वीरगंज । राष्ट्रिय बन जंगल बाट सालको गोलिया चोरी तस्करी गरि लैजाने क्रममा दुई जना पक्राऊ परेको छ।
पर्सा जिल्लाको पर्सा गढि नगरपालिका वार्ड नं 3 को झाब्रहा टोल मा दुई ओटा साइकल मा साल को ६ क्युफिट गोलिया सहित पर्सा गढि नगरपालिका वार्ड नं 3 टोल बिरुवा का बिगा माझी र रामपाल माझी लाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी बढनिहार को गस्ती टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुबै जना लाई सब डिभिजन बन कार्यालय मधुवन मथवल बढनिहार मा पठाई को छ। भने काठ र साइकल लाई प्रहरी चौकी बढनिहार मा राखिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का इन्सपेक्टर रामराजा केसरी ले बताएका छन्।