• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जानसक्छ : प्रभु साह

  • वीरगंज संजाल
  • ११ भाद्र २०८०, सोमबार १७:४०
  • १६१७

    वीरगंज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिनुभएको छ । सोमवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिनुभएको हो । उहाँले १७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भएपनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने बताउनु भयो । उहाँले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको बताउनु भयो । उहाँले सरकारले कानूनी शासनको खिल्ली उडाउने काम गरेको बताउनु भयो ।

    उहाँले सरकारले सत्ता जोगाउनका लागि गौर हत्याकाण्डको छानबिन नगर्ने हो भने पीडितहरु चुप नलाग्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘गौर हत्याकाण्ड १७ वर्ष भइसक्यो । मुद्दा दर्ता छ । मुद्दा दर्ता भएपछि दुनियाँले बुझ्छ अब प्रक्रियामा जान्छ । १७ वर्ष अगाडी मुद्दा दर्ता छ तर कानून लाग्दैन । सरकारले भन्छ हामी छानबिन गर्छौैं, तर कुर्सी हल्लिने भएपछि भन्छ केहीदिन रोक्नुपर्छ । लटरपटर गर्नुपर्छ । केही गर्नु हुँदैन । भने यो कानूनको शासन हो ? कुर्सीको शासन भन्ने कि कानूनको शासन भन्ने ? न्यायको लागि सरकार बनेको हो कि ? कुर्सी बचाउन सरकार बनेको हो भन्ने प्रश्न आउँछ ? कानूनको शासनको खिल्ली उडाउने काम भएको छ । यदी सरकारले यसरी सत्ता जोगाउने र लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन् । हाम्रो पार्टी चुप लागेर बस्दैन । पीडितहरु नेपालमा न्याय पाउन सकेनन् भने अन्तर्राष्ट्रिय अदालत हेग जानसक्छ । यो चेतावनी दिन चाहन्छौँ हामी । यो कार्यक्रममार्फत सरकारलाई भन्न चाहन्छु, तपाईलाई कुर्सी प्यारो हो भने नेपाली जनता चुप लागेर बस्दैन । आम जनता पार्टी चुप लागेर बस्दैन ।’अध्यक्ष साहले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुपर्नेमा केवल साक्षि मात्रै बनाइएको बताउन ुभयो । उहाँले मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै सो निर्णयको जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्ने बताउनु भयो । मन्त्रिपरिषद्ले गर्ने निर्णयको जवाफदेहिता प्रधानमन्त्रीसँग हुने भएकाले यस प्रकरणमा तत्कालिन प्रधानमन्त्रीपनि दोषि भएको उहाँले बताउनु भयो । उहाँले तत्कालिन प्रधानमन्त्रीहरुलाई कारबाही प्रक्रिया अगाडी नबढाएर दुनियाँलाई मुर्ख बनाइएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘दुनियाँलाई थाहा छ नेपालमा प्रधानमन्त्रीय शासन प्रणाली हो । प्रधानमन्त्री शक्तिशाली । मन्त्रिपरिषद्को निर्णयको सम्पूर्ण जवाफदेहिता प्रधानमन्त्रीमा हुन्छ । मन्त्री दोषी हुँदैन । जुन निर्णय, मन्त्रिपरिषद्को निर्णयको हवलाबाट भएको यो काण्ड प्रधानमन्त्री साक्षि भयो । भूटानी शरणार्थीमा ठूला नेताहरुको लागि अनुसन्धान पछि गर्ने भनेजस्तै यसमा त झन के भयो भने जसले मुख्य दोषी हुनुपर्ने हो मन्त्रिपरिषद्को निर्णयलाई नै हवला दिने हो भने उहाँहरु साक्षि हुनुभयो ।

    दुधको रखवारी बिरालोले गरेजस्तै यो मुद्दाको साक्षि हुने भो प्रधानमन्त्रीज्युहरु । विचार गर्न म भन्छु । नेपाली जनतालाई एकचोटी सोच्न म भन्छु । यो सरकारसँग म सोध्न चाहन्छु, यदी मन्त्रिपरिषद्को निर्णयबाट जग्गा हस्तान्तरण गरिएको थियो, कसैको नाममा रजिष्ट्रेसन गरिएको थियो भने मन्त्रिपरिषद्को निर्णयको शक्ति कोसँग हुन्छ ? प्रधानमन्त्रीसँग हुन्छ । प्रधानमन्त्री कसरी साक्षि हुनसक्छ ? सरकारी साक्षि भयो प्रधानमन्त्रीज्यु । ललिता निवासको छानबिन लगौटी लगाइयो । दिदहाडै दुनियाँलाई मुर्ख बनाउने काम भयो ।’अध्यक्ष साहले सत्तारुढ गठबन्धनका ठूला नेताहरु मिलेर सुन काण्डमा नाम जोडिएका नेताहरुलाई बचाउन लागि परेका बताउनु भयो । गठबन्धनको बैठक बसेर नाम जोडिएका ठूला नेताहरुलाई केही नगर्ने भनि निर्णय गरिएको उहाँले आरोप लगाउनु भयो । उहाँले सुन प्रकरणबाट जनता रिसाउने भएकाले जनताको ध्यान अन्तै मोड्नका लागि धरानमा अर्को काण्ड घटाइएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘सुन काण्डले केही गर्ला भनेको त जति जति ठूला नेताहरुको नाम आउन थालेपछि सरकारले केही ठुला नेताहरुलाई नगर्ने भनि निर्णय हुन्छ । गठबन्धनको बैठक बस्छ र ठूला नेताहरुलाई केही नगर्ने, यदी ठूला नेताहरुलाई ग¥यो भने हामीपनि पर्ने भन्छन् । नेपालमा भएकै यही हो ठूला नेताहरु मिल्ने । ठूला नेताहरु मिलेर भागबण्डा गर्ने, लुट्ने । लुट्ने भएपछि सबैलाई थाहा छ मैले यो गल्ती गरेको छु, मैले यो गरेभने म पनि पर्छु भन्ने डरले सबै पछाडी हट्ने । र जनता काहीँ रिसाउँछ कि भन्ने स्थिति बनेपछि उता धरानको काण्ड निकालिरहेको छ । धरान आयो अर्को काण्ड । किनकी दुनियाँको दिमाग उता लानुप¥यो । नेताहरु एकअर्कालाई सुन पानीले चोख्याउन थाले भनेर मान्छे रिसाउँछ भन्ने लागेर दिमाग डाइभर्ट गर्न काण्डको काम गराइरहेको छ । सरकारले, सत्ताधारी पार्टीहरुले गराइरहेका छन् । ठूल्ठूला पार्टीहरुको हात छ त्यो गराउनमा ताकी दुनियाँको ध्यान उता जाओस् । विषयान्तर गरिदिने । साम्प्रदायिक महल खडा गर्ने । र सत्यलाई लुकाइदिने । सत्यलाई लुकाइदिने, जनताको दिमाग डाइभर्ट गर्ने एउटा षड्यन्त्र भइरहेको छ । कानूनको शासन भनेपछि सबैलाई कानून लाग्छ नि ।’उहाँले ठूला नेताहरुलाई कानूनभन्दा माथि बनाउने प्रयत्न गरिएको बताउनु भयो । कोही पनि व्यक्ति कानूनभन्दा माथि नहुने भन्दै उहाँले दोषि जो कोही भएपनि कानूनी कारबाही गर्नुपर्ने बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑