• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:सोमबार ०६ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निगमकै धनगढी डिपोले बेच्यो मिसावट पेट्रोल

  • वीरगंज संजाल
  • ५ भाद्र २०८०, मंगलवार १४:१५
  • १८९३

    वीरगंज । नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले गत बिहीबार साँझ घोडाघोडी नगरपालिका–१० मा रहेको मित्र ट्रेडर्स पेट्रोलपम्पमा डिजेल मिसिएको पेट्रोल पठाएको पाइएको छ । पहलमानपुरस्थित मित्र ट्रेडर्सका सञ्चालक अजय बमका अनुसार निगमको धनगढी डिपोमा चार हजार लिटर माग गरे पनि तीन हजार नौ सय ९४ लिटर पेट्रोल पठाएको बिलिङ गरेको थियो । दिउँसो साढे चार बजे पेट्रोल लिएर आएको ना.५ख ७७३ नम्बरको ट्यांकरमा रहेको पेट्रोल हाइड्रोमिटरमार्फत परीक्षण गर्दा डिजेल मिसावट भएको पुष्टि भएको सञ्चालक बमले बताए । ‘पम्पमा आएको ट्यांकरको तेल ठीक छ–छैन, नियमित चेक गर्ने गरेको छु । अन्य दिनमा जस्तै बिहीबार पनि सुरुमा करिब ६–७ लिटर तेल झिकेर परीक्षण गर्दा सबै डिजेल मात्रै भेटियो,’ उनले भने, ‘त्यसपछि ट्यांकरबाट थप एक बाल्टी (२० लिटर) तेल झिकेर पुनः परीक्षण गर्दा पनि सबै डिजेल मात्रै रहेको पाएँ ।’ 

    बारम्बारको परीक्षणमा पेट्रोल भनिएको ट्यांकरबाट डिजेल मात्रै निस्केपछि तेल भर्न पम्पपरिसरमा आएका उपभोक्ताले निगमबाट डिजेलमिश्रित पेट्रोल आएको जानकारी पाए । त्यसपछि उपभोक्ताले ट्यांकरमा आगजनीसमेत गर्न खोजेका थिए । स्थिति नियन्त्रणमा लिन पम्प सञ्चालक बमले निगमको धनगढी कार्यालयका कर्मचारी र स्थानीय प्रशासनलाई खबर गरे । निगमका कर्मचारी आएर थप एक बाल्टी (२० लिटर) तेल झिकेर परीक्षण गर्दा पुनः डिजेल नै रहेको पुष्टि भयो । त्यसपछि अर्काे बाल्टीमा तेल झिकेर परीक्षण गर्दा भने पेट्रोल भेटिएको सञ्चालक बमले जानकारी दिए । निगमका कर्मचारीले ट्यांकरमा रहेको डिजेलको मात्रा दुई बाल्टी (४० लिटर) मात्रै भएकाले डिजेल सकिएर ट्यांकरमा शुद्ध पेट्रोल मात्रै भएको दाबी गर्दै पम्पमा खन्याउन दबाबसमेत दिएका थिए । तर, सञ्चालक बमले सो ट्यांकरको पेट्रोल फिर्ता लगेर अर्को ट्यांकरमा चार हजार लिटर पेट्रोल पठाइदिनुपर्ने अडान राखे । त्यसपछि स्थानीय बासिन्दा र घोडाघोडी नगरपालिका–१० का वडाध्यक्षको रोहबरमा मुचुल्का तयार गरी नयाँ ट्यांकरमा चार हजार लिटर पेट्रोल पठाउने सहमति भयो । डिजेलमिश्रित पेट्रोल भने महेन्द्रनगरस्थित एक पम्पमा लगेर खसालिएको स्रोतको भनाइ छ ।

    दोष कर्मचारीको, कारबाही चालकलाई हुँदै 

    पेट्रोलपम्प सञ्चालकले तेलको तापक्रम र घनत्व परीक्षण गर्ने थर्मोमिटर र हाइड्रोमिटर राखेका कारण धनगढीमा डिजेल मिसिएको पेट्रोल निगमले बिक्री गरेको पत्ता लागेको हो । बिहीबारको घटनामा निगमको डिपो प्रमुख मोहन शाह र अपरेसन विभागका कर्मचारीहरूको प्रत्यक्ष दोष छ । धनगढी डिपोमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को बन्थरा डिपोबाट पेट्रोल, डिजेल र मट्टीतेल आउँछ । धनगढीमा भण्डारण क्षमताको अभावका कारण आइओसीबाट तेल बोकेर आएको ट्यांकरलाई डिपोपरिसरमा सामान्य परीक्षण गरी पेट्रोलपम्पमा पठाउने गरिन्छ । आयल निगमका प्रवक्ता मनोज ठाकुरले डिपोमा आएको ट्यांकरलाई ‘ड्रेन’ नगरी पम्पमा तेल पठाउँदा मिसावटको घटना भएको अनुमान गरेको बताए । आइओसीबाट तेल लिएर आएको ट्यांकरको प्रत्येक चेम्बरको तल्लो भागमा रहेको तेल बाल्टीमा खसालेर पुनः ट्यांकरको माथिल्लो भागबाट सोही चेम्बरमा खसाल्नुलाई ड्रेन भनिन्छ । ‘ड्रेनमा भएको कमजोरीले पेट्रोलमा मिसावटजस्तो देखिएको हो, यसबारे विस्तृत लेखी पठाउनु भनेर धनगढी कार्यालयलाई निर्देशन दिइसकेका छौँ,’ प्रवक्ता ठाकुरले भने । निगमको धनगढी डिपो प्रमुख मोहनकुमार शाहले भने पेट्रोल बोकेको ट्यांकरमा डिजेल कसरी देखियो भन्नेबारे अझै यकिन हुन नसकेको र छानबिनकै क्रम रहेको बताए । उनले यस घटनामा चालकलाई मुख्य दोषी करार गर्दै कारबाहीसमेत गर्ने बताए । पेट्रोलमा डिजेल मिसाएर पठाउने घटनामा दोषीलाई कारबाही गर्न सुदूरपश्चिमाञ्चल डिलर्स एसोसिएसनले जिल्ला प्रशासन र आयल निगमलाई लिखित पत्राचार गरे पनि सुनुवाइ भएको छैन । एसोसिएसनका अध्यक्ष चक्र मल्लले हस्ताक्षर गरी पठाएको पत्रमा डिजेल मिसिएको पेट्रोल पठाउने घटनामा संलग्नलाई आवश्यक कारबाही गर्न अनुरोध गरिएको छ । एसोसिएसनमा आबद्ध एक व्यवसायीका अनुसार अपरेसन विभागमा कार्यरत कर्मचारीहरूको लापरबाहीले घटना भएको हो । ‘यो घटनामा कमचारीलाई कारबाही हुनुपर्ने हो । डिपो प्रमुखले नैतिक जिम्मेवारी लिनुपर्छ,’ ती व्यवसायीले भने । आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले समेत पेट्रोलमा डिजेल मिसिएको घटनालाई सामान्य रूपमा लिएका छन् । व्यवसायी र चालकलाई कारबाही गर्न निर्मम बन्दै आएका कार्यकारी निर्देशक थानीसहितको उच्च व्यवस्थापनमा कर्मचारीको संलग्नता देखिए संरक्षण गर्नतिर लाग्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑