आज:
  • होमपेज / Breaking News

    जितपुर सिमरा उपमहानगरले सञ्चालन गर्ने भो आफ्नै अस्पताल

  • वीरगंज संजाल
  • ५ माघ २०७९, बिहीबार १७:२७
  • २७०१

    वीरगञ्ज । जितपुरसिमरा उपमहानगरपालिकाले नगरस्तरको अस्पताल सञ्चालनको लागि जनशक्ति छनौट गरेको छ । जितपुर सिमरामा डाक्टर र बिशेषज्ञ चिकित्सक सहितको सेवा नभएपछि उपमहानगरपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालनको तयारी गरेको हो ।औद्योगिक करिडोर र जनघनत्व बढी भएको क्षेत्र भएपनि जितपुर सिमरामा डाक्टर सहितको स्वास्थ्य सेवा नभएपछि उपमहानगरपालिकाले जनअपेक्षा अनुसार अस्पताल सञ्चालन गर्न लागेको मेयर राजन पौडेलले बताए । उनले यस क्षेत्रका जनता सामान्य स्वास्थ्य उपचारको लागि वीरगञ्ज र हेटौडा जानुपर्ने अवस्था अन्त्य गर्न उपमहानगरपालिकाको पहलमा अस्पताल शुरु गर्न लागिएको जानकारी दिए ।प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा उपलब्ध रहेका कोठाहरुबाटै केही दिन भित्रै नगर अस्पताल सञ्चालनका लागि अब तयारी भइरहेको प्रमुख पौडेलले बताए । अस्पतालको भवन निर्माणको काम सम्पन्न नभए सम्म स्वास्थ्य केन्द्रको भवनबाट सेव सञ्चालन गरिने मेयर पौडेलको भनाई छ ।

    यस क्षेत्रमा अस्पताल नहुदा नागरिकले आधारभुत स्वास्थ्य सुबिधा सम्म पाउन बञ्चित हुने देखिएकोले नगर अस्पताल सञ्चालनका लागि आफुहरुको ध्यान केन्द्रित भएको उनले बताए ।जितपुरसिमरा उपमहानगरपालिकाले अस्पताल सञ्चालन गर्न माघ १ गतेदेखिनै तलब खुवाउने गरी तीन मेडिकल अधिकृत, तीन स्टाप नर्स , एक फार्मेसी सहायक नियुक्त गरेको छ । संघीय सरकारको डाक्टरको दरबन्दी भएपनि पटक पटक माग गर्दा समेत सिमरा प्राथमिक स्वास्थ्य केन्द्रमा बिगत लामो समयदेखि डाक्टर बिहिन हुदै आएको छ ।जनताको प्रत्यक्ष सरोकार जोडिएको स्वास्थ्य, कृषी र पशु सेवालाई सुदृढ गर्दै नागरिकमा सेवा प्रवाह बढाउने सोचका साथ तीनै क्षेत्रमा छनौट भएका प्राविधिक कर्मचारीलाई बुधवार नियुक्ति पत्र दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

    उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ खरेल, सुचना अधिकारी रामेश्वर बन्जारा, वडा नं १ का वडाअध्यक्ष हिरा बहादुर गुरुङ लगायतको उपस्थितीमा एक समारोहका बिच छनौट भएकाहरुलाई बधाई सहित नियुक्ती पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा नव नियुक्त मेडिकल अधिकृतहरु प्रशान्त बर्णवाल, प्रतिक कुमार र सुजल अधिकारी, फार्मेसी सहायक अशोक कुमार साह , स्टाफ नर्सहरु सविना रेग्मी, तरानुम नेसा र राधिका सुब्बा, कृषी अधिकृत अनिस प्याकुरेल र पशु चिकित्सक सुवाश झाले नियुक्ती पत्र बुझदै नगरको निर्देशन बमोजिम आफनो जिम्मेबारीमा कमी हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑