• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    साढे तीन बिघा जग्गाको आसमा चैनपुरका चार परिवार

  • वीरगंज संजाल
  • Aug 24, 2023, 2:10 pm
  • ११४९

    वीरगंज । आर.के.पटेल । पर्सागढी नगरपालिका–६ र ७ बागेश्वरी चैनपुरमा बसोबास गर्ने चार परिवारको अहिले बिल्लबाठ लागेको छ । आठ वर्षअगाडि विश्वासको भरमा जग्गा पास गरेर आर्थिक लेनदेन गर्दा सो परिवार अहिले सडकमा आएका बुझिएको छ । गाउँकै धनञ्जय साह तेलीले रु १५ लाख ऋण दिएर चारजनाको करीब तीन बिघा ११ कट्ठा जग्गा आप्mना नातेदार बहुदरमाई नगरपालिका–४ डोकैलाका आनन्दकुमार साहको नाममा रजिस्टे«शन पास गराएका थिए । पछि ऋण र ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने शर्तमा विश्वासको भरमा पीडितहरूले ती जग्गा पास गरेका थिए । नेपाल सरकारले मिटरब्याजी सम्बन्धी विधेयक पारित गरेपछि अहिले सो लेनदेन चर्चाको विषय बनेको छ । गत असार १४ गते सो घटनामा अनुचित लेनदेन भएको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा चारैजना पीडितले छुट्टाछुट्टै निवेदन दिएका थिए ।

    आपूmहरूसँग अन्याय भएको र उचित लेनदेन गराएर जग्गा फिर्ता गराइदिन भन्दै चैनपुरका चार परिवारले प्रशासनमा उजूरी गरेकामा जग्गा आफ्नो नाममा पास गराएका आनन्दकुमार साहले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा दर्ता गरेको र सो मुद्दामा परमादेश जारी भइसकेको छ । पीडितहरूले गाउँकै पञ्चायतीबाट न्यायको लागि मङ्गलवार गुहार गरेका छन् । चारजना पीडितमा पर्सागढी नपा–७ बस्ने सुभी महरा चमार, नवलकिशोरप्रसाद यादव, गम्भीरा साह तेली र वडा नं ६ बस्ने नयना देवी रहेका छन् । सुभीले पर्सागढी–६ को १५ कट्ठा जग्गा दुई लाख ४० हजार, नवलकिशोरले वडा नं ७ मा पर्ने आठ कट्ठा जग्गा तीन लाख ७५ हजार, गम्भीराले वडा नं ६ को २४ कट्ठा जग्गा छ लाख र नयना देवीले वडा नं ६ को २४ कट्ठा जग्गा चार लाख रुपैयाँ ऋण लिएबापत पास गरेका बताएका छन् । पछि लेनदेन फछ्र्योट गरी जग्गा फिर्ता पाउने विश्वासको भरमा जग्गा पास गरे तापनि अहिले जग्गाको मोल बढेकोले साहुले जग्गा फिर्ता गर्न हिचकिचाइरहेको पीडितहरूले बताए । पर्सागढी नपा–७ का अध्यक्ष्F शङ्कर रायभरले जग्गा खरीद–बिक्री नभएको र विश्वासको भरमा अमानतको रूपमा जग्गा पास गरेर लेनदेन भएकाले उचित ब्याजसहितको साँवा फिर्ता गरेर जग्गा फिर्ता गर्दा गाउँसमाजको नैतिकता जोगिने बताए ।

    त्यसैगरी, वडा नं ६ का पूर्ववडाध्यक्ष किशोरीप्रसाद यादवले साहु आनन्दले चारैजना ऋणीको आठ वर्षको साँवा र ब्याजको हिसाब गरी पीडितहरूको जग्गा एकैचोटि फिर्ता गर्ने बताए तापनि पीडित चारजनाले रकमको व्यवस्था गर्न नसक्दा समस्या भएको बताए । तीन वर्षअगाडि पनि गाउँमा पञ्चायती भएर हिसाबकिताब फछ्र्योट गर्दा पनि ऋणीहरूले समयमा रकम नदिंदा उक्त जग्गा फिर्ता नभएको जानकारी पाएको वडा नं ६ का अध्यक्ष्F नवलकिशोरप्रसाद कलवारले बताए । उनले जग्गा पास गरेर आर्थिक लेनदेन गरेर पीडितहरूले आफ्नो हात आफैं काटेकाले केही उपाय नलागेको बताए । “आफैंले सहीछाप गरेर जग्गा पास गरिदिएपछि कसको के लाग्छ ? यो त जग्गा फिर्ता गर्ने मानिसमा निहित छ,” उनले भने, “प्रशासन र न्यायालयमा मुद्दा परेको छ । के आदेश आउँछ, हेर्न बाँकी छ ।” चैनपुरकै अगुवा काशीप्रसाद यादवले गाउँको समस्या गाउँमा मिलापत्र गरे राम्रFे हुने सुझाव दिंदै उनले गरीबहरूको अवस्थालाई मध्यनजर गर्दै आप्mनो वास्तविक साँवा र ब्याज लिएर जग्गा फिर्ता गर्न साहु तेलीसँग आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑