• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    धोविनीको अध्यक्षमा जसपाका मदन र उपाध्यक्षमा कांग्रेसकी मञ्जु विजयी

  • वीरगंज संजाल
  • May 18, 2022, 1:34 pm
  • २३६१

    वीरगञ्ज, ४ जेठ । पर्साको धोविनी गाउँपालिकाबाट जनता समाजवादी पार्टी नेपालले आफ्नो खाता खोलेको छ । गाउँपालिका अध्यक्षमा जसपाका मदन प्रसाद चौहान निर्वाचित भएसँगै आफ्नो खाता खोल्दै जिल्लामा पालिका जित्ने जसपा दोस्रो पार्टी बनेको छ । आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीलाई केवल २० मतको झिनो अन्तरले पराजित गर्दै चौहान अध्यक्षमा निर्वाचित भएका हुन् । चहुहानले ३ हजार ९१ मत ल्याउँदा कुर्मीले तीन हजार ७१ मत ल्याएका छन् ।

    उपाध्यक्षमा भने जसपा पराजित भएको छ । धोविनीको उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी प्रियंकादेवी यादवलाई ५ सय ६६ मतले पराजित गर्दै मञ्जु देवी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । मञ्जुले ३ हजार १ सय ४३ मत पाउँदा प्रियंकाले २ हजार ५ सय ७७ मत पाएकी निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।

    धोविनी गाउँपालिकामा अघिल्लो निर्वाचनमा भन्दा ठिक उल्टो परिणाम देखिएको छ । अधिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम नेपाल विजयी भएको थियो । त्यतीबेला अध्यक्षमा नेपाली कांग्रेसका सुरेशप्रसाद कुर्मी २ हजार १ सय ७६ मत ल्याउँदै फोरमकी सुशिला देवीलाई २ सय ८४ मतको अन्तरले पराजित गरेका थिए र उपाध्यक्षमा फोरमबाट पारसनाथ प्रसाद कुर्मी २ हजार ४ सय ५९ मत ल्याएर नेपाली कांग्रेसकी मञ्जु देवीलाई १ सय ७१ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका थिए । तर यस वर्ष नेपाली कांग्रेसले सुरेश प्रसादलाई र जसपाले पारशनाथलाई टिकट नै दिएन ।

    गाउँपालिकाको अध्यक्षमा जितेपनि वडामा भने जसपा कमजोर देखिएको छ । ५ वटा वडा रहेको धोबिनी गाउँपालिकामा कांग्रेसले ३ र जसपाले २ वटा वडाको अध्यक्ष जित हासिल निर्वाचन अधिकृत दहालले बताए ।

    धोविनीको वडा नम्बर १ मा कांग्रेसका बन्धु साह तेली (५७४) मत, वडा नम्बर २ मा जसपाका देवेन्द्र प्रसाद कुर्मी (८७५), वडा नम्बर ३ मा पुनः नेपाली कांग्रेसका राजकिशोर प्रसाद कुर्मी (५७०) मत, वडा नम्बर ४ मा कांग्रेसकै अबास मियाँ चुरिहार (७१०) र वडा नम्बर ५ मा पुनः मनौवर अहमद (८६०) मत ल्याएर निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान
  • वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन
  • अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
  • तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    तीन दशकपछि फेरि चलायमान बन्दै हेटौँडा कपडा उद्योग

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    News

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    News

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    News

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    News

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑