वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिका वडा नं.४ लहावर थकरीका जुम्ल्याहा दाजुभाइले कक्षा १२ को परिक्षामा बिज्ञान संकाय तर्फ सर्बोकृश्त समान अंकका साथ उतिर्ण भएका छ्न ।
काठमाडौंकाे प्रसादी एकेडमीबाट कक्षा ११ र १२ पढेका असिम राकि र नसिम राकिले समान ३.८८ जि.पि.ए.अर्थात् ९७ % अंक ल्याएर पास भएका हुन । बि.स.२०६३ साल माघ १० गते एकैदिन जन्मेका राकि दाजुभाइ बिधालय कक्षादेखि नै समान अंक नै ल्याएर उतिर्ण हुने गरेको उनीहरुका बुवा इन्जिनियर फिरोज राकिले बताए । बिरगंजकाे माईस्थान विधापिठ माध्यमिक सामुदायिक बिधालयबाट पनि २०७७ को SEE मा सर्बोकृश्त अंक ल्याएर उतिर्ण भएका थिए ।
SEE काे परिक्षामा ठुलो असिमले ३.८५ र नसिमले ३.९० जि.पि.ए. ल्याएर उतिर्ण भएका थिए । सर्बोकृश्त तथा समान अंक ३.८८ जिपिए ल्याएर कक्षा १२ पास भएका जुम्ल्याहा दाजुभाइले पुर्ण छात्रवृत्ति काेटामा नाम निकालेर डाक्टर बन्ने सपना रहेको बताए । जुम्ल्याहा दाजुभाइ असिम र नसिमका बुवा फिरोज राकि पेसाले मेकानिकल इन्जिनियर हुन भने आमा आधारभुत बिधालयका प्रधानाध्यापिका हुन ।