वीरगंज । रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध अन्त्य हुने सम्भावना देखिँदैन । सबै देशले शान्तिका लागि पहल गरिरहेका छन् । यसैबीच सोमबार रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा फेरि मिसाइल हमला गरेको छ ।
यसमा एक आवासीय भवनलाई निशाना बनाइएको थियो, जसका कारण पाँच जनाको मृत्यु भएको थियो। सोही क्रममा ३१ जना घाइते भएका छन् । योसँगै युक्रेनले रुसको यो आक्रमणको निन्दा गरेको छ ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोले एउटा आवासीय भवनमा आक्रमण गरेको बताए । उनले यस सम्बन्धमा एउटा भिडियो पनि शेयर गरेका छन् । आक्रमणपछि राहत र उद्धार कार्य जारी छ ।