• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पत्रकार शुद्धीकरणमा १२ जिल्लामै विरोध गर्ने प्रेस चौतारी लुम्बिनीको निर्णय

  • वीरगंज संजाल
  • Aug 3, 2023, 12:50 pm
  • ४८९

    वीरगंज । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्ड अनुसार नभएकाले विरोध गर्ने भएको छ । बुधबार बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले प्रदेशका १२ जिल्लामै विवाद देखिएकाले विरोध गर्ने निर्णय गरेको हो । बैठकले महासंघले मापदण्ड अनुसार नभइ व्यक्ति हेरेर पत्रकारको शुद्धीकरण गरेको जनाउँदै आपत्ति जनाएको छ । विरोधका कार्यक्रम अन्तर्गत पत्रकार महासंघ लुम्बिनीलाई ज्ञापनपत्र बुझाउने, सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणमा जिल्लामा देखिएका विवाद समाधान गर्न आग्रह गर्ने र विवाद समाधान नभएको खण्डमा महासंघको कार्यकक्षमा तालाबन्दी गरिने अध्यक्ष शोभाखर पन्थीले जानकारी दिए ।

    प्रदेश समिति बैठकले राजनीतिक आस्थाका आधारमा उस्तै प्रकृतिको काम गर्ने व्यक्ति पनि कोही रहने र कसैलाई हटाउने काम भएको भन्दै जिल्लाको विवादित निर्णय सच्चाउन पत्रकार महासंघ प्रदेश समितिलाई आग्रह गरेको छ । राजनीतिक आस्थाकै आधारमा पत्रकार महासंघले सदस्यता शुद्धीकरण र वितरणको काम गरेका कारण आफूहरुको असहमति जनाएको महासचिव निरु गौतमले बताइन् । बैठकमा नेकपा(एमाले) लुम्बिनी प्रदेश समितिका अध्यक्ष राधाकृष्ण कंडेलले चौतारी सक्रिय पत्रकारको संस्था भएको जनाउँदै अझै चुस्त दुरुस्त बनाएर अघि बढाउन आग्रह गरे । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले राजनीतिक पूर्वाग्रह राखेर सदस्यता शुद्धीकरण भए मान्य नहुने चेतावनी दिए । उनले मापदण्ड बाहिर गएर प्रक्रिया अघि नबढाउन पत्रकार महासंघलाई सुझाव दिएको बताए ।

    बैठकमा पार्टीका प्रचार विभाग लुम्बिनीका प्रमुख डिआर घिमिरे, प्रेस चौतारी विभाग लुम्बिनीका इञ्चार्ज मोहन चापागाइँ, प्रेस चौतारी लुम्बिनी प्रदेशका सह इञ्चार्जहरु रुद्र सुवेदी, टिका बस्नेत, पार्वती पाण्डे, कमल तिमिल्सेना, प्रदेश उपाध्यक्ष दशरथ घिमिरे लगायतले बोल्दै सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको काममा गम्भीर बन्न पत्रकार महासंघलाई सुझाव दिएका थिए । बैठकमा चौतारीका जिल्ला इञ्चार्जहरु अमृता अनमोल, नवराज भुसाल, मिलन विक, अमृत गिरी, टिआर शर्मा, गणेश आचार्य, सन्तोष दहितले पत्रकार महासंघको गरिमा कायम राख्ने गरी शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणको काम अघि बढाउन आग्रह गरेका छन् ।प्रेस चौतारीका रुपन्देहीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, पाल्पा अध्यक्ष कृष्ण कार्की, दाङ अधयक्ष इन्द्र डिसी, प्युठान अध्यक्ष वासुदेव गिरी, गुल्मी उपाध्यक्ष नारायण प्रभात मरासिनी लगायतले महासंघले मापदण्ड विपरीत राजनीतिक पूर्वाग्रहका आधारमा सदस्यता शुद्धीकरण र वितरणको काम गरिएको भन्दै आपत्ति जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑