• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

  • वीरगंज संजाल
  • Jul 25, 2026, 11:31 am
  • ०

    वीरगंज  | पाँचथरको याङवाराक गाउँपालिका–२ मा अवस्थित केन्जो बगैँचा यतिखेर सेताम्मेभएको छ । विगत वर्षभन्दा एक साताअगावै फुल्न थालेको केन्जो वयस्क देखिन थालेपछि यो क्षेत्र मनमोहक भएको हो । यस क्षेत्रमा रहेका सयौँ बिघा चौरमा कहीँ केन्जो फुलिसकेको छ त कहीँ फक्रन थालेको छ ।

    केन्जो चार हजार मिटरभन्दा उच्च भूभागमा पर्ने हिमालका घाँसे मैदान र चट्टानी भूभागमा फव्रिmने दुर्लभ वनस्पति हो । यो फुल्न थालेसँगै हेर्न र तस्बिर खिच्न आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको स्थानीय अमिर राईले जानकारी दिनुभयो ।

    तिम्बुङ पोखरीनजिकै रहेको पाँचथरको याङवाराक गाउँपालिका–२ मा केन्जोको प्राकृतिक बगैँचामा धेरै केन्जो फुल्ने भएकाले स्थानीयले यो क्षेत्रलाई ‘केन्जो गार्डेन’ नामकरण गरिदिएका छन् । फेदमा हरिया पात र माथिल्लो भागमा सेता पत्र तह तहमा टुप्पोसम्म फैलिने भएकाले टाढाबाट हेर्दा टावर जस्तै देखिने भएकाले पछिल्लो समय यसलाई ‘हिमाली टावर’ पनि भन्न थालिएको छ ।

    समुद्री सतहबाट करिब चार हजार तीन सय मिटरभन्दा माथिको घाँसे मैदान र चट्टानी क्षेत्रमा पाइने केन्जो पूर्वी नेपालको सीमित हिमाली भूभागमा मात्र फैलिएको अध्ययनले देखाएको छ । तिम्बुङ पोखरीआसपास यसको पर्याप्त प्राकृतिक फैलावट रहेको स्थानीय बताउँछन् । टाढाबाट हेर्दा हिउँको थुप्रो जस्तै देखिने भएकाले यो वनस्पतिले हिमाली भूदृश्यलाई थप आकर्षक बनाउँछ ।

    केन्जो फुल्न थालेसँगै तिम्बुङ पोखरी जाने पदमार्गमा चहलपहलसमेत बढेको छ । पर्यटक केन्जोको बगैँचामा पुगेर तस्बिर तथा भिडियो बनाउने, प्राकृतिक दृश्यावलोकन गर्ने र हिमाली वातावरणको आनन्द लिन थालेका छन् ।

    फिदिम–४ का वासु घिमिरे केन्जोकै आकर्षणले बर्सेनि तिम्बुङ पुग्ने गरेको बताउनुहुन्छ । उहाँले हालसम्म छ पटक तिम्बुङ पोखरी क्षेत्रको भ्रमण गरिसक्नुभएको छ । झापा दमकका धनपति घिमिरेले तस्बिरमा देखिएको केन्जो फुलेका सिजनमा यहाँ आइपुग्दा अद्भुत अनुभूति भएको बताउनुहुन्छ ।

    तिम्बुङ पोखरी क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आउनुभएका अमिर राईका अनुसार केन्जो नै यस क्षेत्रको मुख्य आकर्षण हो । उहाँका अनुसार गत वर्ष ताप्लेजुङतर्फको पदमार्ग हुँदै करिब दुई हजार आन्तरिक तथा केही भारतीय पर्यटक यो क्षेत्र आइपुगेका थिए । जहाँ पाँचथर र सिक्किमतर्फबाट आउने पर्यटकको भने अभिलेख समावेश छैन ।

    केन्जो दुर्लभ र औषधीय गुण भएको वनस्पति हो तर भ्रमणमा आएका केही व्यक्तिले फव्रिmएका बोट भाँच्ने र उखेल्ने गरेकाले त्यस्तो प्रवृत्ति रोक्नुपर्ने स्थानीयको भनाइ छ । स्थानीय गणेश राई भन्नुहुन्छ, “केन्जोको जगेर्ना गर्नु भ्रमणमा आउनेको पनि दायित्व हुन्छ । त्यसका लागि पर्यटकलाई सचते गराउनु जरुरी छ ।” तिम्बुङ क्षेत्रसँगै भारतको सिक्किमस्थित विष्णु पोखरीआसपास पनि यतिबेला केन्जो फुलेको देख्न सकिन्छ । हिमाली भूभागको आकर्षणका रूपमा परिचित केन्जोले तिम्बुङ पोखरी क्षेत्रको पर्यटन प्रवर्धनमा महŒवपूर्ण योगदान पु¥याउँदै आएको स्थानीयको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑