• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्साको छिपहरमाई गाउँपालिकामा साहुद्वारा एकल महिलामाथि हातपात, ६ लाख ऋणमा २१ लाखकाे उजुरी दिएर पक्राउ

  • वीरगंज संजाल
  • Aug 22, 2023, 1:13 pm
  • ४०९

    वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका– २ बडका टिहुकीमा ऋण लिएको भन्दै साहुले कुटिएकी एकल महिला र उनका छोरालाई प्रहरीले पक्राउ गरेको घटना बाहिरिएको छ। एकल महिला तारादेवीले स्थानीय रामेश्वर भन्ने भोला साह कानुसँग ६ लाख ऋण लिएको र ऋणकै साटाे कानुले ६ कट्ठा जमिन लेख्न दिएको दबाब नमानेपछि शरीरमा नीलडाम हुने गरी कुटपिट गरेर आमाछोरालाई प्रहरीमा थुन्न लगाएको घटना बाहिरिएको हो। आइतबार बिहान १० आमाछोरालाई जग्गा पास गर्न दबाब दिएको र नमानेपछि साहु कानुसहित उनका व्यक्ति प्रदीप साह कानु, भगत साह कानु र सेठ साह कानुलगायतले तारादेवीलाई निर्घात कुटपिट गरेका हुन्। उनको शरीरभरि नीलडाम हुने गरी कुटपिट गरेर प्रहरीमा बुझाएको उनीहरूले बताए। सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा उनीहरूले पत्रकार सम्मेलनको आयोजना गर्दै साहु कानु र उनका व्यक्तिले आमाछोरालाई कुट्दै इलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाएकाे बताए।

    ६ लाख ऋणको २१ लाखको कागज बनाएर प्रहरीमा निवेदन

    ‘६ लाख ऋणको बदलामा साहुले २१ लाखको कागज बनाएर पूरै ६ कठ्ठा घडेरी नै नामसारी गर्न दबाब दिइरहेका छन्,’ तारादेवी भन्छिन्, ‘मैले त्यति रकमबराबरको खेतको जग्गा दिन्छु भन्दा नमानेर उनीहरूले निरन्तर कुटपिट गरे।’६ लाख ऋण लिएको र सोबापत ६ कट्ठा जमिन आफ्नो नाममा लेख्न दबाब दिएपछि यसको विरोधमा शान्तिसुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी गरेको उनले बताइन्। निवेदन दिएको भए पनि कुटिनुपरेको र प्रहरी–प्रशासनले आफ्नो सुरक्षामा चासो नदेखाएको उनले आरोप लगाइन्। उनले ऋण लिएबापत जग्गा नाममा गरिदिन निरन्तर दबाब आएपछि प्रहरी प्रशासनमा गुहार गरेकी थिइन्। तर, त्यहाँबाट पनि न्याय नपाएको र साहुले आफूसहित छोरालाई बारम्बार प्रताडित गर्दै आएको उनले गुनासो गरिन्।

    बिहान पक्राउ परेका आमाछोरा राति छुटे

    घटनापछि इलाका प्रहरी कार्यालय, पोखरियाले कुटपिट गर्ने पक्षलाई केही नगरेको, कुटिएका आमा–छोरालाई १० घन्टासम्म नियन्त्रणमा लिएको उनीहरूले बताएका छन्। उनीहरूका अनुसार छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले प्रहरी निरीक्षक मोहनविक्रम केसीको अगाडि छलफल गराई महिला र उनको छोरालाई आइतबार राति थुनामुक्त गरेका थिए। इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले कुटपिटबारे पालिका अध्यक्षको अगाडि थुनामुक्त गरेको बताए। उनले महिलाले कागज गरेर रकम लिएको निवेदनको आधारमा केही घन्टा नियन्त्रणमा राखिएको र छलफलपश्चात् छोडिएको बताए। प्रहरी निरीक्षक केसीले कुटिएका पीडितलाई घाउ जाँच गर्न वीरगन्ज गएको र उजुरी गरे कुट्नेमाथि कारबाही हुने बताए। यता प्रहरीले पीडकको मिलेमतोमा एकल महिलालाई प्रताडित गरेको गाउँपालिका अध्यक्ष गुप्ताले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑