• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सानो पाइला सहकारीका फरार सञ्चालकहरुलाइ पक्राउ गरी कारबाही गर्न सिफारिस

  • वीरगंज संजाल
  • Aug 24, 2023, 5:43 pm
  • १०२१

    वीरगंज । बचतकर्ताहरूको १ अर्ब भन्दा बढी निक्षेप रकम फिर्ता गर्न नसकेर सम्पर्क विहिन भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेर सञ्चालकहरुलाइ पक्राउ गरी कारबाही गर्न वीरगन्ज महानगरपालिकाले विभिन्न निकायमा पत्रचार गरेको छ । वीरगन्ज महााागरपालिका वडा नम्बर १० आदर्शनगरस्थित सानो पाइला सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरी सञ्चालकहरुलाइ पक्राउ गरी कारबाही गर्न वीरगन्ज महानगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी ) र नेपाल राष्ट्र बैंकलाई भदौं ४ गते छुट्टा छुट्टै पत्रचार गरेको हो । तीनवटै निकायमा पठाएको पत्रमा उक्त सहकारी संस्थाले सहकारीजन्य ठगीको कसूर गरी संस्थाका सदस्यहरुले बचत गरेको करीब १ अर्ब रकम हिनामिना गरी फिर्ता नगरेको देखिएकाले उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरी संस्थाका सञ्चालक र पदाधिकारीहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ ।

    यस्तै नेपाल राष्ट्र बैंकलाई लेखिएको पत्रमा सहकारीका संरक्षाक, पूर्व सञ्चालक, वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको बैंक खताका साथै चल–अचल सम्पत्ति रोक्का गर्न महानगरले सिफारिस गरेको छ । यस्तै सिआइबीलाई पठाइएको पत्रमा संस्थाका संस्थापक एंवग संरक्षक गितेन्द्रबाबु (जिबी राई) ,अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ , सचिव देवेन्द्रबाबु राई , कोषाध्यक्ष कुमार रम्तेल , सदस्य अशोक यादव , थानबहादुर बुढामगर र धिरज दास , संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल , पूर्व सचिव तस्बिरन मियाँ , पुर्व कोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाहीको लागि सिफारिस गरिएको छ । सानो पाइला सहकारीले सहकारी जन्य ठगी गरेको कसूर पाइएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्दै कारबाही र सम्पत्ति रोकाका लागि सिफारिस गरिएको महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्धन शाखाका प्रमुख सुनिल कर्णले जानकारी दिए । उनले भने,‘ उक्त सहकारी संस्थाले सहकारी जन्य कसुर गरी संस्थाका सदस्यहरूको बचत रकम फिर्ता नगरेको, शेयर सदस्यहरूको हित विपरीत क्रियाकलाप गरी करिब १ अर्ब रुपैयाँ हिनामिना गरी आफू र आफ्ना आफन्तका नाममा सम्पत्ति लुकाई सहकारी संस्थालाई अन्य संस्थासँग एकीकरण गरेको , बचतकर्ताहरूको बचत रकम फिर्ता नगर्ने मनसायले आर्थिक कारोबार गरेको देखियो , त्यसैले उक्त संस्थालाई समसस्याग्रस्त घोषणा गरी सञ्चालक तथा पदाधिकारीहरू उपर छानबिन गरी कारबाहीका लागि आवश्यक कागजातसहित तीनवटै निकायमा महानगरले सिफारिससहितको पत्र पठाएको हो ।’

    कर्णका अनुसार , सानो पाइला सहकारीले सदस्यहरुले बचत गरेको निक्षेप रकम फिर्ता गर्न नमानेको भन्दै महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्धन शाखामा एक सय १५ भन्दा बढी लिखित उजुरी परेको छ । ती सबै उजुरीमा गरि उक्त सहकारीले १ अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरुलाई फिर्ता नगरेको पाइएकोपनि कर्णले जानकारी दिए । सददस्यहरुको उजुरी पर्न थालेपछि महानगरपालिकाले संस्थाका संरक्षक जिबी राईसहितका सञ्चालकहरुलाई गत असार २४ गते महानगरपालिकाको कार्यालयमै झिकाएको थियो । उक्त बैठकमा सञ्चालक र व्यवस्थापकहरुले समस्या समाधानका लागि १५ दिनको समय मागेका थिए ।उक्त समय बितेपछि महानगरपालिकाको एक टोली सहकारीको कार्यालयमा अनुगमनका लागि पुगेको थियो ।तर अनुगमनमा पुग्दा सहकारीको कर्यालयमा संरक्षक , सञ्चालक , पदाधिकारी र व्यवस्थापक मध्ये कोहीपनि नभेटिएको कर्णले बताए । सञ्चालक र व्यवस्थापकहरु नै सम्पर्क विहिन भएपछि महानगरपालिकाले भदौं ४ गते मन्त्रालय , सिआइबी र राष्ट्र बैंकलाई कारबाहीका लागि पत्र लेखेको कर्णले बताए । काठममाडौंको कालीमाटीमा केीन्द्रय कार्यालय भएको सानो पाइला सहकारीको वीरगन्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते बचचकर्ता सदस्यहरुले प्रदर्शन गर्दै धर्नापनि दिएका थिए । हाल उक्त कार्यालय बन्द छ । कार्यालय बाहिर लगाइएको संस्थाको साइनबोर्डपनि हटाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑