• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज महानगरमा कमिशनको चलखेल : मिलेमतोमा सवारी करको ठेक्का ६ करोडमा लाग्ने ठेक्का ३ करोडमा लगाइयो

  • वीरगंज संजाल
  • Aug 3, 2023, 10:57 am
  • ९०१

    वीरगंज । दुई वर्ष अगाडि वीरगञ्ज महनगरपालिकाले पटके सवारी व्यवस्थापन करको ठेक्का आह्वान गर्दा ६ करोड ११ लाख रुपैयाँमा सकार भएको थियो । आयरा निर्माण सेवाले आर्थिक वर्ष २०७८र०७९ का लागि उक्त मूल्यमा सवारी करको ठेक्का पाएको थियो ।२०७९र०८० मा भने महानगरपालिकाले सवारी करको ठेक्का आह्वान गरेन । चालु आर्थिक वर्ष २०८०र८१ का लागि वीरगञ्ज महानगरले आह्वान गरेको सवारी करको ठेक्का ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा सकार भएको छ । महानगरको राजस्व महाशाखाका अनुसार सवारी कर ठेक्काको १९ वटा बोलपत्र फारम बिक्री भएको थियो । जसमध्ये ६ वटा दर्ता भएका थिए । महानगरले सवारी कर ठेक्काका लागि न्यूनतम ३ करोड रुपैयाँ कायम गरेको थियो ।३ करोड ६ लाख ५१ हजार रुपैयाँमा आरपीए कन्सट्रक्सनले सवारी पटके सवारी व्यवस्थापनको ठेक्का पाएको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए । महानगरको न्युनतम ठेक्का रकम भन्दा ६ लाख ५१ हजार बढी हालेर बोलपत्र दर्ता गराएको आरपीए कन्सट्रक्सनले सवारी करको ठेक्का पाएपछि मिलेमतोको आरोप लागेको छ । २ वर्ष अगाडिको सकार ठेक्का रकम भन्दा आधा मूल्यमा सवारी कर ठेक्का लागू भएपछि मिलेमतोको आरोप लागेको हो । २०७८र०७९ का लागि सवारी कर ठेक्का आह्वान हुँदा महानगरपालिकाले न्युनतम मूल्य नै ४ करोड ९० लाख कायम गरेको थियो । तर, २०८०र८१ का लागि आह्वान भएको सवारी कर ठेक्काको न्यूनतम मूल्य ३ करोड रुपैयाँ कायम गरिएको थियो । सम्वद्ध स्रोतका अनुसार सवारी करको बोलपत्र खोल्नुभन्दा एक दिन अगाडि नै ठेकेदारले मिलेमतोमा ठेक्का हाल्ने सहमति गरेका थिए ।

    ‘असार २२ गते वीरगञ्जमा बसेको ठेकेदारहरुको भेलामा सहमति भएपछि ठेक्का हाल्ने समूहले एक करोड १२ लाख रुपैयाँ कमिसन अन्य ठेकेदारहरुलाई बाँड्ने टुंगो लागेको थियो,’ स्रोतले भन्यो, ‘अन्य ठेकेदारले बोलपत्र दर्ता नगराएपछि सवारी कर ठेक्का प्रतिस्पर्धामै गएन, ठेक्का पाउने समूहले आफ्नै बोलपत्र केही रकम थपेर दर्ता गराएका थिए । त्यही भएर प्रतिस्पर्धा हुनै पाएन्, न्यूनतम मूल्यभन्दा जम्मा ६ लाख ५१ हजार रुपैयाँ बढी रकम हालेकाले सवारी करको ठेक्का पाए ।’२ वर्ष अगाडिको सकार रकम भन्दा आधा मूल्यमा सवारी करको ठेक्का लागेपछि अहिले महानगरपालिकामै आन्तरिक विरोध सुरु भएको छ । ‘मिलेमतोमा गरिएको सवारी कर ठेक्काले महानगरलाई ३ करोड रुपैयाँभन्दा बढी रकमको घाटा भएको छ,’ महानगरका एक वडाध्यक्ष भन्छन्, ‘महानगरपालिकाले ठेक्का रद्द गरी पुनः आह्वान गर्नुपर्छ ।’नगरसभा पछि हालसम्म बोर्ड बैठक नै नबसेको ती वडाध्यक्षले बताए । वीरगन्ज महानगरपालिका २० का वडाध्यक्ष आर.के.सिंह परागले महानगर कार्यपालिका सदस्यको बोर्ड बैठक बस्ने हलमा ठेकेदारहरुको बैठक बसी ठेक्का मिलाउने काम भएको बताउँछन् ।

    ‘बोर्ड बैठक बस्ने हलमै ठेकेदारहरु बसेर कमिसन फिक्स गर्न काम भएको छ,’ वडाध्यक्ष पराग भन्छन्, ‘महानगरको त्यो दिनको सीसीटीभी अध्ययन गरे प्रमाण आफै फेला पर्छ ।’महानगरका मेयर राजेशमान सिंहले चालु आर्थिक वर्षमा चार चक्के भारतीय नम्बरको सवारी साधनबाट सवारी कर नउठाउने निर्णय भएकाले ठेक्का रकम कम मूल्यमा सकार भएको हुन सक्ने बताउँछन् । २ वर्ष अगाडि सवारी कर ठेक्का लिएका ठेकेदारका एक कर्मचारीका अनुसार ४ चक्के भारतीय गाडीबाट वार्षिक करिब ५५ लाख रुपैयाँ मात्रै संकलन भएको थियो । ‘हालको ठेक्कामा चार चक्के भारतीय गाडीबाट कर नउठाउने महानगरले निर्णय गरेपनि ठेक्का रकम ५० देखि ५५ लाख घट्नु पर्थ्यो,’ ती कर्मचारी भन्छन्, ‘तर, यसपालि विगतको भन्दा ३ करोड रुपैयाँ कममा ठेक्का सकार भएको छ ।’ मेयर सिंहले महानगरको राजस्व परामर्श समितिको सिफारिस अनुसार नै सवारी करको ठेक्का आह्वान गरिएको दाबी गर्छन् । ‘अनियमितता भएको छ भने ठेक्का खारेज गर्छौं,’ मेयर सिंहले भने, ‘सवारी कर ठेक्काको विषयमा अनुसन्धान गर्छौं ।’ महानगरको राजस्व महाशाखाका अनुसार ठेकेदारले चार चक्के व्यावसायिक गाडीमा २५ रुपैयाँदेखि र ट्रक र अन्य हेभी गाडी १० चक्केमाथि ३ सय रुपैयाँसम्म पटके रुपमा सवारी कर संकलन गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑