• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ५ जी : क्रमागत विकास कि क्रान्ति ?

  • वीरगंज संजाल
  • Dec 8, 2020, 10:22 am
  • ९८०५

    वीरगन्ज । मोबाइल प्रविधिमा हामि एनालग प्रविधिमा आधारित पहिलो पुस्ता हुदै अहिले पाचौ पुस्ताको प्रविधिको माझमा छौ। नेपलका दुरसंचार सेवा प्रदायकहरूले भने हाल चौथो पुस्ताको प्रविधि (एलटिइ ) प्रयोगमा ल्याइरहेका छन। मोबाइल संचारका निमित्त विकशित हुने पछिल्लो पुस्ताको प्रविधि अघिल्लो प्रविधि भन्दा क्षमतावन रहन्छन।  क्षमतावन भन्नाले  डाउनलोडरअपलोड  गति ,व्याण्डविथ , बिलम्बता जस्ता मानकहरुमा हुने सुधारलाई दर्शाउछ। विश्वमा चीन ,दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका फाइभजी को दौडमा  अगाडी देखिएका छन। दक्षिण कोरियाले करिब पचासी  शहरहरुमा यो सेवा उपलब्ध गराइसकेको छ भने सन् २०२६ सम्ममा नब्बे प्रतिशत मोबाइल प्रयोगकर्ताहरु फाइभ जी सञ्जालमा जोडिने प्रक्षेपण छ।

    चीनले भने जनवरी २०२० सम्म सन्ताउन्न शहरहरुमा फाइभ जी सेवा उपलब्ध गराएको छ।  सन् २०१९ मै चीनका तिन ठुला सेवाप्रदायक चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकमले यो सेवा शुरु गरेका थिए। यता संयुक्त राज्य अमेरिकामा भने पचास शहरहरुमा यो सेवा उपलब्ध छ। मे २०२० को तथ्याङ्क अनुसार  समग्रमा विश्वभर  बयालीस देशका ८० सेवा प्रदायकहरूले फाइभ जी सेवा उपलब्ध गराएका छन।

    मे २०२० को तथ्याङ्क अनुसार  समग्रमा विश्वभर  बयालीस देशका ८० सेवा प्रदायकहरूले फाइभ जी सेवा उपलब्ध गराएका छन।

    नेपालका दुरसंचार सेवाप्रदायकहरू भने फोर जी सञ्जालको विस्तारको क्रममा रहेका छन। नेपालमा फोर जी सेवा सर्वप्रथम नेपाल टेलिकमले सन् २०१७ मा शुरु गरेको थियो। शुरुवाती चरणमा काठमाण्डौ र पोखरामा मात्र उपलब्ध यो सेवा अहिले नेपालका सबै जिल्ला सदरमुकाम सम्मन विस्तारित भैसकेको छ। मुख्य मुख्य ठाउमा फोर जी सेवा विस्तार भएपनि कतिपय ठाउका उपभोक्ताहरु टु जी र थ्री जी मै निर्भर रहेका छन। अर्को तर्फ दुरसंचार सेवा प्रदायक हरुको नियमनकारी सस्था नेपाल दुरसंचार प्राधिकरणले हालसम्म फाइभ जी प्रविधिको लागि फ्रिक्वेन्सी निर्धारण गर्न सकेको छैन। विश्वभर फाइभ जी विस्तार हुने क्रम चलिरहदा यो प्रविधि फोर जी कै क्रमागत विकास हो या मोबाइल ब्रोडव्याण्ड मात्र सिमित नभएर समग्र सुचना प्रविधिको क्षेत्रमा नै यसले आमुल परिवर्तन ल्याउदै छ भन्ने बहस चलेको पाइन्छ।

    फोर जी को क्रमागत निरन्तरता  
    सन् २०१२ देखि नै विभिन्न राष्ट्र र सूचना प्रविधिका सरोकारवालाहरु फाइभ जी प्रविधिको गृहकार्यमा जुटेका थिए। औसत गतिको कुरा गर्दा फाइभ जी फोर जी भन्दा दश देखि सय गुणासम्म गतिवान हुन्छ  भने बिलम्बता (ल्याटेन्सि) दश गुणले कम हुनेछ। डेटा सोर्स देखि गन्तव्यसम्म पुग्न लाग्ने समयलाई बिलम्बता भनिन्छ जुन फाइभ जी को हकमा एक देखि दश मिलिसेकेण्ड रहन्छ।

    यसैगरी विभिन्न उपकरणहरु लाई रेडियो सञ्जालमा आवद्ध गराउने सन्दर्भमा एक वर्ग माइल भित्र फाइभ जी  प्रविधिले दश लाख उपकरणहर लाइ समेट्न सक्ने क्षमता राख्दछ भने फोर जी को हकमा यो संख्या दश हजार देखि एक लाख सम्मन थियो। साथै फोर जी को तुलनामा प्रति बिट खपत हुने उर्जा फाइभ जी प्रविधिमा  नब्बे प्रतिशत ले कम हुनेछ।  औसत गति, उर्जाको खपत, व्यनडविथ जस्ता मानकहरु लाइ हेर्दा फाइभ जी प्रविधिलाई फोर जी कै क्रमागत विकासको रुपमा लिन सकिन्छ। फाइभ जी प्रविधि फोर जी भन्दा क्षमतावन भए पनि सन् २०३० सम्म फोर जी प्रविधि विश्व दुरसंचार बजारमा फाइभ जी सगै सहअस्तित्त्वमा रहने आकलन छ।

    अर्को तर्फ फाइभ जी प्रविधिलाई आवश्यक पर्ने फ्रिक्वेन्सी व्यवस्थापन सहित यस सञ्जालमा आवद्ध  हुने उपकरणहरु लाइ नियमन गर्न अहिले चलिआएको निर्देशिका पर्याप्त नहुन सक्छ। एउटा रेडियो विकिरणिय प्रणालीले अर्को प्रणालीको संचालनमा पुर्याउने बाधा,पूर्वाधारको सहप्रयोग नीति , रेडियो विकिरणले सिर्जना गर्ने अधिकतम शक्तिमा सिमा ,प्रचलित साइबर कानुन जस्ता विषयहरु लाइ पुनर्भाषित गर्नुपर्ने जरुरि रहन्छ।

    क्रान्तिकारी परिवर्तन यी क्षेत्रहरुमा 
    मोबाइल प्रयोगकर्ताहरु लाई नया अनुभबको अलवा फाइभ जी प्रविधिलाई चौथो औधोगिक क्रान्तिको मुटुको रुपमा लिइएको छ। “वर्ल्ड इकोनोमिक फोरम“ को तथ्याङ्क अनुसार सन् २०३५ सम्म विश्व अर्थव्यवस्था मा फाइभ जी प्रविधिको कुल  योगदान तेह्र ट्रिलियन डलर पुग्नेछ। यसरि हेर्दा डिजिटल अर्थव्यवस्था को  एक महत्त्वपूर्ण अंग फाइभ जी प्रविधि हो। भर्चुअल रियालिटीर अगुमेण्टेड रियालिटी जस्ता क्षेत्र हरु अहिले विकासको प्रारम्भिक चरणमा रहेका बेला फाइभ जी ले अझै परिष्कृत गर्दै लैजाने छ। मनोरंजनात्मक क्षेत्रका साथै उत्पादन उधोग ,चिकित्सा  क्षेत्रमा प्रयोग गर्ने सकिने  भर्चुअल रियालिटीका लागि धेरै मात्रामा व्याण्डविथ र कम बिलम्बता आवश्यक पर्दछ जसलाई फाइभ जी ले परिपूर्ति गर्ने क्षमता राख्दछ।

    त्यसैगरि अहिले दुनियामा चर्चित र आम मानिसले चासो राखेको विषय  “पूर्ण  स्वचालित कार “ लाइ यथार्थमा बदल्न फाइभ जी प्रविधिले सहयोग गर्नेछ।  ट्राफिक व्यवस्थापनका लागि यस्ता स्वचालित कारहरु एक अर्का सग आवद्ध भइ सूचना आदान प्रदान गर्नु पर्ने हुन्छ जसका लागि व्याण्डविथ धेरै मात्रामा आवश्यक नभएपनि बिलम्बता भने एकदम कम हुनुपर्दछ जसका लागि फाइभ जी प्रविधिमा हुने एक देखि दश सेकेण्ड सम्म को बिलम्बता पर्याप्त हुनेछ।  विश्वमा रोबोटिक शल्यक्रियाको प्रचलन नया नभएपनि फाइभ जी मा हुने कम बिलम्बताले बिज्ञ चिकित्सकहरु लाई टाढै बसेर रोबोटलाई निर्देशन दिने (रिमोट सर्जरी) को अवसर प्रदान गर्दछ। फाइभ जी को प्रयोग गर्दै मार्च २०१९ मा चीन ले पार्किन्सनको बिमारीलाई रिमोट सर्जरी को प्रयोग गरेको थियो जसलाई प्रथम फाइभ जी रिमोट सर्जरी को उपमा दिइएको छ।

    “वर्ल्ड इकोनोमिक फोरम“ को तथ्याङ्क अनुसार सन् २०३५ सम्म विश्व अर्थव्यवस्था मा फाइभ जी प्रविधिको कुल  योगदान तेह्र ट्रिलियन डलर पुग्नेछ। यसरि हेर्दा डिजिटल अर्थव्यवस्था को  एक महत्त्वपूर्ण अंग फाइभ जी प्रविधि हो।

    अर्कोतपÞर्m उपकरणहरु इन्टरनेट सञ्जालमा जोडिएर एउटा उपकरणले सन्जालमा रहेको अर्को उपकरणलाइ सूचना पठाउन सक्ने प्रविधिको विकास भइसकेको छ। यस्ता उपकरण रहित प्रणाली हरुलाई टाडै बाट अनुगमन र नियन्त्रण गर्न सकिन्छ। उपकरण (उपकरण बीच हुने संचारले उत्पादन उधोग ,टेलिमेडिसिन , स्मार्ट होम ,स्मार्ट सिटि जस्ता अवधारणाहरु गति प्रदान गर्दछ। अहिलेसम्म उपकरण (उपकरण संचार प्रणालीमा उर्जाको कम खपत र धेरै संख्यामा उपकरणहरु लाइ सञ्जालमा आवद्ध गराउन सक्नु चुनौती रहदै आएकोमा फाइभ जी ले सहजता तुल्याउने छ। सन् २०२५ सम्म विश्वको एक तिहाई जनसंख्यामा पहुच विस्तार हुने आकलन गरिएको यो प्रविधिले क्लाउडमा आधारित कार्यालयको अवधारणालाइ पनि नया उचाइ प्रदान गर्ने छ।

    चुनौतीहरु
    धेरै संख्यामा बस्तुहरु फाइभ जी को सञ्जालमा आवद्ध भइरहदा उत्पादन हुने डेटा पनि धेरै हुन्छ।  यी डेटाहरुको भण्डारण ,सुरक्षा र गोपनियताको सवालमा सरोकारवालाहरु ले चुनौती सामना गर्नु पर्ने देखिन्छ। व्यक्तिगत तथा सरकारी सुचनामा ह्याकरको पहुच ,वेभसाइट ह्याक जस्ता साइबर अपराध का घटना हामीले सुन्दै रभोग्दै आएकोमा अब यसका साथै स्वचालित कार वा रोबोटको सहायताले हुने रिमोट सर्जरी जस्ता प्रणालीलाइ  अनाधिकारिक पहुच बाट कसरि सुरक्षित राख्ने भन्ने जटिलता थपिएको छ।

    अर्को तर्फ फाइभ जी प्रविधिलाई आवश्यक पर्ने फ्रिक्वेन्सी व्यवस्थापन सहित यस सञ्जालमा आवद्ध  हुने उपकरणहरु लाइ नियमन गर्न अहिले चलिआएको निर्देशिका पर्याप्त नहुन सक्छ। एउटा रेडियो विकिरणिय प्रणालीले अर्को प्रणालीको संचालनमा पुर्याउने बाधा,पूर्वाधारको सहप्रयोग नीति , रेडियो विकिरणले सिर्जना गर्ने अधिकतम शक्तिमा सिमा ,प्रचलित साइबर कानुन जस्ता विषयहरु लाइ पुनर्भाषित गर्नुपर्ने जरुरि रहन्छ।

    नेपालको हकमा भने चौथो पुस्ताको प्रविधि (एलटिइ) नै प्रारम्भिक अवस्थामा रहेकाले फाइभ जी प्रविधि भित्रिन केहि वर्ष अझै कुर्नुपर्ने देखिएतापनि पुर्व तयारी स्वरुप फाइभ जी लाइ फ्रिक्वेन्सी निर्धारण लगायत नियमनका अरु सवालमा नेपाल दुरसंचार प्राधिकरण ले आवश्यक गृहकार्य शुरु गर्नु आवश्यक छ ।

    यो लेख ‘असोज’ महिनाको ‘लिभिंग विथ आइसिटी’ म्यागजिनमा प्रकाशन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑