• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चिनियाँ फोन शाओमीले एप्पललाई पछि पार्यो, यी हुन् सर्वाधिक लोकप्रिय स्मार्टफोन

  • वीरगंज संजाल
  • Nov 3, 2020, 1:05 am
  • ३०१७

    वीरगन्ज । इन्टरनेशनल डाटा कर्पोरेसनले चालु वर्ष सन् २०२० को तेश्रो त्रैमासिक अवधिमा विश्व बजारमा बिक्री भएका स्मार्टफोनसँग सम्बन्धित रिपोर्ट सार्वजनिक गरेको छ ।

    जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको पहिलो स्थानमा सामसुङले पहिलो स्थान कायमै राखेको छ ।

    विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको रुपमा सामसुङले आफ्नो स्थान सुरक्षित गरिरहँदा चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले पनि आफ्नो दोश्रो स्थान कायमै राख्न सफल भएको छ ।

    आईडीसीको रिपोर्ट अनुसार गत त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले घटेको छ । कोभिड–१९ महामारीका कारण विश्वका विभिन्न देशमा लकडाउनका कारण बजार बन्द भएका कारण स्मार्टफोनको बिक्रीमा समेत नकारात्मक असर परेको हो ।

    तर महामारीका कारण स्मार्टफोन बजारमा जुन स्तरमा नकारात्मक असर पर्ने अनुमान गरिएको थियो, त्यो भन्दा स्मार्टफोनको बिक्री राम्रो देखिएको छ । तेश्रो त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको बिक्रीमा ९ प्रतिशतको गिरावटको आशंका गरिएको थियो ।

    तथ्यांक अनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा विश्व बजारमा ३५ करोड ३६ लाख वटा स्मार्टफोन बिक्री भएका छन् ।

    एप्पलको स्थान खस्कियो

    रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा २२.७ प्रतिशत हिस्साका साथमा दक्षिण कोरियाली कम्पनी सामसुङ पहिलो स्थानमा छ । यस अवधिमा सामसुङले ८ करोड ४ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामसुङले २.९ प्रतिशत धेरै स्मार्टफोन बजारमा पठाउन सफल भएको छ ।

    त्यस्तै १४.७ प्रतिशत बजार हिस्साका साथ हुवावे दोश्रो स्थानमा छ । उसले यस अवधिमा ५ करोड १९ लाख गोटा स्मार्टफोन बेचेको छ । यद्यपि अघिल्लो वर्षको सोही अवधिको तुलनामा हुवावेका स्मार्टफोनको शिपमेन्टमा २२ प्रतिशतको गिरावट आएको छ ।

    उता विश्वको सर्वाधिक मूल्यवान कम्पनी एप्पलले भने विश्वको सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको रुपमा आफ्नो तेश्रो स्थान गुमाउन पुगेको छ । एप्पललाई चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले पछाडि पारेको छ । शाओमीले आफ्नो बजार हिस्सा १३.१ प्रतिशत पुगेको छ । तेश्रो त्रैमासिकमा शाओमीले ४ करोड ६५ लाख ओटा स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।

    खासगरी विकासशील विकासोन्मुख देशहरुमा सुपथ तथा मध्यम मूल्यका स्मार्टफोनको मागमा भएको उच्च वृद्धिका कारण शाओमीका स्मार्टफोनको बिक्रीमा उल्लेख्य बढोत्तरी गरेको छ । गत वर्षको तेश्रो त्रैमासिकको तुलनामा यो वर्षको तेश्रो त्रैमासिकमा शाओमीले ४२ प्रतिशत धेरै स्मार्टफोन बेच्न सफल भएको हो ।

    चौथो स्थानमा झरेको एप्पलको बजार हिस्सा ११.८ प्रतिशतमा खुम्चिएको छ । तेश्रो त्रैमासिकमा एप्पलले ४ करोड १६ लाख थान आइफोन बेचेको छ ।

    अर्को चिनियाँ स्मार्टफोन ब्राण्ड भिभो चौथो स्थानमा छ, जसको बजार हिस्सा ८.९ प्रतिशत रहेको छ । यस अवधिमा भिभोले ३ करोड १५ लाख वटा स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।

    –एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त
  • कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी
  • वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३
  • कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    News

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    News

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑