• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कोभिडले नेपालमा ल्याएको डिजिटल तरंग

  • वीरगंज संजाल
  • Nov 7, 2020, 4:03 pm
  • ४०७७

    अहिले पूरै विश्व नै कोभिड कहरले ग्रस्त बनेको छ । देशहरू कोभिडको खोप खोज्नमा तत्पर रहेता पनि सबै मान्छेको माझमा आइपुग्न अझै पनि महिनौं या वर्षौं लाग्न सक्छ ।

    कोभिड महामारीले विश्वका लागि स्वास्थ्यको क्षेत्रमा मात्रै नभएर विभिन्न क्षेत्रहरूमा परिवर्तन ल्याइदिएको छ । कोभिड सकिएपछि मान्छेको जीवनशैलीमा केही परिवर्तन आउने कुरा निश्चित रहेको छ ।

    सामाजिक दूरी कायम गरेर जीवन बाँचिरहनु पर्दा, अहिले संसारमा प्रविधिको क्षेत्र उन्नत नभएको भए विश्व नै अन्धकारतर्फ ढल्किन पुग्थ्यो । 

    यो अवधिमा छिटो तरिकाले विकास भएको पक्ष भने सूचना र प्रविधिको क्षेत्र हो । केही महिनाको अन्तरालमै सूचना र प्रविधिको क्षेत्रले भने ठूलो फड्को मारेको छ ।

    सामाजिक दूरी कायम गरेर जीवन बाँचिरहनु पर्दा, अहिले संसारमा प्रविधिको क्षेत्र उन्नत नभएको भए विश्व नै अन्धकारतर्फ ढल्किन पुग्थ्यो ।

    प्रविधिको प्रयोगले जनजीवनलाई सजिलो बनाइराख्दा नेपाल पनि यस तरंगबाट अछुतो रहन सकेको छैन ।

    प्रविधि कोरोना नियन्त्रणको साधक 

    ईकमर्शको विस्तारदेखि स–साना बालबालिकाको पढाइ या कुनै महत्वपूर्ण सरकारी बैठक, सबै क्षेत्रमा हाम्रो जनजीवनलाई सकेसम्म सजिलो पार्न प्रविधिले नै सहयोग पुर्‍याएको छ ।

    एक दशकमा पनि सम्भव नभएको कुरालाई कोभिड–१९ ले सम्भव पारिदिएको छ । ईकमर्शको विस्तारदेखि स–साना बालबालिकाको पढाइ या कुनै महत्वपूर्ण सरकारी बैठक, सबै क्षेत्रमा हाम्रो जनजीवनलाई सकेसम्म सजिलो पार्न प्रविधिले नै सहयोग पुर्‍याएको छ ।

    कोरोना नियन्त्रणमा नै चीन, सिंगापुर, दक्षिण कोरिया, ताइवान लगायत देशले प्रयोग गरिरहेका प्रविधिहरू उपलब्धिमूलक सावित पनि भएका छन् ।

    चीन, दक्षिण कोरिया, ताइवान, सिंगापुर जस्ता देशहरूले कोरोना नियन्त्रण तथा रोकथाममा केही प्रविधिहरू प्रभावकारी रूपमा प्रयोग गरेका छन ।

    ब्लुटुथमा आधारित कन्ट्याक्ट ट्रेसिङ, एआई मार्फत रोग पहिचान गर्ने र पूर्वानुमान लगाउने, ब्लकचेन प्लेटफर्मले बिरामी प्रोसेसिङलाई छिटो गर्ने, मेडिकल आपूर्ति पुर्‍याउन ड्रोन, औषधिको विकास गर्न एआई अल्गोरिदम र कम्प्युटिङ पावरको प्रयोग,  खाना तथा औषधि पुर्‍याउन र सरसफाइमा रोबोटको प्रयोगसँगै कोरोना भाइरसको भ्याक्सिनमा सुपर कम्युटिङ लगायतको प्रयोग भइरहेको छ ।

    एआई, मेशिन लर्निङ, थ्रिडी प्रिन्टिङ, स्मार्ट इमेजिङ, ब्लुटुथ प्रविधिहरूले रोग पहिचान गर्न, मानिसको ट्रयाकिङ गर्न, मास्क लगाएको छ वा छैन पत्ता लगाउन, सुरक्षा कवज बनाउन समेत भूमिका खेलिरहेको छ ।

    नयाँ प्रविधिहरूको प्रयोगमा जोड

    अहिले नेपालमा पनि प्रविधिको प्रयोग हरेक क्षेत्रमा भइरहेको छ । ‘वर्क फर्म होम’ भन्ने विश्वव्यापी सोचले नेपाललाई पनि प्रोत्साहित गरेको छ र धेरै कम्पनीले यसैलाई उपयोग पनि गरिरहेका छन् । घरैलाई शिक्षा केन्द्र बनाएर पनि हामीले बालबालिकालाई अध्ययन अध्यापन गराइरहेका छौं ।

    अहिलेको समयमा टेलिहेल्थले पनि एकदमै उचाइ लिइरहेको छ । नेपालमा पनि विभिन्न रोबोटहरूको प्रयोग गरेर कोभिडका बिरामीहरूलाई हेरचाह र औषधि दिने काम भइरहेको छ ।

    घरको अत्यावश्यक कुरा, लुगाकपडा, फर्निचर, औषधि, किताब सबै अनलाइनबाटै किन्न पाइन्छ । यो सबै प्रगतिले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ भन्ने संकेत देखाउँछ ।

    यसैगरी दूरसञ्चार कम्पनीहरू एनसेल र नेपाल टेलिकमले गरिरहेका सूचना प्रवाह र सर्वेक्षणले पनि कोभिड नियन्त्रणमा महत्वपूर्ण भूमिका रहन्छ ।

    अहिले नेपालमा पनि अधिकांशले मोबाइल र ७० प्रतिशत बढीले इन्टरनेट प्रयोग गरिरहेको कारण पनि डिजिटल प्रविधिहरू प्रभावकारी हुन सक्छन । 

    अहिले नेपालमा पनि अधिकांशले मोबाइल र ७० प्रतिशत बढीले इन्टरनेट प्रयोग गरिरहेको कारण पनि डिजिटल प्रविधिहरू प्रभावकारी हुन सक्छन ।

    नेपालमा स्वास्थ्य मन्त्रालय लगायत धेरै नगरपालिकाले स्वपरीक्षण एप्लिकेशनहरू सञ्चालन गरिरहेका छन् भने निजी क्षेत्रका कम्पनीले अनलाइन कन्सल्टिङ सेवा दिइरहेका छन् ।

    नेपाली इनोभेटरहरूले म्यापिङ तथा लाइभ ट्रयाकिङ प्रणालीमा पनि काम गरेका छन् । क्वारेन्टिनमा बसेकाहरूको निगरानीमा प्रविधिको प्रयोग गरी अनुगमन गर्न सकिने प्रविधि तयार छ ।

    केही अस्पतालहरूमा रोबोटमार्फत खाना र औषधिको वितरण भइरहेको छ । राष्ट्रिय आविष्कार केन्द्र र अन्य निजी कम्पनी तथा इनोभेटरहरूको प्रयास सकारात्मक भए पनि सरकारले प्रवर्द्धन र प्रयोगमा जोड दिन नसक्दा अझै पनि प्रभावकारिता कम भएको देखिन्छ ।

    विभिन्न निजी क्षेत्रबाट भइरहेका यस प्रयासलाई सरकारले सम्बोधन गर्दै प्रभावकारी र उपयोगी बनाउन जोड दिनु आवश्यक छ ।

     

    कोरोनाको कारण नेपालमा प्राविधिक पक्षबाट सृजना भएका सकारात्मक प्रयास र प्रयोगहरूको बुँदागत रूपमा कुरा गरौं ।  

    दूरसञ्चारको अधिकतम प्रयोग र सचेतना 

    नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्दा अधिकांश जनतामा दूरसञ्चारको पहुँच पुगेको छ । एनसेल र नेपाल टेलिकमले कोभिड–१९ बारे रिङटोन मार्फत दिइएको सन्देश अत्यन्त प्रभावकारी भएको छ ।

    त्यसैगरी यी कम्पनीले सञ्चालन गरेको स्वपरीक्षण सर्वेक्षण पनि लाभदायक रह्यो । विभिन्न किसिमले कम्पनीहरूले संकटमा प्रभावकारी सेवा दिइरहेका छन् ।

    एपबाटै स्वपरीक्षण र ड्यासबोर्ड

    नेपालमा स्वास्थ्य मन्त्रालयसँगै धेरै नगरपालिकाले एपबाटै स्वपरीक्षण गरेर डाक्टरसँग कन्सल्ट गर्न सकिने सुविधाहरू सञ्चालन गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयको हाम्रो स्वास्थ्य एपमा दैनिक लाखौं प्रयोगकर्ताले आवश्यक जानकारी लिइरहेका छन् ।

    काठमाडौं महानगरले कोभिड सर्भिलेन्स सिस्टम सञ्चालन गरिरहेको छ भने अन्यले पनि यस किसिमका एपहरू प्रयोग गरिरहेका छन् ।

    धेरै इनोभेटरहरू तथा आइटी कम्पनीहरूले ब्लुटुथ र अन्य नयाँ प्रविधिको प्रयोग गरी ट्रेसिङ गर्न सक्ने सिस्टमहरू विकास गरे पनि सरकारको उदासीनताले यस किसिमका नयाँ प्रयोगहरू कम भइरहेको पाइएको छ ।

    अनलाइन लर्निङका लागि टेलिकम कम्पनीको आकर्षक प्याकेज

    कोभिड–१९ को कारण शिक्षा क्षेत्रमा असर पक्कै परेको छ । तर वैकल्पिक माध्यमबाट सिकाइ जारी राख्ने सरकारको तयारीलाई साथ दिन टेलिकम कम्पनीहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।

    विद्यार्थीका लागि आकर्षक स्किम तथा प्याकेजहरू सार्वजनिक गरेर धेरै सस्तोमा सिकाइ निरन्तर गर्न सहज भएको छ ।

    अनलाइन लर्निङ टुल्सहरूको प्रयोग जुम, गूगल मिट र माइक्रोसफ्ट टिम्स जस्ता सिस्टमहरूको उपयोगिताले विद्यालय सञ्चालन नहुँदा पनि शैक्षिक वातावरण बनाइरहन महत्वपूर्ण भूमिका खेलेका छन् ।

    घरबाटै डिजिटल कारोबार

    पछिल्लो समय सबैभन्दा प्रभावकारी र उत्साहजनक प्रयोग भएको क्षेत्र डिजिटल कारोबार पनि हो । अधिकांश बैंकहरूले घरबाटै कारोबार गर्न सक्ने अवस्था सृजना गरेका छन् भने अर्बौंको शेयर खरिद विक्री भौतिक उपस्थितिबिनै सम्भव भइरहेको छ । डिजिटल वालेटहरूको प्रयोग उच्चरूपमा बढिरहेको छ ।

    डिजिटल सभा, सम्मेलन र कन्सर्ट

    आजभोलि जुमबारे नसुनेका मानिसहरू शायदै होलान् । सामान्य मिटिङका लागि घन्टौं जाम पार गर्दै पुग्नुपर्ने अवस्थालाई जुम, मिट तथा टिम्सले कति सहज बनाइदिएको छ त्यो सबैलाई थाहा छ । अहिले साना मिटिङदेखि ठूला सभा सम्मेलन र कन्सर्टहरू समेत यी अनलाइन टुल्सहरूबाट भइरहेका छन् ।

    अनलाइनबाटै तरकारी, खाद्यान्य र अत्यावश्यक सामग्री

    पछिल्लो समय नेपालमा प्रयास गरेर पनि फड्को मार्न नसकेको ई–कमर्शको ग्राफ उकालो लागेको छ । अब नेपाल अनलाइन सपिङ तथा ई–कमर्शको लागि तयार भएको देखिँदै गएको छ । भान्साको तरकारीदेखि ग्याजेट्ससम्म अनलाइन सपिङबाटै खरिद गर्न सकिने हुँदा सहज भएको छ ।

    अस्पतालमा रोबोटबाट खाना र औषधि वितरण 

    दूरदराजसम्म इन्टरनेट तथा सञ्चारको पहुँच विस्तार गर्न त्यत्तिकै जरुरी छ । हरेक नागरिक डिजिटल प्रविधिमा जोडिन सके विकासको गतिले काचुली फेर्नेछ ।

    दर्जन बढी अस्पतालहरूले अहिले कोभिड–१९ का बिरामीहरूको सेवा गर्न रोबोटहरू प्रयोग गरिरहेका छन । सिस्टर रोबोट, नर्सिङ रोबोट तथा अन्य रोबोटहरू नेपाली युवाहरूले नै बनाएर प्रयोगमा ल्याएका छन् ।

    अटोमेटिङ डिस्पेन्सरदेखि अन्य इनोभेसनहरू नेपालमा तयार भइरहेका छन् । कोभिडले नचिनाएको इन्नोभेसन र इनोभेटरहरूलाई पनि जोड्न सहज बनाएको छ ।

    ड्रोन, आइओटी, एआई जस्ता प्रविधिहरूको विकास र प्रयोगमा सयौं व्यक्तिहरू तल्लीन छन् । यसले भोलिको सुन्दर नेपाल बनाउन इनोभेसन र उद्यमशीलतालाई जोड दिनुपर्छ भन्ने पनि सिकाएको छ ।

    यही डिजिटल गतिलाई पछिसम्म चलाइराख्न भने एक चुनौती पनि हुन सक्छ । तर हामीले कहिले पनि सकारात्मक परिवर्तनलाई व्यर्थै जान दिनु हुँदैन र यही गतिले प्राविधिक विकास गरिरहनु पर्दछ । हामीले जहिले पनि प्रगतितर्फ ध्यान दिनुपर्छ र त्यसका लागि यो तरंग जरुरी नै छ ।

    डिजिटल रूपान्तरण गर्नका लागि सरकारले विश्वव्यापी प्राविधिक विकाससँगै हिँड्ने प्रयास गर्नुपर्छ । यसका लागि सरकारले यो क्षेत्रमा उचित लगानी गर्नुपर्दछ । त्यसैगरी आइटी प्रोफेसनलहरूलाई पनि उनीहरूको कामको लागि प्रोत्साहन गर्नुपर्छ ।

    दूरदराजसम्म इन्टरनेट तथा सञ्चारको पहुँच विस्तार गर्न त्यत्तिकै जरुरी छ । हरेक नागरिक डिजिटल प्रविधिमा जोडिन सके विकासको गतिले काचुली फेर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑