

वीरगंज | धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह छन् ।यो घटना बिहीबार बिहान पौने १० बजेको रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार साहले छिमेकीको घरमा विद्युत् बिग्रिएको भन्दै मर्मत गरिदिन आग्रह गरेपछि उनी पोलमा चढेका थिए ।मर्मतकै क्रममा उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।साभारः अनलाइनखबर





