• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

  • वीरगंज संजाल
  • Aug 18, 2026, 4:53 pm
  • ०

    वीरगंज| वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न कार्यदल गठन गरिएको हो।
    मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा परेको कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय तथा यसअघि तयार भएका अध्ययन र प्रतिवेदनको समीक्षा गरी अब चाल्नुपर्ने कदम पहिचान गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ।
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सि.डि.ई. श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलमा मन्त्रालयका शाखा अधिकृत तथा उद्योग विभागका अधिकृत प्रतिनिधि सदस्य छन्। कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।
    कार्यदलले कारखाना पुनः सञ्चालन गर्न आवश्यक वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी आधारको समेत मूल्यांकन गर्नेछ। यसअघि कारखानाका विषयमा गठन भएका विभिन्न कार्यदलले दिएका सुझाव र सिफारिसको समीक्षा गर्दै विगतका निर्णय कार्यान्वयन हुन नसक्नुका कारणसमेत पहिचान गरिने मन्त्रालयले जनाएको छ।
    कारखाना परिसरमा रहेका भवन, उत्पादन संरचना, मेसिनरी तथा पार्टपुर्जाको अवस्थाबारे अध्ययन गरी पुरानै संरचना र उपकरणबाट सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि तथा संरचनामा लगानी गर्नुपर्ने विषयमा पनि कार्यदलले निष्कर्ष दिनेछ। साथै, पुनः सञ्चालनका लागि आवश्यक सम्भावित लगानी र प्राविधिक पुनर्संरचनाको आधारसमेत तयार गरिनेछ।
    त्यसैगरी, कारखानाको स्वामित्वमा रहेको जग्गा तथा अन्य सम्पत्तिको अवस्था, सम्पत्तिसँग जोडिएका कानुनी तथा व्यवस्थापकीय समस्या र तिनका समाधानका विकल्पसमेत अध्ययन गरिनेछ।
    वीरगञ्ज चिनी कारखाना लामो समयदेखि बन्द रहे पनि पटक–पटक पुनः सञ्चालनको चर्चा हुँदै आएको थियो। तर, सम्पत्ति, पुराना मेसिनरी, कानुनी विवाद तथा आवश्यक लगानीबारे ठोस निष्कर्ष नआउँदा प्रक्रिया अघि बढ्न सकेको थिएन।
    यसपटकको अध्ययनले कारखाना पुरानै संरचनाबाट सञ्चालन गर्ने, पुनर्संरचना गरी नयाँ लगानी गर्ने वा अन्य व्यावसायिक विकल्प अपनाउने भन्ने विषयमा आधार तयार गर्ने अपेक्षा गरिएको छ।
    कारखाना पुनः सञ्चालनमा आएमा लामो समयदेखि उपयोगविहीन रहेको सार्वजनिक सम्पत्तिको उपयोगसँगै चिनी उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑