• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चाङ’इ– ५ रोबोट ल्याण्डर चन्द्र धरातलमा सफलतापूर्वक अवतरण

  • वीरगंज संजाल
  • Dec 2, 2020, 2:07 am
  • ३६४१

    चीनको बहुमहत्वाकांक्षी चन्द्रमा अन्वेषण अभियान (Chinese Lunar Exploration Program (CLEP)) अन्तर्गत चन्द्रमामा पठाइको अन्तरिक्ष मिसन चाङ’इ– ५ को रोबोटयुक्त ल्याण्डर (Chang’e-5 probe)  ले सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको छ ।

    चन्द्रमाको ‘आँधीहरुको समुद्र’ भनेर चिनिने विशाल ज्वालामुखीय मैदान आसेनस प्रोसेलारमको रुमकेर क्षेत्रमा सो ल्याण्डरले मंगलबार बेलुकी अवतरण गर्न सफलता प्राप्त गरको हो । उक्त कुराको जानकारी चीनको नेशनल स्पेश एडमिनिस्ट्रेसनले दिएको हो ।

    https://www.globaltimes.cn

    दक्षिण चीनको हाइनान प्रान्तबाट गत २४ नोभेम्बरमा शुरु भएको चीनको उक्त अन्तरिक्ष अभियानको आठौं दिनमा चीनको अन्तरिक्ष अभियानले सो सफलता प्राप्त गरेको हो ।

    यसअघि नै चीनको  आफ्नो चाङ’इ– ३ अभियानअन्तर्गत राबोटिक ल्याण्डर र रोभरलाई १४, डिसेम्बर २०१३ मा सफलतापूर्वक अवतरण गराएर चन्द्रमामाथि विजयप्राप्त गर्ने पृथ्वीको तेस्रो राष्ट्रको रुपमा आफ्नो नाम दर्ज गराइसकेको छ । अझ त्योभन्दा अघि बढेर उसले चाङ’इ– ४ अभियानअन्तर्गत चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा ल्याण्डर र रोभरलाई ३ जनवरी २०१९ मा सफलतापूर्वक अवतरण गराई अन्तरिक्ष विज्ञानको इतिहासमा आफूलाई पहिलो र अब्बल राष्ट्रको रुपमा नाम दर्ज गराइसकेको छ ।

    चाङ’इ– ५ अन्तर्गत चीनको यस चन्द्र अभियान यसका अघिल्ला अभियानभन्दा यस अर्थमा पनि फरक छ कि चन्द्रमामा पठाएको यानलाई पुनः पृथ्वीमा फकाउने गरी थालिएको यो उसको पहिलो अभियान हो । त्यसमाथि थप, यस अभियानको मुख्य उद्देश्य चन्द्रमाको सतहको २ मिटरभित्रबाट २ किलोग्राम माटो तथा ढुंगाका नमूना संकलन गर्ने पनि रहेको छ । त्यसो त सन् १९७६ ति नै रुसले ‘लूना २४’ अन्तरिक्ष अभियानअन्तर्गत चन्द्र धरातलमा रोबोट पठाएर माटो तथा ढुंगाको नमूना संकलन गरिसकेको हो । रुसपछि अमेरिकाले त अझ अघि बढेर एपोलो–११ मार्फत् मानिसलाई नै चन्द्रमामा अवतरण गराएर चन्द्र धरातलको माटो तथा ढुंगाहरुको नमूना संकलन गरिसकेको छ । त्यसयता कुनै पनि मुलुकले चन्द्रमाबाट नमूना ल्याउन सकेको छैन । यस अर्थमा आगामी १६–१७ डिसेम्बरमा पृथ्वीमा यान फर्काने लक्ष्य राखिएको चीनको यो अभियान सफल भयो भने त्यसरी चन्द्र धरातलको नमूना पृथ्वीमा ल्याउने तेस्रो मुलुक पनि चीन नै बन्ने छ ।

    तत्कालीन सोभियतसंघ र अमेरिकापछि चीन तेस्रो मुलुक हो, जसले चन्द्रमामा सफलतापूर्वक आफ्ना अन्तरिक्ष मिसनलाइ अवतरण गराउन सफल भएका छन् । यसअघि भारत तथा इजरायलका एक निजी कम्पनीले पनि चन्द्रमामा आफ्नो यान पठाउने कोशिश गरेको थियो तर ती दुवै असफलतामा टुंगिएको थियो । यो दशकमा चन्द्रमामा आफ्ना यानलाई सफलतापूर्वक अवतरण गराउने एक मात्र मुलुक पनि चीन मात्रै हो ।

    अहिलेको घटनाले अन्तरिक्ष विज्ञान तथा विज्ञान–प्रविधिको क्षेत्रमा चीनले ठूलो फड्को मारेको देखाउँछ । यसले अन्तरिक्ष विज्ञानमा रुस र अमेरिकाले कायम गरेको आधिपत्यलाई पनि तोड्न चीन सक्षम बन्दै गएको कुराको पनि संकेत गरेको छ ।

    अहिले चीनले चन्द्रमाको जुन क्षेत्रमा आफ्नो रोबोटिक यानलाई अवतरण गराएको छ, त्यो क्षेत्रको चट्टान तथा माटो ३.२ देखि ४ अरब वर्ष पुरानो रहेको विश्वास वैज्ञानिकहरुले गरेका छन् । यो चन्द्रमाको त्यो क्षेत्र हो, जहाँ अहिलेसम्म मानिस वा मानिसले पठाएका यन्त्रहरु पुग्न सकेका छैनन् । यसले चन्द्रमाको ज्वालामुखीय गतिविधिहरुलाई बुझ्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

    यसअघि चन्द्र धरातलमा आफ्ना यान–रोभरहरुलाई सफलतापूर्वक अवतरण गराइसकेको चीनको लागि सबैभन्दा चुनौतीपूर्ण कुरा चाहिँ यानको अवतरण गरेको भागलाई चन्द्रमाबाट उडाउनु हुनेछ । चीनको अन्तरिक्ष अभियानमा नै पहिलो पटक गरिन लागिएको यो क्रियाको सफलतामा नै चीनको चाङ’इ– ५ अभियानको सफलता निहित रहेको छ । त्यसरी चन्द्र धरातलबाट पृथ्वीमा फिर्ता हुन उडेको यानको भाग पृथ्वीबाट करिब ३ लाख ८० हजार किलोमिटर पर, चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको अन्तरिक्ष यानको मुख्य भागसँग जोडिनेछ । तत्पश्चात् त्यो अन्तरिक्ष यान पृथ्वीमा फर्केर उत्तरी चीनको मंगोलिया स्वायत्त क्षेत्रस्थित अवतरण स्थलमा आउनेछ ।

    चीनको यो अभियान सफल भयो भने त्यसले अन्तरिक्षमा रहेको रुसी तथा अमेरिकी एकाधिकारवादी दबदवालाई अन्त्य गर्नेछ । यसले भविष्यमा चीनका लागि चन्द्रमामा आफ्ना अनुसन्धान केन्द्रहरु स्थापना गर्ने सम्भावनाको मार्ग पनि खोलिदिनेछ ।

    यस अभियानको सफलताले भविष्यमा चीनलाई मानवसहितको अन्तरिक्ष अभियानमा अघि बढ्नका लागि पनि ढोका खोलिदिनेछ । यद्यपि, मानवसहितको अन्तरिक्ष अभियान मानवरहित अभियानजस्तो सजिलो र जोखिमरहित हुनेछैन । त्यसका लागि चीनले निक्कै ठूलो परिश्रम र तयारीहरु गर्नुपर्ने हुन्छ । तर पछिल्ला दशकमा चीनले अन्तरिक्ष इन्जिनियरिङ र प्रविधिमा जुन दक्षता र अग्रता हासिल गर्दै गइरहेको छ, त्यो हेर्दा उसका लागि मानवसहितको अन्तरिक्ष अभियान सञ्चालन गर्नु सुदुर क्षितिजकै कुरा चाहिँ पक्कै पनि हुनेछैन ।

    स्मरण रहोस्, चाङ’इको अर्थ चिनियाँहरुले चन्द्रमाकी देवीको रुपमा लिने गर्छन् ।

    एजेन्सीहरुको सहयोगमा . Title Photo: http://www.xinhuanet.com

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑