• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दुई महिनासम्म धर्ना, पीडितको माग सुनुवाइ भएन

  • वीरगंज संजाल
  • Aug 17, 2023, 12:54 pm
  • ५७३

    वीरगंज । जनकपुरकी आरती साहको न्यायका लागि माइती पक्ष काठमाडौंको माइतीघरमा धर्ना बस्न थालेको बुधबार ६२ औं दिन पुग्दा पनि सरकारले सुनुवाइ गरेको छैन । बरु आश्वासन दिएर घर फर्काउने प्रयास भइरहेको छ । ‘हामीलाई सरकारले गाउँ फर्काउन खोजेको छ, गृहले छलफलमा बोलाएको थियो, छानबिन समिति गठन गरेर छानबिन गर्छौं भन्नुभयो,’ आरतीका मामा सन्तोष भन्छन्, ‘आश्वासनमा हामी विश्वस्त छैनौं, माग पूरा नभएसम्म फर्कंदैनौं ।’गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि घर फर्कन अनुरोध गरिएको बताए । ‘प्रहरी हेडक्वार्टरसँग समन्वय गरेर माग सम्बोधन गर्छौं, गाउँमा अनुसन्धानमा आउनेलाई आफ्ना कुरा राखेर सहयोग गर्नुस् भनेका हौं,’ उनले भने, ‘शान्ति सुरक्षाको चिन्ता गर्नु पर्दैन भनिरहेका हौं, यसैमा कुरा मिलिरहेको छैन ।’न्याय पाउने आशा हराउँदै गएपछि धर्नारत आरतीका बुबा विनोदप्रसाद, आमा निर्मला देवी, भाइ प्रेम, बहिनी मनीषा, मामा सन्तोषकुमार, आफन्त र समर्थकले सोमबार प्रदर्शन गरेका थिए ।

    सिंहदरबारको दुई नम्बर गेट पुगेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो क्रममा आन्दोलनरत महिलालाई पुरुष प्रहरीले शरीरका संवेदनशील अंगमा हात हालेको भन्दै नागरिक आन्दोलनका अभियन्ता र अधिकारकर्मीले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । यस विषयबारे बुझेर आफ्ना कमजोरीहरू सच्याउने र प्रहरीले नियतवश पक्राउ गरेको भए कारबाही गर्ने काठमाडौं प्रहरी परिसरले जनाएको छ । दिउँसो १२ बजे पक्राउ परेकाहरूलाई माइतीघरबाहेक अन्यत्र आन्दोलन गरेमा कारबाही गर्ने सर्तमा प्रहरीले बेलुकी ७ बजे छाडेको थियो । त्यसपछि उनीहरूले माइतीघरमै धर्नालाई निरन्तरता दिएका छन् । सुरुमा उजुरी लिन अटेर गर्दै पीडितमाथि कुटपिट गर्ने धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँच हुनुपर्ने, जाहेरी दिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत उनीहरूका माग छन् ।

    पीडित पक्षले आरतीका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासू रेनु देवी र देवर रवि साहविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आरतीका श्रीमान् र ससुरालाई पक्राउ गरेपछि जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतले पहिलो चरणको अनुसन्धानपछि आरतीका ससुरा र श्रीमान्लाई थुनामा पठाइएको बताए । धनुषाका एसपी खड्का र डीएसपी गौतममाथिको अनुसन्धान र पीडितको मागबारे मंगलबार छानबिन समिति गठन भइसकेको उनको भनाइ छ । धनुषाको नगराइन नगरपालिका–८ खिरखिरियाकी आरती र जनकपुरधाम–९ थापाचोकका मोतीबाबु साहबीच ०७८ असार २९ मा मागी विवाह भएको थियो । विवाहको केही समयपछि श्रीमान्ले आरतीलाई दाइजोको दबाब र यातना दिन थालेका थिए । गत जेठ ७ गते आरती घरको कोठाभित्र पंखामा सलको पासो लगाएको अवस्थामा भेटिएकी थिइन् । माइती पक्षले उनको आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको आशंकामा निष्पक्ष छानबिन र न्यायको माग गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑