वीरगंज । इटालीको लाम्पेडुसा टापुमा दुई जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फैक्स बन्दरगाहबाट छुटेको ती जहाजमा आप्रवासी सवार थिए ।
संयुक्त राष्ट्रसंघको आप्रवासी एजेन्सीका अनुसार एउटा जहाजमा ४८ र अर्कोमा ४२ जना चढेका थिए । इटालीको सुरक्षाकर्मीले एक महिला र एक वर्षीय बालकको शव फेला परेका छन् । उनीहरूले ५७ जना आप्रवासीको उद्धार पनि गरेका छन् ।
सुरक्षाकर्मीले जहाजको टुक्राको अनुसन्धान गरिरहेको बताएका छन् । मानव तस्करलाई समुद्रको खराब मौसमको पूर्वानुमानबारे जारी सूचना थाहा भए पनि उनीहरूले सुरक्षा अधिकारीलाई झुक्याउन जहाज अघि बढाएको इटालीका सुरक्षा अधिकारीहरूको भनाइ छ ।