• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जितपुर सिमरा उपमहानगरले सञ्चालन गर्ने भो आफ्नै अस्पताल

  • वीरगंज संजाल
  • Jan 19, 2023, 5:27 pm
  • ९९३

    वीरगञ्ज । जितपुरसिमरा उपमहानगरपालिकाले नगरस्तरको अस्पताल सञ्चालनको लागि जनशक्ति छनौट गरेको छ । जितपुर सिमरामा डाक्टर र बिशेषज्ञ चिकित्सक सहितको सेवा नभएपछि उपमहानगरपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालनको तयारी गरेको हो ।औद्योगिक करिडोर र जनघनत्व बढी भएको क्षेत्र भएपनि जितपुर सिमरामा डाक्टर सहितको स्वास्थ्य सेवा नभएपछि उपमहानगरपालिकाले जनअपेक्षा अनुसार अस्पताल सञ्चालन गर्न लागेको मेयर राजन पौडेलले बताए । उनले यस क्षेत्रका जनता सामान्य स्वास्थ्य उपचारको लागि वीरगञ्ज र हेटौडा जानुपर्ने अवस्था अन्त्य गर्न उपमहानगरपालिकाको पहलमा अस्पताल शुरु गर्न लागिएको जानकारी दिए ।प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा उपलब्ध रहेका कोठाहरुबाटै केही दिन भित्रै नगर अस्पताल सञ्चालनका लागि अब तयारी भइरहेको प्रमुख पौडेलले बताए । अस्पतालको भवन निर्माणको काम सम्पन्न नभए सम्म स्वास्थ्य केन्द्रको भवनबाट सेव सञ्चालन गरिने मेयर पौडेलको भनाई छ ।

    यस क्षेत्रमा अस्पताल नहुदा नागरिकले आधारभुत स्वास्थ्य सुबिधा सम्म पाउन बञ्चित हुने देखिएकोले नगर अस्पताल सञ्चालनका लागि आफुहरुको ध्यान केन्द्रित भएको उनले बताए ।जितपुरसिमरा उपमहानगरपालिकाले अस्पताल सञ्चालन गर्न माघ १ गतेदेखिनै तलब खुवाउने गरी तीन मेडिकल अधिकृत, तीन स्टाप नर्स , एक फार्मेसी सहायक नियुक्त गरेको छ । संघीय सरकारको डाक्टरको दरबन्दी भएपनि पटक पटक माग गर्दा समेत सिमरा प्राथमिक स्वास्थ्य केन्द्रमा बिगत लामो समयदेखि डाक्टर बिहिन हुदै आएको छ ।जनताको प्रत्यक्ष सरोकार जोडिएको स्वास्थ्य, कृषी र पशु सेवालाई सुदृढ गर्दै नागरिकमा सेवा प्रवाह बढाउने सोचका साथ तीनै क्षेत्रमा छनौट भएका प्राविधिक कर्मचारीलाई बुधवार नियुक्ति पत्र दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

    उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ खरेल, सुचना अधिकारी रामेश्वर बन्जारा, वडा नं १ का वडाअध्यक्ष हिरा बहादुर गुरुङ लगायतको उपस्थितीमा एक समारोहका बिच छनौट भएकाहरुलाई बधाई सहित नियुक्ती पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा नव नियुक्त मेडिकल अधिकृतहरु प्रशान्त बर्णवाल, प्रतिक कुमार र सुजल अधिकारी, फार्मेसी सहायक अशोक कुमार साह , स्टाफ नर्सहरु सविना रेग्मी, तरानुम नेसा र राधिका सुब्बा, कृषी अधिकृत अनिस प्याकुरेल र पशु चिकित्सक सुवाश झाले नियुक्ती पत्र बुझदै नगरको निर्देशन बमोजिम आफनो जिम्मेबारीमा कमी हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑