• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कृषि मन्त्रालयको लापरबाहीले सिर्सिया सुक्खा बन्दरगाहमा ३ वर्षदेखि थन्किएको मल कुहियो

  • वीरगंज संजाल
  • Aug 24, 2023, 5:39 pm
  • ५८१

    वीरगंज । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ३ वर्षदेखि थन्किएको डीएपी मल कुहिएको छ । उक्त मलको समयमै व्यवस्थापन हुन नसक्दा त्यसले वरपरका बोटबिरुवा नै मारेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउँदा नै भारतबाट भिजेको मल आएपछि सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले जाँचपास गरेको थिएन । ३ वर्षअघि सुक्खा बन्दरगाह यार्डको पूर्वी–दक्षिणी भेगमा रेल्वे लिकको पूर्वतर्फ १ हजार २ सय २५ टन डीएपी मल त्रिपालले ढाकेर अव्यवस्थित रुपले भण्डारण गरिएको थियो । उक्त मल अहिले पूर्ण रुपमा कुहिएर नष्ट भइसकेको छ । लामो समयदेखि ठूलो परिमाणको मल भण्डारण गरी राखिएका कारण वरपरका रुखबिरुवा मरेका छन् ।सुक्खा बन्दरगाह निर्माणको समयमा २ दशक अघि वृक्षारोपण गरेर हुर्काइएका रुखमुनि बिग्रिएको मल थुपार्दा मरेका हुन् ।

    गत वर्षको पुस २ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट उक्त मल कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने तय भएको थियो । अर्थ मन्त्रालयले पुस ११ गते उक्त निर्णय बारे कृषिलाई औपचारिक रुपमा जानकारी समेत गराएको थियो । त्यसपछि साल्ट ट्रेडिङ्ग र कृषि मन्त्रालयका अधिकारीहरुको संयूक्त टोलीले उक्त मलको निरीक्षण गरेर फर्के पनि मल हटाउने सम्बन्धमा केही कामै गरेनन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयले भने उक्त मल भिजेर उपयोगविहीन अवस्थामै आएको भन्दै जफत गरेर नष्ट गर्ने निर्णय गरिसकेको थियो ।सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार अर्थ मन्त्रालयले उक्त मल कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई दिने निर्णय गरेकाले आफूले त्यसमा हात हाल्न सक्ने अवस्था नरहेको बताए । ‘एकातिर कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई मल दिने निर्णय भयो,’ उनले भने, ‘अर्को तिर मन्त्रालयले मल लैजानेबारे चासो देखाएन ।’ आफूहरुले व्यवस्थापन गरेपछि कृषिले मागेमा समस्या आउन सक्ने अवस्था रहेकाले हात नहालेको उनले बताए ।

    साल्ट ट्रेडिङ कर्पोरेसनले त्यति बेला कुल २५ हजार टन डीएपी मल आयात गरेकोमा त्यसमध्ये पछिल्लो लटको २ वटा रेल्वे ¥याकमा आएको २ हजार ५ सय टनमध्ये आधा मल भिजेर गुणस्तरहीन भएको थियो । स्विस सिंगापुर ओभरसिज सप्लायर रहेको तथा जोर्डनबाट खरिद गरी ल्याइएको डीएपी मल सुरुमा भारतको कोलकाता बन्दरगाह आएको थियो । समुद्री मार्गमै रहँदा २०२० को अगस्ट दोस्रो साता बंगालको खाडीमा आएको ‘अफान’ नामक समुन्द्री आँधीको चपेटमा उक्त मल बोकेको पानी जहाज परेको थियो । जहाजमै रहँदा उक्त मलमा पानी पसेर भिजेको थियो । भिजेको मल सप्लायरले कोलकत्ताबाट वीरगन्जसम्म ल्याएपछि त्यतिबेलै सुक्खा बन्दरगाह भन्सार कार्यालयले बिग्रेको भन्दै जाँचपास गर्न मानेको थिएन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑