• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतबाट एक महिनामै ४ अर्ब २६ करोडको धान–चामल आयात

  • वीरगंज संजाल
  • ७ भाद्र २०८०, बिहीबार १६:२९
  • १४५३

    वीरगंज । भारतबाट गत साउन महिनामा मात्रै ४ अर्ब २६ करोड रूपैयाँ बराबरको ९ करोड ५४ लाख किलो धान–चामल आयात भएको छ । पोहोर सालको साउनमा भने एक अर्ब ६७ करोड रूपैयाँ बराबरको ३ करोड १५ लाख किलो धान–चामल आयात भएको थियो। भारतले गत साउनदेखि नै चामल निर्यातमा रोक लगाएपनि धान कुटेर चामल प्रशोधनका लागि यसको आयात बढेको छ। त्यस्तै भारतले रोक नलगाएको बासमती चामल र नफलेको चामलको आयात बढेको हो। खाद्य उद्योगी कुमुद दुगडका अनुसार पहिले आउने प्रकारको चामल रोकिए पनि धान र बासमती चामलको आयात बढेको हो।
    ’चामल आयात घटेको हो, उसले रोकेको चामलमै हो। त्यसैले धानको आयात बढेको छ। यसले हामीलाई खास समस्या भएको छैन,’ दुगडले भने।

    भारत सरकारले नेपालका लागि ६ लाख मेट्रिकटन धानको कोटा तोकेको छ। यो साउनमै सबै कोटाको धान आयात भइसकेको छ। त्यसैले अब कूटनीतिक प्रयासबाट थप धान आयात गर्नुपर्ने दुगडले बताए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धान र चामल आयातका लागि भारतसँग कूटनीतिक पत्र लेखिसकेको छ।’अहिले कुनै समस्या छैन। तर अब धान आयात भएन भने चाहिँ दसैंतिहारमा समस्या पर्न सक्छ,’ दुगडले भने। यस्तै गत साउन महिनामा भारतबाट १ अर्ब ५८ करोड ७६ लाख रूपैयाँको ३ करोड ९७ लाख किलो गहुँ आयात भएको छ ।

    गत आर्थिक वर्षको साउनमा एक किलो पनि गहुँ आयात भएको थिएन। भारतले गहुँ निर्यातमा कडाइ र भन्सार वृद्धि गरेकाले नेपाली उद्योगहरू समस्यामा परेका थिए। यस वर्ष भने एकै महिनामै १ अर्ब ५८ करोड ७६ लाख रूपैयाँको ३ करोड ९७ लाख किलो गहुँ आयात भएको हो । व्यवसायीहरूका अनुसार अहिले गहुँ आयातमा कुनै समस्या भएको छैन। त्यस्तै मकै र जौको आयात घटेको छ भने कोदो र फापरको बढेको छ। गत वर्ष साउनमा एक अर्ब ११ करोड रूपैयाँको मकै आयात भएको थियो। अहिले एक अर्ब ४ करोड रूपैयाँको भएको छ। त्यस्तै गत वर्ष साउनमा चार करोड ४८ लाख रूपैयाँको कोदो र फापर आयात भएकामा यो वर्ष बढेर नौ करोड ६२ लाख रूपैयाँको पुगेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑