• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    यसरी गर्न सकिन्छ तीन महिनामैै कोरोना रोकथाम

  • वीरगंज संजाल
  • Sep 8, 2020, 5:49 pm
  • ३५९७

    विश्वले सुरक्षित र प्रभावकारी कोभिड–१९ (कोरोनाभाइरस) विरुद्धको खोपको प्रतिक्षा गरिरहेको छ, तर यहाँ त्यस्तो रणनीति पनि छ–जसले औषधि विकास हुनअघि नै कोरोना महामारी अन्त्य गर्नसक्छ ।

    कम लागतको यो रणनीति व्यक्तिगत स्वतन्त्रतालगायत अमेरिकी दर्शनअनुकुल छ र यसमार्फत महामारीलाई दुुई वा तीन महिनाभित्र रोक्न सकिन्छ । यस रणनीतिअन्तर्गत -यालमा आधारित -यापिड परीक्षण किट वितरण गरेर त्यसलाई घरमै प्रयोग गर्दै संक्रमितको छिट्टै पहिचान गर्न तथा उनीहरुलाई आइसोलेसनमा राख्न सकिन्छ ।

    अमेरिकामा आज सम्भवत धेरै संक्रमित भइसकेका छन् र कन्ट्याक्ट ट्रेसिङ झन्डै असम्भव देखिन्छ । यस्तोमा यो रणनीतिले कन्ट्याक्ट ट्रेसिङको आवश्यकता पनि काम गर्नसक्छ ।
    कोरोना भाइरसबारेको हाम्रो ज्ञानसँगै हाम्रो अत्याधुनिक प्रविधिमार्फत यो रणनीति सम्भव हुन्छ । उदाहरणका लागि, अहिले हामीलाई कोभिड–१९ संक्रमण भएकाहरुले छोटो समयमै (सायद लक्षण देखिनुुअगावै) र त्यसपछि झन्डै १० दिनसम्म उनी निरन्तर संक्रमण सार्छन् भन्ने थाहा छ ।

    यस अवधिमा अर्बौँ नभएपनि दशौं लाख भाइरल कणहरु स्वासनलीमा जम्मा हुन्छन्, जब संक्रमित व्यक्तिले खोकी, थुुक वा सिँगान निकाल्छन् वा चर्को स्वरमा बोल्छन्, तब ती कणहरु हावामा फैलन्छन् ।
    यो छोटो अवधि परीक्षण र आइशोलेसनका लागि महत्त्वपूर्ण छ । यही अवधिमा मानिसहरुले संक्रमण अरुलाई सार्छन् ।

    भाइरल जेनेटिक मेटेरियल पहिचान गर्ने पोलिमरिस चेन रियाक्सन अर्थात् पिसिआर परीक्षण अहिले हाम्रो रोजाइमा छ किनकी यसले रोग पहिचानमात्रै नभए भाइरसको मात्रा पनि पत्ता लगाउनसक्छ ।
    पिसिआर परीक्षणको समस्या भनेको यसमा समय धेरै लाग्छ, महँगो छ र उत्पादन गरेर ठूलो परिमाणमा वितरण गर्न कठिन हुन्छ । मागअनुसार यसको सेवा उपलब्ध गराउन देशभरका ल्याबहरुले संघर्ष गरिरहेका छन् र धेरै बिरामीहरुले नतिजाका लागि १० दिनभन्दा बढी कुुर्नुपरेको छ, जसले परीक्षणलाई व्यर्थ बनाइदिन्छ ।

    १५ मिनेटभित्र नतिजा दिनसक्ने -यापिड एन्टिजन परीक्षणको विकास गेम चेन्जर साबित हुनसक्छ । भाइरसका लागि अद्धितीय रहेका प्रोटिनहरु पहिचान गर्ने यस्तो परीक्षण अमेरिकामा सोचेजसरी उपभोग भएको छैन । यद्यपी, एन्टिजन परीक्षणलाई बढाउने योजना बनेको छ । पिसिआर परीक्षणको दाँजोमा विश्वसनीयता कम भएपनि निरन्तर रुपमा व्यापक प्रयोगमा ल्याउन सके यसले संक्रमण सार्नसक्ने झन्डै सबै व्यक्तिको पहिचान गर्नसक्छ ।

    भाइरस स्याम्पल संकलनमा परिवर्तन गर्दा परीक्षणको दायरा पनि थप फराकिलो हुन्छ । सरकारी स्वीकृतिप्राप्त ल्याबहरुमा नतिजा विश्लेषण हुुनअघि परीक्षणका क्रममा नेजोफरेन्जियल स्वाव (नाकको प्वालबाट घाँटीको माथिल्लो भागमा पुुग्नसक्ने लामो स्वाब)  प्रयोग गरेर स्याम्पल लिनका लागि तालिमप्राप्त स्वास्थकर्मीको आवश्यकता पर्छ ।

    अहिले नयाँ अनुसन्धानअनुसार परीक्षणका लागि ¥याल विश्वसनीय स्रोत हो । कम्पनीहरुले अहिले त्यस्ता सामान्य एन्टिजेन परीक्षण विकास गरिरहेका छन्, जसको प्रयोगपछि नतिजा थाहा पाउन कठिन मेसिनको आवश्यकता पर्दैन । र, प्रेगनेन्सी टेस्टजस्तै सहजखाले सेटअप जसले खकारको नमुना जाँच गरेर दशौं लाख अमेरिकीहरुलाई आफै परीक्षण गर्न सहज बनाइदिन्छ ।  यसमार्फत वयस्कहरुले आफू र आफ्ना बालबालिकाको परीक्षण सहजै आफैं गर्न सक्छन् । स्कुल र कार्यस्थलमा अन स्पट जाँच गर्दा घरमा परीक्षण गर्न नचाहनेहरुको पनि पहिचान हुनसक्छ ।

    सबै अमेरिकीहरुको घरमै निःशुल्क परीक्षण अन्तिम लक्ष्य हुनसक्छ । कम्प्युटर पद्धतिबाट गरिएको एक अध्ययनअनुसार एकदेखि तीन दिनमा सबै अमेरिकीहरुको परीक्षण गरियो भने संक्रमणको फैलवाट ८० प्रतिशतले कम हुनसक्छ, सायद महामारीलाई तिव्र रुपमा अन्त्य गर्न यो पर्याप्त छ ।

    यदि हामीले हरेक तीन दिनमा सिंगो अमेरिकी जनसंख्याको परीक्षण गर्ने हो भने दैनिक झन्डै १० करोड परीक्षण गर्नुपर्ने हुन्छ । यस्तोमा आफै गर्न  सकिने परीक्षणको मूल्य प्रतिव्यक्ति ५० सेन्टभन्दा माथि हुनुहुँदैन । यो कहिल्यै नसुनिएको कुरा पनि होइन, अमेरिकी कम्पनी एबोट्ट ल्याबोरेटोरिजले इजिप्टका झन्डै ६ करोड जनताको परीक्षणका लागि प्रतिव्यक्ति ५० सेन्टका दरले भर्खरै पर्याप्त ¥यापिड हेपाटाइटिस सी टेस्ट उपलब्ध गराएको थियो ।

    १५ मिनेटभित्र नतिजा दिनसक्ने -यापिड एन्टिजन परीक्षणको विकास गेम चेन्जर साबित हुनसक्छ । भाइरसका लागि अद्धितीय रहेका प्रोटिनहरु पहिचान गर्ने यस्तो परीक्षण अमेरिकामा सोचेजसरी उपभोग भएको छैन । यद्यपी, एन्टिजन परीक्षणलाई बढाउने योजना बनेको छ । पिसिआर परीक्षणको दाँजोमा विश्वसनीयता कम भएपनि निरन्तर रुपमा व्यापक प्रयोगमा ल्याउन सके यसले संक्रमण सार्नसक्ने झन्डै सबै व्यक्तिको पहिचान गर्नसक्छ । 

    यो कार्यक्रमको उच्च चरण झन्डै दुुईदेखि तीन महिनासम्म मात्रै कायम रहनसक्छ । १ सय दिनसम्म हरेक दिन ५० सेन्टका दरले १० करोडमा परीक्षण गर्दा कुुल खर्च झन्डै ५ बिलियन डलरको हाराहारीमा आउँछ । महामारीका कारण अमेरिकी अर्थतन्त्रले २०३० भित्र झन्डै ८ ट्रिलियन डलर मुल्य चुकाउनुपर्ने अनुमान संसदीय बजेट कार्यालयले गरेको छ, त्यसको तुलनामा यो निकै सानो रकम हो ।

    पोजेटिभ परीक्षण भएका मानिसका लागि, आवश्यक परेमा उनीहरुको परिवारका सदस्यको निगरानीमा आवश्यक सुविधासहितको आइशोलेसन अर्थात् एसिस्टेड आइशोलेसनको व्यवस्था यस रणनीतिको दोस्रो पाटो हो । पोजेटिभ परीक्षण भएका सबै मानिस आर्थिक र शारिरीक रुपमा १० दिन आइशोलेसनमा बस्न सकुन् भन्ने यसको उद्देश्य हो ।

    एसिस्टेड आइशोलेसनका लागि आवश्यकताअनुसार खाद्यान्न, औषधि र सेल्टरको उपलब्धता सुनिश्चित गर्न आर्थिक र सामाजिक सहयोगको आवश्यकता पर्छ ।  अहिले औसत ४० हजार अमेरिकीहरुमा दैनिक सार्स–कोभ–२ पोजेटिभ देखिएको छ ।

    तथ्यहरुले देखाएअनुसार शंकास्पद र बिरामीलाई परीक्षण गर्ने अहिलेको हाम्रो रणनीतिले वास्तविक वा सम्भावित संक्रमितको तप्कालाई मात्रै पहिचान गर्छ ।
    मेरो प्रस्तावित रणनीति सफल पार्न संक्रमित लगभग सबै परिवारका लागि एसिस्टेड आइसोलेसनको प्रबन्ध गर्न अमेरिकी सरकार तयार हुनैपर्छ, गुमेको आयलाई परिपूर्ति गर्न भत्ता बढाउनुपर्छ र आफ्नो घरपरिवारका सदस्यमा संक्रमण देखिएको विषय जानकारी गराउन अफ्ठ्यारो महसुस गर्नसक्ने व्यक्तिहरुको सहभागीतालाई प्रोत्साहित गर्नुपर्छ ।

    अनुमान गरौं, तीन महिनासम्म दैनिक एक लाख नयाँ पारिवारलाई एसिस्टेड आइसोलेसन आवश्यक पर्नसक्छ । यदी प्रत्येक परिवारलाई कम्तिमा १० दिनसम्म आइसोलेसनमा राखियो र हरेक परिवारको खाद्यान्न, वासस्थान र आयको क्षतिपूर्ति प्रतिदिन झन्डै ५ सय डलर हुन आयो भने तीन महिने कार्यक्रममा अर्को ५० बिलियन डलर खर्च हुनसक्छ ।

    यसरी कोभिड १९ नियन्त्रण रणनीतिको प्रत्यक्ष खर्च कुल ५५ बिलियन डलर हुन आउँछ । राष्ट्रिय ऋणको धेरै ट्रिलियन्स डलर र गुमेको आर्थिक अवसरको दाँजोमा यो निकै कम हो ।
    गत मेइमा हार्भाडले जनस्वास्थ कार्यालय, कन्ट्याट ट्रेसिङ जनशक्ति, परीक्षण क्षमता वृद्धी, क्वारेन्टाइन सुविधा र मानिसलाई सेल्फ–आईशोलेनसनका दौरान आयको सहयोग गर्न माग गर्दै यस्तै प्रस्ताव ल्याएको थियो । त्योझन्डै ७४ बिलियन डलरको प्रस्ताव थियो । कोरोनाबारेको हाम्रो ज्ञान र प्रविधिमा देखिएको सुधारको अर्थ आजको दिनमा हामीले अझै चाडैं र पहिलो कल्पना गरेभन्दा सस्तो खर्चमा काम गर्नसक्छौं ।

    घरेलु परीक्षण–एसिस्टेड आइशोलेसन रणनीतिले महामारीको अन्त्य गर्नेछैन, तर यसले नियन्त्रणमा अवश्यक ल्याउनेछ । जब नयाँ घटना देखिन्छन्, तब यसलाई स्थानीय रुपमै रोकथाम गर्न सकिनछ । यो रणनीतिअनुसार हामी कार्यस्थल वा विद्यालयमा सुरक्षित साथ जानसक्छौं, हामीलाई दोस्रो वा तेस्रो संक्रमणको लहर फैलने भय हुनेछैन । यो रणनीति लागू गर्दा नयाँ संक्रमण रोकथामका लागि सुरक्षित र प्रभावकारी भ्याक्सिन तथा औषधि विकासमा हामीलाई चाहिएको समय पनि उपलब्ध हुुनेछ । र, बिरामी हुने थोरै व्यक्तिको ज्यान पनि बचाउनसक्छौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑