वीरगंज । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका द्वारा बिहीबारको दिन पर्सागढी नगरपालिका वडा नम्बर ०७ बागेश्वारी चैनपुर ( पटेल नगर ) मा खेलकुदका सामाग्रीहरु वितरण गरिएको छ ।
सामाग्री वितरण कार्यक्रममा नेकपा एमालेका वडा सदस्य नितेस पटेल ( शर्मा ) को अध्यक्षता मा खेलकुद सामाग्रीहरु वितरण गरिएको छ।
यस कार्यक्रममा नेकपा एमालेका सिकेन्द्र पटेल , नितेश पटेल र पर्सागढी नगरपालिका वडा नम्बर ०७ नेपाली कांग्रेसका वडा सभापति शम्भु राउत कुर्मी लगायतको उपस्तिथी रहेको थियो ।