
वीरगंज | जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल सोधपुछपछि छुटेका छन्।
बिहीबार दिउँसो उनलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट सोधपुछका लागि भन्दै लगेको थियो।
प्रहरीले सोधपुछपछि आफूलाई छाडेको उनले भिडियोमार्फत जनाएका छन्।
चेक अनादर सम्बन्धी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो।
पौडेलबिरुद्ध दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए।
जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।
