वीरगंज । राजन कु.बानिया । सुख्खा लागेर पानीको मुहान सुकेपछि पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको वडा नम्बर २४ मा धोबिनी गाउँपालिका बाट माओवादीको युवा नेता YCL को केन्द्रिय सदस्य समाज सेवि:-सन्तोष पटेलले आफ्नो निजि दमकलको माध्यमबाट पानी वितरण सुरु गरेका हुन ।
वीरगन्ज महानगरपालिका अन्तरगतको सम्पूर्ण वडामा पानीको हाहाकार मचेपछि वीरगंजबाट लगभग २० किलोमिटर टाढा रहेको धोबिनी गाउँपालिका बाट आफ्नो निजि दमकलमा ६ हजार लिटर पानी ल्याएर आज बिरगंजबासीलाई पानी वितरण सुरु गरिएको नेता पटेलले बताए । दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अनुसार टोलटोलमा दमकलबाट पुर्याइएको पटेलले बताए । मानव सेवा तथा प्राकृतिक प्रकोपमा दिने सेवाको कुनै सिमा र क्षेत्र हुन्दैन साथै सम्पूर्ण पालिकाले यो विपतको घडीमा नगरपालिकामा भएकाे पानी अभावलाई परीपुर्ती गर्न एकबद्धता भएर सेवा दिन अगाडि बढनु पर्ने समय आएको पटेलले बताए ।
वीरगन्ज लगायत पर्साको विभिन्न ठाउँमा खानेपानीका मुहान सुकेकाले यतिबेला पानीको हाहाकार भएको छ । यस अघि कोरोनाकालमा पनि पटेलले आफ्नाे निजी खर्चमा थुप्रै परिवारलाई राहत बाँडनुका भएको थिए । यदि अरु कुनै वाडामा पानीकाे समस्या भएकाले आफ्नो माेबाइल नम्बर ९८५१००४७५३ मा सम्पर्क गर्न पनि नेता पटेलले आग्रह गरेका छन।