• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एमाले नेता बस्नेत भन्छन् : नागको रुप धारण गरेर उपेन्द्र बारामा चुनाव लड्न आएका छन्

  • वीरगंज संजाल
  • Apr 2, 2023, 5:28 pm
  • ६९३

    वीरगंज । नेकपा एमालेका नेता एंव पूर्वमन्न्त्री महेश बस्नेतले जसपा अध्यक्ष उपेन्द्र यादव तीन वटा टाउको भएको नागको रुप धारण गरेर चुनाव जित्न बारा २ मा आएको टिप्पणी गरेका छन् । बैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ मा जसपाबाट उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी छ । यादवलाई कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेका छन् । आइतबार वीरगन्जमा आयोजित राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य बस्नेतले भने,‘ जसपा, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार उपेन्द्रजी तीन वटा टाँउको भएकोे नागको रुप धारण गरेर फेरि मधेसमा चुनाव लड्न आएका छन् , उनलाई बारा २ का जनताले अवश्य सबक सिकाउनेछन् । कुनै जमानामा आफुलाई मधेसको मसिहा नै ठान्ने उपेन्द्र यादवको दलले मधेसमा सत्ता सम्हालेको ६ वर्ष बित्न लाग्दा समेत मधेसको अवस्था झन् झन् दयनिय बन्दै गएको पनि बस्नेतले बताए । बस्नेतले भने,‘ मानव विकासको हरेक सुचांकमा मधेस प्रदेश सबै भन्दा पछाडिछ , सबै भन्दा बढि गरिबी मधेसमै छ , खाडीमा जाने पनि सबै भन्दा बढि मधेसकै दाजुभाइ छन् ,

    योसबको जिम्मेवार उपेन्द्र जी र उहाको दल जसपा नैै हो । त्यसैकारण मंसिर ४ को निर्वाचनमा सप्तरी २ का जनताले सबक सिकाएर पठाएका उपेन्द्र यादवलार्ई अब बैशाख १० मा बारा २ का जनताले पनि सबक सिकाउने बस्नेतको भनाई छ । बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने रमेश खरेल प्रति कटाक्ष गर्दै बस्नेतले भने,‘ काठमाडौं १ का जनताले हराएका रमेश खरेल जी चुनाव जित्न नयाँ पार्टीको खोल ओढेर मधेसमा आउदैछन, उनलाई बारा २ का मधेसी जनताले पनि राम्रैसंग सबक सिकाएर पठाइदिनेछन् । बारा २ मा एमालेले जनताका प्रिय र योग्य उम्मेदवार चयन गर्ने बताउदै बस्नेतले भने,‘ एमालेबाट को व्याक्ति उम्मेदवार बन्छ भन्ने कुराले त्यति महत्व राख्दैन , तर म ठोकुवा गरेर भन्छु बारा २ मा एमालेले जित्छ जित्छ । राष्ट्रिय राजनीतिको प्रसंगमा बोल्दै बस्नेतले अहिले राष्ट्रियता र एमालेका विरुद्ध ११ दल एकठाँउमा उभिएको आरोप लगाए । यद्यपि ११ दलको गठबन्धनलाई पहिलो गाँसमै ढुंगा परेको पनि उनले बताए । बस्नेतले भने,‘ सरकार विस्तारमा रोजेको मन्त्रालय नपाएपछि सिके राउत र रवि लामिछानेहरु जिल्लिएका छन् ,

    यसले सिके र रवि जीहरु पनि सत्ताको लोभी र दोहोरो चरित्रको भएको पुष्टि भएको छ । यी दुइ दललाइ पनि बारा २ का जनताले सबक सिकाउने उनले बताए । एमाले अब सत्ताको लागि देउवा र प्रचण्डको पछि नलाग्ने उनले प्रष्ट पारे । एमाले अब जनताको माझमा गएर जनताको पिरमर्का बुझने र त्यसको सामधानका लागि सडकदेखि सदनसम्म सशक्त आवाज उठाउने उनले बताए । काँग्रेस, माओवादी र कथित मधेसवादी दलहरु गरिब , उत्पिडित र शोषित जनताको पक्षमा नभएको आरोप पनि बस्नेतले लगाए । उनले भने,‘ यी दलहरु सरकारमा पुग्ने बित्तिक्कै दलाल नोेकरशाही र पूजीपतिको पक्षमा काम गर्छन भन्ने पटक पटक पुष्टि भइसकेको छ , यिनीहरुबाट मधेसको विकास सम्भव छैन । राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला इन्चार्ज महम्मद निजामको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य राज कुमार गुप्ता , जालिम मियाँ मन्सरी , संविधानसभा सदस्य विचारी यादव , एमाले जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा , एमाले नगर सचिव सुन्दर कुर्मी , नेता श ीव पटेल , अकलेश साह , तेजप्रकाष निषाद लगायतको पनि सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑