• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    माथिल्लो मैलुङ खोलाको आईपीओ बिक्री खुला

  • वीरगंज संजाल
  • Oct 5, 2023, 9:41 am
  • ४१३

    काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ ।
    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात् १२ लाख ८४ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन खुला गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदकले १० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
    कम्पनीको आईपीओमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । तर, उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा ढिलोमा कात्तिक २ गतेसम्म आवेदन खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ ।

    लगानीकर्ताहरूले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । त्यसका साथै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ वेबसाइट प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।
    आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।
    सोमध्ये १० प्रतिशतले हुन आउने एक करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका एक लाख ५० हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    सोमध्ये ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी बाँकी रहेको नौ हजार २०० कित्ता सेयरसहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
    कम्पनीले प्रवर्द्धन गरिरहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ खोल जलविद्युत् आयोजनाको कुल अनुमानित लागत दुई अर्ब ५० करोड रुपैयाँ छ ।
    आईपीओ निष्कासनबाट प्राप्त हुने रकम कम्पनीले सिभिल निर्माण, हाइड्रोमेकानिकल खरिद तथा जडान, इलेक्ट्रोमेकानिकल खरिद तथा जडान, विद्युत् प्रसारण लाइन निर्माण र प्रशासनिक तथा इन्जिनियरिङ व्यवस्थापनमा खर्च गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑