वीरगंज । रामनिवास कुमार पटेल । वीरगंज महानगरपालिका वडा नम्बर .३१ र वडा समिति कार्यालयको आयोजना तथा वीरगञ्ज आँखा तथा दाँत अस्पतालको प्राविधिक सहयोगमा बिहिबार आयोजित आँखा रोग सम्बन्धी नि:शुल्क स्वास्थय शिविर सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर .३१ बेलवा को स्वस्थ चौकीमा सञ्चालित दुइ दिने शिविरमा पहिलो दिन २९२ जनाको आँखा जाँच गरिएको छ ।
२९२ जनाको आँखा जाँच गर्दा ८२ जनामा मोतीबिन्दुका ,०९ जनामा जाइबिन्दु र ७२ जनामा आइ फुलु बिरामी भेटिएको वीरगञ्ज आँखा तथा दाँत अस्पतालका डाक्टर चन्दन बनेर्जीले जानकारी दिए ।