• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने गृहकार्य शुरू

  • वीरगंज संजाल
  • Aug 25, 2023, 10:42 am
  • ४०१

    वीरगंज । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले त्यससम्बन्धी निर्देशिका बनाउने गृहकार्य शुरू भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई शिष्ट, मर्यादित बनाउँदै सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘समाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र नियमन गर्नेसम्बन्धी निर्देशिका २०८०’ बनाउने गृहकार्य थालेको हो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र सचिव कृष्णबहादुर राउतको विशेष पहलमा सो निर्देशिका बनाउने कार्य थालिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्र सुवेदीले जानकारी दिनुभयो । मन्त्रालयले प्रवक्ता सुवेदीकै संयोजकत्वमा निर्देशिका मस्यौदा समिति बनाएर काम शुरू गरेको छ । समितिमा सञ्चारसम्बद्ध निकायका विज्ञ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार, गृह र कानुन मन्त्रालयका प्रतिनिधिसमेत समावेश छन् ।

    सो समितिले निर्देशिकालाई प्रभावकारी र वैज्ञानिक बनाउने उद्देश्यले सामाजिक सञ्जाल तथा डिजिटल क्षेत्रसँग सम्बन्धित विज्ञसँग छलफल गरी उनीहरूको राय र सुझाव लिइसकेको छ । यसै गरी मस्यौदा समितिले यस सम्बन्धमा अन्य देशका कानुनी प्रावधान, प्रतिवेदन र विभिन्न नजिरहरूको अध्ययन गरिरहेको मस्यौदा समितिका संयोजक सुवेदीले बताउनुभयो । यस्तै, समितिले साइबर ब्युरोका पदाधिकारीसँग छलफल गरी सुझाव लिइरहेको छ भने हालै प्रेस काउन्सिल नेपालले आयोजना गरेको सम्पादक संवाद कार्यक्रममा उठेका महत्वपूर्ण विषयलाईसमेत सुझावको रूपमा लिइएको जनाएको छ ।

    निर्देशिका तयार गरेर लागू गरिएमा सामाजिक सञ्जालको व्यवस्थित प्रयोग हुनुका साथै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम भई सामाजिक सद्भावमा समेत वृद्धि हुने विश्वास गरेका छौं ।

    समितिले यसै विषयमा केही दिनअघि मात्रै फेसबुक मेटाको सिंगापुर कार्यालयको टिमसँग समेत छलफल गरी आवश्यक सुझाव लिएको थियो । समितिले सूचना प्रविधिसँग सम्बन्धित सरकारका अधिकृतहरू, कानुनसम्बद्ध विज्ञ र अभ्यासकर्ताहरूसँग समेत छलफल गरी सुझाव लिइसकेको छ । निर्देशिकालाई अझै प्रभावकारी र थप वैज्ञानिक बनाउन सरोकारवाला विज्ञहरूसँग राय सुुझाव लिने क्रम जारी रहेको छ । सो निर्देशिकाको थप उद्देश्यमा सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित सरोकारवालाको पहिचान गर्ने, सामाजिक सञ्जालको प्रयोग गर्दा गर्न नहुने क्रियाकलापको सूची तयार गर्ने तथा समाजिक सञ्जाल सञ्चालक, प्रयोगकर्ता र व्यवस्थापन एवं नियमनमा संलग्न सरकारी निकायको जिम्मेवारी यकिन गरी स्वनियमनको खाका तयार गर्ने रहेको जनाइएको छ ।

    मस्यौदा समितिका संयोजक सुवेदीले सो निर्देशिका तयार गरेर लागू गरिएमा सामाजिक सञ्जालको व्यवस्थित प्रयोग हुनुका साथै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम भई सामाजिक सद्भावमा समेत वृद्धि हुने विश्वास गरिएको बताउनुभयो । सुवेदीले सो निर्देशिका छिटै मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराउने गरी गृहकार्यलाई द्रुत गतिमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘निर्देशिका तयार गरेर लागू गरिएमा सामाजिक सञ्जालको व्यवस्थित प्रयोग हुनुका साथै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम भई सामाजिक सद्भावमा समेत वृद्धि हुने विश्वास गरेका छौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑