वीरगंज । बाराकाे चुरीयामाईमा बिहीबार बिहान भएकाे बस दुर्घटनाका घाइते धरम सिंहले सवारी चालक (ड्राइभर ) ले होटलमा खाना खाने क्रममा मदिरा (रक्सी ) सेवन गरेको बताएका छन् ।
होटलमा मदिरा सेवनपछि ड्राइभरले बस द्रुतगतिमा चलाएको र चुरीयामाई मन्दिर ओरालोमा आएपछि आफू हाम्फालेर भागेको बताए । सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ । दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा एक नेपालीसहित ७ जनाको मृत्यु भएको छ।१७ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो ।