• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

  • वीरगंज संजाल
  • Jul 25, 2026, 11:29 am
  • ०

    वीरगंज | मुग्लिन–पोखरा सडक खण्डमा तीव्र गति, चालकको थकान र वर्षाका कारण सडक चिप्लो हुँदा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएका छन् ।

    निर्माणाधीन सडकमा विशेष गरी बिहानपख चालक निदाउने र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरी टोली बिहान ४ बजेदेखि नै सडकमा खटिन थालेको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनाका मुख्य कारण पहिचान गरी त्यसलाई न्यूनीकरण गर्न प्रहरी स्वयं सडकमा खटिएर निगरानी सुरु गरिएको हो ।

    “लामो दूरीका चालक थकानका कारण झुक्ने, वर्षाका कारण सडक चिप्लो हुने र त्यसमा पनि तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको पाइयो,” उहाँले भन्नुभयो, “त्यसैले बिहानैदेखि सडकमा चालकलाई रोकेर मौसम, सडकको अवस्था र लेन अनुशासनबारे प्रत्यक्ष जानकारी गराउने काम भइरहेको छ ।”

    अभियानअन्तर्गत प्रहरीले शुक्रबार बिहान ४ बजेदेखि ७ बजेसम्म ११७ वटा सवारीसाधनका चालकलाई सडकमा रोकेर सचेतना तथा परामर्श दिएको छ । तीमध्ये ६३ वटा ठुला सवारी, ३६ वटा साना चारपाङ्ग्रे र १८ वटा दुईपाङ्ग्रे सवारीसाधन रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले निर्माणाधीन सडक खण्डमा चालकको सामान्य असावधानीले ठुलो क्षति हुने भएकाले प्रहरी सक्रियता बढाइएको बताउनुभयो ।

    “मुग्लिन–पोखरा सडक खण्डमा विस्तारको काम भइरहेकाले धेरै ठाउँमा डाइभर्सन र चिप्लो सडक छ । यस्तो अवस्थामा तीव्र गति नियन्त्रण गर्न र चालकको थकान कम गर्न प्रहरीले सडकमा पुगेर परामर्श दिइरहेको छ,” उहाँले भन्नुभयो ।

    प्रहरीले सडकको अवस्था हेरेर मात्र गति निर्धारण गर्न तथा वर्षात्को समयमा विशेष सतर्कता अपनाएर सवारी चलाउन सबै चालकलाई आग्रह गरेको छ ।यसअघि शुक्रबार दिउँसो व्यास नगरपालिका–१२ छिर्कनेमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑