वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबाँसबाट खटेको टोलीले नापी कार्यालय लाहान, सिरहामा कार्यरत कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगले नापी कार्यालय लाहान, सिरहामा कार्यरत अमिन दिपरञ्जन यादवलाई सेवग्राहीसंग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि १० हजार घुस लिएको भन्दै नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।