• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    फेरि आइपुग्यो भिजेको ४७ हजार बोरा डीएपी मल

  • वीरगंज संजाल
  • Oct 6, 2020, 9:30 pm
  • ५५२९

    वीरगन्ज | साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ग्लोबल टेन्डरमार्फत खरिद गरी आयात भएका ४७ हजार बोरा डीएपी मल भिजेकै अवस्थामा वीरगन्जको सुख्खा बन्दरगाहमा आएको छ । तेस्रो मुलुकबाट आएको मल भारतको कोलकाता बन्दरगाह हुँदै आइतबार सुख्खा बन्दरगाहमा आइपुगेको हो । कामदारका अनुसार रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा अधिकांश मलका बोराबाट कालो पदार्थ झरिरहेको थियो । अधिकांश बोरा भित्रको मल सडेर कालो डल्लो परेको छ । गत भदौ पहिलो साता पनि २५ सय टन (५० हजार बोरा) डीएपी मल भिजेकै अवस्थामा वीरगन्जको सुख्खा बन्दरगाह आएको थियो । भदौमा आएको भिजेको मल हालसम्म जाँचपास भएको छैन । बन्दरगाहको गोदाममै थन्किएको छ ।

    आपूर्तीकर्ताले मल सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गरी साल्ट ट्रेडिङको गोदाममा पुर्‍याएपछि मात्र हाम्रो जिम्मेवारीमा आउने साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । ‘बन्दरगाहमा आएको मल अहिले पनि सप्लायर्सकै जिम्मामा छ,’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगन्जका प्रमुख आमोज लामिछानेले भने, ‘जाँचपास भएर साल्ट ट्रेडिङको गोदाममा आएपछि मात्र हाम्रो जिम्मामा आउँछ ।’ आपूर्तिकर्ता कम्पनीका भन्सार एजेन्टका प्रतिनिधिले गत मईमा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको जनाए । ‘नभिजेका मल पहिले नै आइसक्यो,’ ती एजेन्टले भने, ‘अहिले कोलकाता बन्दरगाहमा मल राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको हो ।’

    साल्ट ट्रेडिङ कार्यालयका अनुसार आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजले ठेक्का सकारे २५ हजार टनमध्ये अझै करिब ६ हजारदेखि आठ हजार टन मल आपूर्ति गर्न बाँकी छ । सम्वद्ध स्रोतका अनुसार कोलकोतामा रहेका अरु मल पनि भिजेको अवस्थामै छन् । सम्झौताबमोजिम आपूर्तिकर्ताले मल राम्रो अवस्थामा गोदाममा नदिएसम्म भुक्तानी नदिने साल्ट ट्रेडिङ लिमिटिडका अधिकारीले बताएका छन् । सम्झौतामा गोदाम डेलिभरी भएकाले एक पैसाको पनि भार साल्ट ट्रेडिङमाथि पर्ने अवस्था छैन । राम्रो अवस्थामा गोदाम गनेर दिएको मलको मात्र भुक्तानी गर्ने कर्मचारीले बताउँदै आएका छन् ।

    सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता जगदीश पुर्वेले भिजेको मल जाँचपास नहुने बताउँछन् । ‘गत भदौमा आएको भिजेको मल हालसम्म गोदाममै छ,’ उनले भने, ‘बिमाका सर्वेयरले सर्वे गरेपनि हालसम्म प्रतिवेदन बुझाएका छैनन् । भिजेको मल जाँचपास भएको छैन ।’

    खराब मललाई नष्ट गरिने भन्सारका कर्मचारीले बताएका छन् । जानकारका अनुसार तेस्रो मुलुकबाट नेपालका लागि आएका सामान धेरै दिनसम्म भारतीय बन्दरगाहमा राख्न दिँदैनन् । आपूर्तिकर्ता कम्पनीको भन्सार एजेन्टका अनुसार एलसी खोलेर आएको सामान जे–जस्तो अवस्थामा छ त्यो नेपालमा इन्ट्री भएकै हुनपर्छ, जति कागजात सिपमेन्ट भएको छ, यो आउनैपर्छ ।भूषण यादव/कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।
  • सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान
  • प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
  • बाढी–पहिरो अपडेट
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    News

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    News

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    News

    बाढी–पहिरो अपडेट

    News

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑