• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

  • वीरगंज संजाल
  • १५ असार २०८३, सोमबार २०:२०
  • १७

    वीरगंज | देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले बालबालिकाको सुरक्षा, मानसिक स्वास्थ्य तथा विद्यालय प्रशासनको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् । पछिल्लो समय बूढानीलकण्ठ विद्यालयकी एक पूर्वछात्रामा देखिएको कडा मानसिक स्वास्थ्य समस्या ‘कन्भर्जन डिसअर्डर’ को विषय सार्वजनिक भएपछि फेरि एक पटक विद्यालयभित्रको वातावरण, बाल संरक्षण र मानसिक स्वास्थ्यबारे बहस सुरु भएको छ ।

    यसअघि पनि विद्यालयको हाताभित्रै बालबालिकाले ज्यान गुमाएका थुप्रै घटनाले देशव्यापी ध्यान तानेका थिए । तर तीमध्ये अधिकांश घटनामा पीडित परिवारले अपेक्षा गरेअनुसार न्यायको अनुभूति गर्न सकेका छैनन् । चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन विद्यालयको होस्टेलमा २०८० फागुन १२ गते १४ वर्षीया छात्रा सलिन पोखरेल मृत फेला परिन् ।

    परिवारले यौन दुर्व्यवहारपछि हत्या गरिएको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेको थियो । घटनाले देशव्यापी ध्यान तानेको थियो । घटनाले विद्यालयको सुरक्षा तथा होस्टेल व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको थियो । प्रहरीले विद्यालयका केही जिम्मेवार व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर, पोष्टमार्टम रिपोर्टले मृतकमाथि कुनै किसिमको यौन दुर्व्यवहार नभएको पुष्टि गरेपछि पक्राउ परेकाहरूले सफाइ पाए ।

    त्यसअघि २०८० जेठ १७ गते काठमाडौं–१६ स्थित इलिप्स स्कूलको होस्टेलमा बस्दै आएका कक्षा ५ मा अध्ययनरत १३ वर्षीय विद्यार्थी मृत फेला परेपछि विद्यालयमा व्यापक विरोध भएको थियो । परिवारले हत्या भएको आशंका व्यक्त गर्दै विद्यालय प्रशासनविरुद्ध किटानी जाहेरी दर्ता गराएको थियो । विद्यार्थीको शरीरमा चोटका चिन्हहरू देखिएको र होस्टेलमा शारीरिक दुव्र्यवहार हुने गरेको आरोप अभिभावक तथा विद्यार्थीहरूले लगाएका थिए ।

    घटनापछि प्रधानाध्यापक, होस्टेल इन्चार्ज लगायतलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लियो । तर अनुसन्धानबाट आत्महत्या भएको निष्कर्ष निकालिएपछि त्यो घटना पनि विस्तारै सेलायो । यस्तै २०८० असोज १२ गते सुर्खेतको वीरेन्द्रनगरस्थित उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा ८ वर्षीय बालक सलाम पुलामी मगर मृत फेला परे । घटना शंकास्पद भएको भन्दै परिवार र स्थानीयले विरोध प्रदर्शन गरेका थिए । आक्रोशित आफन्तले निष्पक्ष अनुसन्धानको माग गर्दै आन्दोलन गरेका थिए भने प्रहरीले विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । तर घटनाको निष्कर्षले पीडित पक्षलाई सन्तुष्ट पार्न सकेन ।

    यी तीनवटै घटनामा अबोध बालबालिकाले विद्यालयको हाताभित्रै ज्यान गुमाए । तर पीडित परिवारले उचित न्याय पाएको अनुभूति गर्न सकेनन् । यही पृष्ठभूमिमा अहिले बूढानीलकण्ठ विद्यालयकी १२ वर्षीया पूर्व छात्रा विद्यालयमा भएको कथित शारीरिक तथा मानसिक यातनाका कारण ‘कन्भर्जन डिसअर्डर’ जस्तो गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित भएको आरोप अभिभावकहरूले लगाएका छन् ।

    अभिभावकका अनुसार ती बालिका अहिले विद्यालय जान सक्ने अवस्थामा समेत छैनन् । उता विद्यालय प्रशासन र अभिभावक संघले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् । घटनाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै विद्यालय प्रशासन र अभिभावक संघले छुट्टाछुट्टै विज्ञप्तिसमेत जारी गरेका छन् ।

    बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले सञ्चालन भएका प्रतिष्ठित विद्यालयहरूमा बेला–बेलामा हुने यस्ता घटनाले विद्यालय प्रशासन, अभिभावक, छानबिन गर्ने निकाय र सरकारको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ । कलिलै उमेरमा बालबालिका किन आत्मघाती निर्णयसम्म पुग्छन् ? किन उनीहरू गम्भीर मानसिक समस्याको शिकार बन्छन् ? भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।

    यस्ता घटनाबारे मनोचिकित्सक डा. वासुदेव कार्की भन्छन्, ‘बालबालिकाको मानसिक स्वास्थ्यलाई कुनै एक घटना वा एक व्यक्तिको व्यवहारसँग मात्र जोडेर हेर्न मिल्दैन । विद्यालय, परिवार र सामाजिक वातावरणले त्यसमा महत्वपूर्ण प्रभाव पार्ने गर्छ ।’

    कन्भर्जन डिसअर्डर के हो ?

    डा. कार्कीका अनुसार कन्भर्जन डिसअर्डर मानसिक तनाव, डर, पीडा वा आघातजस्ता मनोवैज्ञानिक समस्याले शारीरिक लक्षणको रूप लिने अवस्था हो । सामान्य भाषामा बुझ्दा, कुनै व्यक्तिले अत्यधिक मानसिक तनाव वा मनोवैज्ञानिक दबाब भोगिरहेको छ भने त्यसको प्रभाव शरीरमा देखिन थाल्छ । तर परीक्षण गर्दा ती शारीरिक लक्षणको कुनै स्पष्ट जैविक वा न्युरोलोजिकल कारण भेटिँदैन ।

    यस्तो अवस्थामा बिरामीले हातखुट्टा नचल्ने, बोल्न गाह्रो हुने, शरीर बटारिने, बेहोसजस्तो हुने, हिँड्न नसक्ने, कम्पन हुने, दृष्टि वा श्रवण क्षमतामा समस्या आएको जस्तो अनुभव गर्न सक्छ । तर, विस्तृत स्वास्थ्य परीक्षणमा त्यसको शारीरिक कारण पुष्टि हुँदैन ।कन्भर्जन डिसअर्डरमा समस्या नाटक गरेको वा बनावटी गरेको भन्ने होइन, डा. कार्की भन्छन्, ‘व्यक्तिले भोगिरहेको मानसिक पीडा शरीरमार्फत अभिव्यक्त भएको हुन्छ । यो वास्तविक मानसिक स्वास्थ्य समस्या हो ।’

    किन हुन्छ यस्तो समस्या ?
    डा. कार्कीका अनुसार मानसिक स्वास्थ्य समस्याको उत्पत्ति जैविक, मनोवैज्ञानिक र सामाजिक पक्षको संयुक्त प्रभावबाट हुन्छ ।
    कसैमा जन्मजात रूपमा मानसिक स्वास्थ्य समस्याप्रति संवेदनशीलता बढी हुन सक्छ । त्यसमा बाल्यकालको अनुभव, हुर्काइ, परिवारको वातावरण, विद्यालयको व्यवहार, साथीभाइसँगको सम्बन्ध र सामाजिक परिस्थितिले थप प्रभाव पार्ने उनी बताउँछन् ।

    उनका अनुसार कन्भर्जन डिसअर्डरमा विशेषगरी मनोवैज्ञानिक र सामाजिक पक्षको भूमिका बढी देखिन्छ । जोखिममा रहेका बालबालिकाले लगातार डर, दबाब, अपमान, तनाव वा असुरक्षाको अनुभव गरे भने उनीहरूमा यस्ता समस्या विकसित हुन सक्छन् । ‘यस्तो मानसिक स्वास्थ्य समस्या अचानक एक दिनमा पैदा हुँदैन । लामो समयसम्म सञ्चित तनाव, भय, असहजता वा मनोवैज्ञानिक दबाबले अन्ततः कुनै न कुनै रूपमा असर देखाउन सक्छ,’ उनले भने । १४ वर्ष पुग्नुअघि नै सुरु हुन्छन् धेरै मानसिक समस्या

    डा. कार्कीले अन्तर्राष्ट्रिय अध्ययनलाई उद्धृत गर्दै मानसिक स्वास्थ्य समस्या बालबालिकामा धेरैले सोचेभन्दा व्यापक रहेको बताए । उनका अनुसार विश्वभर करिब २० प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक वा मनोसामाजिक समस्या हुने गरेको छ । त्यस्तै, जीवनमा देखिने मानसिक स्वास्थ्य समस्यामध्ये झण्डै ५० प्रतिशत समस्या १४ वर्षको उमेर पुग्नुअघि नै सुरु हुने अध्ययनहरूले देखाएका छन् ।

    हामी प्रायः मानसिक स्वास्थ्य समस्या वयस्कमा मात्र हुन्छ भन्ने सोच्दछौं, तर धेरै समस्या बाल्यकाल वा किशोरावस्थामै सुरु भइसकेका हुन्छन्, उनले भने ।

    आवासीय विद्यालय कति सुरक्षित ?
    बूढानीलकण्ठ विद्यालयको घटनापछि आवासीय विद्यालय अर्थात् होस्टेलमा बालबालिका राख्नु उपयुक्त हो कि होइन भन्ने प्रश्न पनि उठेको छ । डा. कार्कीले भने समस्याको मूल कारण होस्टेल वा घर मात्र नभई वातावरण रहेको बताउँछन् ।

    बालबालिका घरमा बसून् वा आवासीय विद्यालयमा, उनीहरूले सुरक्षित, सम्मानजनक र सहयोगी वातावरण पाउनुपर्छ, उनले भने । उनका अनुसार होस्टेलमा बसेकै कारण मानसिक समस्या हुन्छ भन्ने प्रमाणित अध्ययन छैन । तर असुरक्षित, भययुक्त वा दुव्र्यवहारपूर्ण वातावरण जहाँ भए पनि त्यसले मानसिक स्वास्थ्यमा असर गर्न सक्छ ।

    ‘बालबालिकाले सबैभन्दा आवश्यक कुरा सुरक्षा, माया, सम्मान र सुन्ने वातावरण पाउनु हो,’ उनले थपे ।

    विद्यालयमा काउन्सिलर अनिवार्य हुनुपर्छ

    डा. कार्कीका अनुसार नेपालमा विद्यालय शिक्षामा मानसिक स्वास्थ्यको विषय अझै पर्याप्त प्राथमिकतामा पर्न सकेको छैन । उनले प्रत्येक माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य बुझ्ने स्वास्थ्यकर्मी, विद्यालय नर्स वा मनोसामाजिक परामर्शदाता (काउन्सिलर) को व्यवस्था अनिवार्यजस्तै हुनुपर्ने बताए ।

    विद्यालयमा बालबालिका दिनको धेरै समय बिताउँछन् । त्यहाँ उनीहरूको व्यवहारमा आएको परिवर्तन, डर, तनाव, निराशा वा अन्य मानसिक समस्या प्रारम्भिक अवस्थामै पहिचान गर्न सकियो भने धेरै जटिल समस्या हुनबाट रोक्न सकिन्छ उनले भने ।
    विशेषगरी आवासीय विद्यालयमा अभिभावक प्रत्यक्ष रूपमा उपस्थित नहुने भएकाले मानसिक स्वास्थ्य सहायता प्रणाली अझ बलियो हुनुपर्ने उनको धारणा छ ।

    दोषारोपण होइन, समाधान खोजौँ

    बूढानीलकण्ठ विद्यालयको घटनाले एकातिर अभिभावकमा चिन्ता बढाएको छ भने अर्कोतिर विद्यालयहरूको जवाफदेहिता माथि पनि प्रश्न उठाएको छ ।

    तर डा. कार्कीका अनुसार यस्ता घटनालाई केवल आरोप–प्रत्यारोपको विषय बनाएर समाधान निस्कँदैन । हामीले कसलाई दोषी भन्नेभन्दा पनि बालबालिकालाई सुरक्षित वातावरण कसरी दिने भन्ने प्रश्नमा केन्द्रित हुनुपर्छ, उनले भने । उनका अनुसार परिवार, विद्यालय, समुदाय, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र राज्य सबैको साझा जिम्मेवारी बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु हो ।

    विद्यालयको हाताभित्रै भएका मृत्युका घटनादेखि मानसिक स्वास्थ्य संकटसम्मका पछिल्ला घटनाले एउटा गम्भीर सन्देश दिएको छ । बालबालिकाको शैक्षिक उपलब्धिभन्दा पहिला उनीहरूको सुरक्षा, सम्मान र मानसिक स्वास्थ्य सुनिश्चित गर्न सकिएन भने विद्यालयको मूल उद्देश्य नै प्रश्नको घेरामा पर्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
  • आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य
  • लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक
  • राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

    नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन

    आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य

    लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

    राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

    पाकिस्तानको सैन्य कारबाहीमा अफगानिस्तानमा २९ आतंकवादी मारिएको दाबी

    वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

    वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

    वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

    युरोपमा हिटवेभबाट १ हजार ३०० जनाको मृत्यु

    विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

    नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन

    आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य

    लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

    राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

    News

    नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन

    News

    आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य

    News

    लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

    News

    राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑