वीरगंज । नारायणी पुलबाट हामफालेर मंगलबार राती एक पुरुष बेपत्ता भएका छन् । प्रत्यक्षदर्शी एक महिलाले राती ८ः२० बजेको समयमा एक पुरुषले पुलबाट हामफालेको भनि प्रहरीलाई खबर गरेकी थिइन् ।
पहिचान नखुलेको सेतो कपडा लगाएको अन्दाजी २६ वर्षको पुरुषले पुलबाट हामफालेको महिलाको भनाइ उद्रित गर्दै प्रहरीले जनाएको छ।
पुलमा सिसि क्यामरा नहुँदा हाम फाले नफालेको यकिन गर्न पनि समस्या भएको प्रहरीले जनाएको छ।