• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मिटर ब्याजीले हड्पेको २ विघा भन्दा बढी जग्गा फिर्ता

  • वीरगंज संजाल
  • Aug 15, 2023, 12:23 pm
  • ७३३

    वीरगंज । रौतहटमा मिटर ब्याज सम्बन्धी हालसम्म ३ सय ३४ वटा भन्दा बढी उजुरी फछ् र्योट भएको छ । ltw1जिल्ला प्रशासन कार्यालय रौतहटले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ३ सय ३४ वटा उजुरी फछ्र्योट गरेको छ । जिल्लाभरिबाट जिल्ला प्रशासन कार्यालय गौरमा मिटर ब्याज सम्बन्धी परेको २ हजार ७८ उजुरीमध्ये छलफल विधिबाट ३ सय ३४ उजुरी पीडितको पक्षमा फछ्र्योट गरिएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी मणिभुषण साहले जानकारी दिए । दर्ता भएका उजुरीमध्ये ५ सय भन्दा बढी उजुरीमाथी छानबिन गर्दा ३ सय ३४ वटामा दुवै पक्षबीच सहमति भएर फछ् र्योट भएको सहायक प्रमुख जिल्ला अधिकारी साहले बताए । ३ सय ३४ जना मिटर ब्याज पीडितहरुले मिटर ब्याजी अर्थात साहु महाजनबाट विभिन्न प्रयोजनका लागि ५ करोड ५२ लाख ५६ हजार ५ सय रुपैयाँ ऋण (कर्जा) लिएका थिए । उक्त ५ करोड ५२ लाख ५६ हजार ५ सय रुपैयाँको साँवा र ब्याज सहित ऋणीहरुबाट साहुले १२ करोड ६८ लाख ८९ हजार ३ सय ३० रुपैयाँ पाउनुपर्ने माग दाबी गरेका थिए तर जिल्ला प्रशासन कार्यालय रौतहटले पीडित र साहुबीच ७ करोड ५३ लाख १ हजार रुपैयाँमा मात्र मिलापत्र अर्थात सहमति गराएको सहायक प्रमुख जिल्ला अधिकारी साहले बताए । आफूहरु पीडितलाई न्याययोचित एवं सम्मानजनक ढंगले कसैको दबाब प्रभावमा नपरी पीडितको पक्षमा मुद्दा टुंगो लगाउने गरेको बताउँदै उनले दैनिक रुपमा दर्जनौ उजुरीमाथी छानबिन एवं अनुसन्धान गरी छलफलको माध्यमबाट पीडित र साहु महाजनबीच सहमति गराउने काम दु्रत गतिमा गरिरहेको बताए ।

    मिटर ब्याज सम्बन्धी समस्या समाधान गर्नका लागि रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी मणिभुष्ण साहको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट एक एक जना प्रतिनिधि रहने गरि चार सदस्यीय एक समिति गठन गरिएको छ । सो समितिले मिटर ब्याज पीडितहरुलाई विशेष प्राथमिकता दिएर मिटर ब्याजीहरुलाई कारवाही गर्ने र पीडितहरुलाई न्याय दिलाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्र कुमार मिश्रले बताए । मिटर ब्याज सम्बन्धी परेको उजुरीमाथी छानबिन एवं अनुसन्धान गर्दा मिटर ब्याजीहरुले ऋणीहरुलाई थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गराएको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक र जग्गा जमिन, घर घडेरी धितोबापत आफना नाममा रजिस्ट्रेशन गराएको पाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । कसैकसैले एक लाख रुपैयाँको २० लाख भन्दा बढीसम्म रकम असुली गरिसकेको तर पनि धितो वापत रजिस्ट्रेशन गराएका जग्गा पीडितलाई फिर्ता नगरेको भेटिएको उनले बताए । उजुरी छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको सिडियो मिश्रले बताए । छानबिनका क्रममा लेनदेन गर्नेको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे नरहेको अनुसन्धान गर्ने गरिएको प्रजिअ मिश्रको भनाइ छ ।

    “उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ”, प्रजिअ मिश्रले भने, “त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका छलफल गराउँछौँ ।” अहिलेसम्म धेरै जसोमा सहमतिबाटै उजुरी फछ् र्योट भइरहेको छ, यो राम्रो पक्ष हो ।’ पहिला पीडित र पिडक दुबै पक्षलाई कार्यालयमा बोलाएर सहमतिका लागि छलफलको माध्यमले प्रयास गर्ने गरिएको र पीडितसंग सहमति गर्न नचाहने साहुमाथी मुद्दा दायर गर्ने गरिएको प्रशासनले जनाएको छ । यसैबिच जिल्ला प्रशासन कार्यालय रौतहटले चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबर्जस्ती हडपेको सर्वसाधारणको २ बिघा भन्दा बढी जग्गा सम्बन्धित व्यक्तिकै नाममा फिर्ता गराइदिएको छ । जाँचबुझ आयोग र सहायक प्रमुख जिल्ला अधिकारी साहको नेतृत्वमा रहेका संयन्त्रको पहलमा हालसम्म ३५ जना भन्दा बढी मिटर ब्याज पीडितहरुलाई २ बिघा भन्दा बढी जग्गा सम्बन्धित व्यक्तिकै नाममा फिर्ता गरिएको छ । त्यस्तै जाँचबुझ आयोग र सहायक प्रजिअ नेतृत्वको संयन्त्रकै बलमा जिल्लामा करिब ५ करोड रुपैयाँभन्दा बढी रकम उल्लेख गरिएका कपाली तमसुक (कागज) पनि नष्ट गरिएको छ । मिटर ब्याजीबाट पीडितहरुले दिएको उजुरी अनुसन्धान गर्दा कम पैसा दिएर बढी रकम लिने उद्देश्यले साहुहरु चर्को ब्याजमा रकम लगानी गरेको, साँवाभन्दा ब्याज रकम बढी लिएको, रकम तिरिसक्दा पनि तमसुक राखेर ऋणीका जग्गा हडप्ने काम गरेको पाइएको छ । प्रशासनले यस्ता अपराध निरुत्साहित गर्न ऋणभन्दा चर्को ब्याजका कारण गुम्न पुगेको जायजेथा मिलापत्रबाटै फिर्ता गर्ने नीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नथालेपछि चर्को ब्याजमा रकम लगानी गर्ने मिटर ब्याजीहरुको भागाभाग भएको छ भने पीडितहरु खुसी भएका छन् । चर्को ब्याजका कारण साहु महाजनको फन्दामा परेका सर्वसाधारण यतिखेर साहुबाट धमाधम छुटकारा पाउन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑