• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    स्मार्टफोनको सेन्सरले नै डिटेक्ट गर्न सक्छ मापसे !

  • वीरगंज संजाल
  • Aug 20, 2020, 8:00 pm
  • ४५९७

    सुरक्षित ड्राइभिङलाई ध्यानमा राख्दै अत्यधिक रक्सी सेवन गरेको डिटेक्ट गर्न (पत्ता लगाउन) हाई ईण्ड स्मार्टफोनमा सेन्सरमाथि एक नयाँ परीक्षण भएको छ ।

    एप्पलले आफ्नो एप्पल वाचमा स्वास्थ्यसम्बन्धी नयाँ फिचर ल्याउँदै गरेका बेला पिट्सबर्ग युनिभर्सिटीबाट भएको एक नयाँ अध्ययनले विद्यमान आईफोनहरुले नै विषाक्तताको मात्रा डिटेक्ट गर्न सक्ने दाबी गरेको छ ।

    चाल (मोसन) मापन गर्ने यस हाल प्रयोगमा रहेका स्मार्टफोन सेन्सरहरुलाई नै प्रयोग गरिएको थियो । बीबीसी न्यूजका अनुसार अमेरिकी अनुसन्धानकर्ताले २२ जना व्यक्तिमा यो परीक्षण गरेका हुन् । जसमा मादकता मापन गर्ने सवालमा फोन ९० प्रतिशत अवस्थामा सफल देखिएको थियो ।

    ‘हामीसँग शक्तिशाली सेन्सरहरु छन्, जसलाई हामी जहाँ गए पनि साथमै लगिरहेका हुन्छौं,’ टोलीका मुख्य अनुसन्धानकर्ता ब्रियन सुफोलेटोले बीबीसीसँग भनेका छन्, ‘ती सेन्सरहरुलाई जनस्वास्थ्यको सेवामा  कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा हामीले सिक्न जरुरी छ ।’

    प्रारम्भिक चरणको यो अध्ययन निश्चित रुपमा निकै सीमित व्यक्तिहरुमा मात्रै गरिएको थियो । २१ देखि ४३ वर्ष उमेर समूहका २२ जना सहभागीमा १५ जना पुरुष थिए भने सबै गोराजातीका । सहभागी सात जना महिला मध्ये कोही पनि गर्भावस्था तथा स्तनपान गराइरहेका थिएनन् ।

    अमेरिका र बेलायतमा शरीरमा भएको १०० मिलिमिटर रगतमा ८० मिलिग्रामसम्म अल्कोहल भएको मापसेलाई ड्राइभिङका लागि कानूनी मानिन्छ । परीक्षणमा सहभागी हरेक व्यक्तिलाई उक्त सीमा ननाघुञ्जेल जुस सहितको भोड्का सेवन गर्न दिइएको थियो ।

    हरेक स्वयम्‌सेवीको पछाडि भागमा स्मार्टफोन राखिएको थियो र हरेक दुई घण्टामा सिधा लाइनमा १० पाइला हिँड्न र फर्किएर आउन लगाइएको थियो । यस्तोमा फोनले १७ जना सहभागीमा मापसेको सीमा नाघेको पहिचान गर्न सकेको थियो ।

    यसरी प्रत्येक व्यक्तिको हिँडाईमा आएको परिवर्तन मापन गरी यो नतिजा निकालिएको हो । २० हजार शब्दमा लेखिएको यो सोधपत्रमा आईफोन वा एण्ड्रोइड कुन प्रयोग गरिएको थियो भन्ने कुरा चाहिँ स्पष्ट खुलाइएको छैन ।

    यद्यपी फोनमा उच्च तहको एक्सिलेरोमिटर भएको चाहिँ बताइएको छ । जुन फ्ल्यागशिप एण्ड्रोइड तथा एप्पलका आईफोन फाइभपछिका मोडलमा उपलब्ध छ ।

    तर सस्ता एण्ड्रोइड फोनहरुमा भने त्यति धेरै संवेदनशीलता परख गर्न सक्ने शक्तिशाली सेन्सर हुँदैनन् । अनुसन्धानकर्ताहरुले यसमा अनुसन्धानलाई निरन्तरता दिइने बताएका छन् ।

    जसमा मोबाइल खल्तीमा भएको अवस्थामा यी स्मार्टफोन सेन्सरहरुले कति वास्तविक रुपमा काम गर्न सक्छन् भन्ने कुराको मापन हुनेछ । इमर्जेन्सी फिजिसयन डा सुफोलेटोले बताए अनुसार उनी आफै अल्कोहल विषाक्तताको गम्भीर शिकार पश्चात उपचारपछि निको भएका थिए ।

    साथै अत्यधिक रक्सी सेवन गरी सवारी चलाउँदा भएको दुर्घटनामा उनले आफ्नो नजिकको साथी समेत गुमाउनु परेको थियो । ‘त्यसैले नै म विगत १० वर्षदेखि अत्यधिक अल्कोहल सेवनका कारण हुने मृत्यु र चोट रोक्न डिजिटल प्रविधि प्रयोग गर्ने विषयमा दत्तचित्त भएर लागेको छु,’ उनले भनेका छन् ।

    ‘पछिल्लो पाँच वर्षदेखि म कल्पना गर्दै आएको छु,’ डा सुफोलेटोले अगाडि भनेका छन्, ‘मानिसहरु साथीसँग गएर अत्यधिक रक्सी सेवन गर्दा त्यसले पुर्‍याउन सक्ने हानीको बारेमा सुरुमै अलर्ट पाउन सकुन् र उनीहरुलाई रक्सी सेवन गर्नबाट रोकेर ड्राइभिङ, झैझगडा र असुरक्षित यौन सम्पर्क जस्ता उच्च जोखिमका गतिविधिबाट जोगाउन सकियोस् ।’

    एजेन्सीको सहयोगमा ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑