वीरगंज । भारतको हरियाणामा भएको जातिय हिंसामा ६ जनाको मृत्यु भएको छ । हिन्दु र मुस्लिमबीच भएको हिंसात्मक झडपका कारण तीन दिनयता हरियाणाका केही क्षेत्र तनावग्रस्त छन् ।
हरियाणाका मूख्यमन्त्री मनोहर लाल खट्टरले पीडितका परिवारलाई आर्थिक क्षतिपूर्ति दिने र दोषीलाई कारबाही गर्ने बताएका छन् । हिंसा चर्किदै गएपछि केही स्थानमा कफ्र्यु लगाइएको छ ।
यसकासाथै इन्टरनेट सेवा समेत बन्द गरिएको छ । उक्त क्षेत्रमा सोमबारबाट जातिय हिंसा सुरु भएको थियो ।