• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    निगमकै धनगढी डिपोले बेच्यो मिसावट पेट्रोल

  • वीरगंज संजाल
  • Aug 22, 2023, 2:15 pm
  • ४४१

    वीरगंज । नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले गत बिहीबार साँझ घोडाघोडी नगरपालिका–१० मा रहेको मित्र ट्रेडर्स पेट्रोलपम्पमा डिजेल मिसिएको पेट्रोल पठाएको पाइएको छ । पहलमानपुरस्थित मित्र ट्रेडर्सका सञ्चालक अजय बमका अनुसार निगमको धनगढी डिपोमा चार हजार लिटर माग गरे पनि तीन हजार नौ सय ९४ लिटर पेट्रोल पठाएको बिलिङ गरेको थियो । दिउँसो साढे चार बजे पेट्रोल लिएर आएको ना.५ख ७७३ नम्बरको ट्यांकरमा रहेको पेट्रोल हाइड्रोमिटरमार्फत परीक्षण गर्दा डिजेल मिसावट भएको पुष्टि भएको सञ्चालक बमले बताए । ‘पम्पमा आएको ट्यांकरको तेल ठीक छ–छैन, नियमित चेक गर्ने गरेको छु । अन्य दिनमा जस्तै बिहीबार पनि सुरुमा करिब ६–७ लिटर तेल झिकेर परीक्षण गर्दा सबै डिजेल मात्रै भेटियो,’ उनले भने, ‘त्यसपछि ट्यांकरबाट थप एक बाल्टी (२० लिटर) तेल झिकेर पुनः परीक्षण गर्दा पनि सबै डिजेल मात्रै रहेको पाएँ ।’ 

    बारम्बारको परीक्षणमा पेट्रोल भनिएको ट्यांकरबाट डिजेल मात्रै निस्केपछि तेल भर्न पम्पपरिसरमा आएका उपभोक्ताले निगमबाट डिजेलमिश्रित पेट्रोल आएको जानकारी पाए । त्यसपछि उपभोक्ताले ट्यांकरमा आगजनीसमेत गर्न खोजेका थिए । स्थिति नियन्त्रणमा लिन पम्प सञ्चालक बमले निगमको धनगढी कार्यालयका कर्मचारी र स्थानीय प्रशासनलाई खबर गरे । निगमका कर्मचारी आएर थप एक बाल्टी (२० लिटर) तेल झिकेर परीक्षण गर्दा पुनः डिजेल नै रहेको पुष्टि भयो । त्यसपछि अर्काे बाल्टीमा तेल झिकेर परीक्षण गर्दा भने पेट्रोल भेटिएको सञ्चालक बमले जानकारी दिए । निगमका कर्मचारीले ट्यांकरमा रहेको डिजेलको मात्रा दुई बाल्टी (४० लिटर) मात्रै भएकाले डिजेल सकिएर ट्यांकरमा शुद्ध पेट्रोल मात्रै भएको दाबी गर्दै पम्पमा खन्याउन दबाबसमेत दिएका थिए । तर, सञ्चालक बमले सो ट्यांकरको पेट्रोल फिर्ता लगेर अर्को ट्यांकरमा चार हजार लिटर पेट्रोल पठाइदिनुपर्ने अडान राखे । त्यसपछि स्थानीय बासिन्दा र घोडाघोडी नगरपालिका–१० का वडाध्यक्षको रोहबरमा मुचुल्का तयार गरी नयाँ ट्यांकरमा चार हजार लिटर पेट्रोल पठाउने सहमति भयो । डिजेलमिश्रित पेट्रोल भने महेन्द्रनगरस्थित एक पम्पमा लगेर खसालिएको स्रोतको भनाइ छ ।

    दोष कर्मचारीको, कारबाही चालकलाई हुँदै 

    पेट्रोलपम्प सञ्चालकले तेलको तापक्रम र घनत्व परीक्षण गर्ने थर्मोमिटर र हाइड्रोमिटर राखेका कारण धनगढीमा डिजेल मिसिएको पेट्रोल निगमले बिक्री गरेको पत्ता लागेको हो । बिहीबारको घटनामा निगमको डिपो प्रमुख मोहन शाह र अपरेसन विभागका कर्मचारीहरूको प्रत्यक्ष दोष छ । धनगढी डिपोमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को बन्थरा डिपोबाट पेट्रोल, डिजेल र मट्टीतेल आउँछ । धनगढीमा भण्डारण क्षमताको अभावका कारण आइओसीबाट तेल बोकेर आएको ट्यांकरलाई डिपोपरिसरमा सामान्य परीक्षण गरी पेट्रोलपम्पमा पठाउने गरिन्छ । आयल निगमका प्रवक्ता मनोज ठाकुरले डिपोमा आएको ट्यांकरलाई ‘ड्रेन’ नगरी पम्पमा तेल पठाउँदा मिसावटको घटना भएको अनुमान गरेको बताए । आइओसीबाट तेल लिएर आएको ट्यांकरको प्रत्येक चेम्बरको तल्लो भागमा रहेको तेल बाल्टीमा खसालेर पुनः ट्यांकरको माथिल्लो भागबाट सोही चेम्बरमा खसाल्नुलाई ड्रेन भनिन्छ । ‘ड्रेनमा भएको कमजोरीले पेट्रोलमा मिसावटजस्तो देखिएको हो, यसबारे विस्तृत लेखी पठाउनु भनेर धनगढी कार्यालयलाई निर्देशन दिइसकेका छौँ,’ प्रवक्ता ठाकुरले भने । निगमको धनगढी डिपो प्रमुख मोहनकुमार शाहले भने पेट्रोल बोकेको ट्यांकरमा डिजेल कसरी देखियो भन्नेबारे अझै यकिन हुन नसकेको र छानबिनकै क्रम रहेको बताए । उनले यस घटनामा चालकलाई मुख्य दोषी करार गर्दै कारबाहीसमेत गर्ने बताए । पेट्रोलमा डिजेल मिसाएर पठाउने घटनामा दोषीलाई कारबाही गर्न सुदूरपश्चिमाञ्चल डिलर्स एसोसिएसनले जिल्ला प्रशासन र आयल निगमलाई लिखित पत्राचार गरे पनि सुनुवाइ भएको छैन । एसोसिएसनका अध्यक्ष चक्र मल्लले हस्ताक्षर गरी पठाएको पत्रमा डिजेल मिसिएको पेट्रोल पठाउने घटनामा संलग्नलाई आवश्यक कारबाही गर्न अनुरोध गरिएको छ । एसोसिएसनमा आबद्ध एक व्यवसायीका अनुसार अपरेसन विभागमा कार्यरत कर्मचारीहरूको लापरबाहीले घटना भएको हो । ‘यो घटनामा कमचारीलाई कारबाही हुनुपर्ने हो । डिपो प्रमुखले नैतिक जिम्मेवारी लिनुपर्छ,’ ती व्यवसायीले भने । आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले समेत पेट्रोलमा डिजेल मिसिएको घटनालाई सामान्य रूपमा लिएका छन् । व्यवसायी र चालकलाई कारबाही गर्न निर्मम बन्दै आएका कार्यकारी निर्देशक थानीसहितको उच्च व्यवस्थापनमा कर्मचारीको संलग्नता देखिए संरक्षण गर्नतिर लाग्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑