घुस बुझाएको बयान दिएका छन् । सहकारीका बचतकर्ताको अर्बौं ठगेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोगपत्रमा शर्माले नेपाल एसबिआई बैंकबाट ९० करोड कर्जा लिँदा घुस बापत ९० लाख रुपैयाँ शाखा प्रबन्धकलाई बुझाउनु परेको बयान दिएका छन्।‘पुष्कर मल्ल (शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक समितिका सदस्य तथा शिखर अर्गनाइजेशनका मेनेजर)को व्यक्तिगत खातामा जम्मा भएको ८९ लाख १३ हजार रकम समेत गरी ९० लाख एसबिआई बैंकका कमर्शियल ब्राञ्चका शाखा प्रबन्धक मनोज गौतमले शिवशिखर खाद्य उद्योगको नाममा स्वीकृत भएको ९० करोड ऋण बापत १ प्रतिशतका दरले हुन आउने रकम शिखर अर्गनाइजेशनको अफिसमा आई पुष्कर मल्लमार्फत ४० लाख र ५० लाख गरी ९० लाख लिएका हुन्’ शर्माको बयानमा उल्लेख छ ।

    सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ । सहकारीका १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । सहकारीका सञ्चालकले २१ हजार ३६९ जना बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ३०० रुपैयाँ मध्ये ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ बचत फिर्ता नगरी हिनामिना गरेको भनी जाहेरी प्राप्त भएको भन्दै ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ माग दाबी गरिएको छ । यस्तै सहकारीका सञ्चालकहरुले संगठित अपराध गरेको भन्दै ६ देखि ८ वर्ष कैद सजाय माग दाबी गरेको छ । प्रतिवादीहरु केदारनाथ शर्मा, सुशिल बाँनिया, भोजराज पौडेल, तेज बहादुर तामाङ, पुष्कर मल्ल, दिपक बहादुर ऐर, राजु साखकर्मी, अमिशराज भण्डारी, लिलानाथ गौतम, गिता शर्मा, रसना शाक्य, शिव प्रसाद पौड्याल, रमेश खाईजु, शुर्दशन कपाली, कुमार श्रेष्ठ, त्रिचन्द्र सुवेदी, शमिना श्रेष्ठ, प्रदिप भट्टराई र बाल मुकुन्द कपालीले सहकारी ऐन अन्तगर्तको कसूर गर्न संगठित अपराध गरेको देखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । साविकको शिखरदीप बहुउदेश्यीय सहकारी संस्था सानोठिमी १५ भक्तपुरको नाममा रहेको बा ८९ प १२९४ नं को स्कुटर एक थान आवश्यक कारवाहीको लागी कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग पठाइएको छ ।

    प्रतिवादीहरुको खातामा जम्मा रहेको १५ लाख ५७ हजार ९०७ रुपैयाँ अनुसन्धानको क्रममा रोक्का रहेकोमा स्कुटर र बैंकमा रहेको रकम १५ लाख ५७ हजार ९०७ रुपैयाँ संगठित अपराध निवारण ऐन, २०७० को दफा ५१ वमोजिम जफत गरिपाउन मागदाबी लिइएको जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती तथा शिखर अर्गनाइजेशनका निर्देशक गीता शर्मा, सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याल, गार्डेन मार्टका प्रबन्धक तथा सहकारीको लेखा समितिका सदस्य रमेश खाइजु, सहकारीका प्रबन्धक तथा खाता सञ्चालक रसना शाक्य, शिखर अर्गनाइजेशनका मेनेजर पुस्कर मल्ल, संस्थाको सञ्चालक समितिका सदस्य अमिश राजभण्डारीलाई प्रतिवादी बनाइएको छ ।

    यस्तै शिखर बहुउदेश्यीय सहकारी संस्था भक्तपुरका अध्यक्ष सुशिल बानियाँ, सहकारीका सचिव तथा गोरखा टि एण्ड कफिका अध्यक्ष तेजबहादुर तामाङ, सहकारीका सदस्य राजु शाखकर्मी, सञ्चालक दिपक बहादुर ऐर, सहकारीका व्यवस्थापक लिलानाथ गौतम, शिखर सहकारीका उपाध्यक्ष भोजराज पौडेल, सहकारी लेखा समितिका पदाधिकारी, कौशलटारका प्रबन्धक तथा न्यूरोड सेवा केन्द्रका सञ्चालक शुदर्शन कपाली, शिखर टोवाको ईन्डष्ट्रिजका सञ्चालक प्रदिप भट्टराई,सहकारीका ऋण अधिकृत त्रि चन्द्र सुवेदी, लेखासुपरिवेक्षण समितिका सदस्य कुमार श्रेष्ठ, लेखा अधिकृत शमिना श्रेष्ठ र ऋण अधिकृत बालकमुकुन्दू कपाली प्रतिवादी रहेका छन् । १९ जना प्रतिवादीमा १२ जना फरार रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑