• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    सधैंको पीर, परेवाभीर

  • वीरगंज संजाल
  • ९ श्रावण २०७७, शुक्रबार ०८:५३
  • १०५३

    Shares

     हेटौंडा | मकवानपुरको अति विकट राक्सिराङ गाउँबाट मनहरी बजार आउँदै गर्दा मनहरी खोलाले बगाएर राक्सिराङ गाउँपालिका–४ पञ्जनी निवासी ४५ वर्षीय प्रेमबहादुर मोक्तानको केही समयअघि मृत्यु भयो । उहाँलाई परेवाभीरमुनिको खोला तर्दै गर्दा मनहरी खोलाले बगाएको थियो ।खोलाले बगाएको शव राक्सिराङ गाउँपालिकाको मुकामनजिक चैनपुरमा फेला परेको थियो । मोक्तान त एक प्रतिनिधि मात्र हुनुहुन्छ । राक्सिराङ गाउँपालिकाको परेवाभीर भन्ने स्थानमा सडक नहुँदा भीर र खोलाबाट यात्रा गर्नुपर्दा वर्षेनी कम्तीमा ३ जनाको मृत्यु हुँदै आएको छ ।

    मकवानपुरको दुर्गम राक्सिराङ–४ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको वडा नम्बर–१, २, ७, ८ का बासिन्दा त्यही बाटो भएर दैनिक उपभोग्य सामग्री खरिद तथा अन्य प्रशासनिक कामका लागि परेवाभीरमा ज्यानको बाजी लगाएर राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार पुग्नुपर्ने बाध्यता छ ।गत वर्षामा भीर पार गर्न नसक्दा २ जनाको मृत्यु भयो । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार परेवाभीरका कारण एक दशकमा १२ बढी स्थानीयको ज्यान गइसकेको छ । मनहरी खोलामा पर्ने परेवाभीर स्थानीयका लागि हैरानको विषय बनेको छ ।

    बाग्मती प्रदेशका प्रदेशसभा सदस्य ओमबहादुर ग्लान (प्रदीप) ले परेवाभीरमा बाटो नभएका कारण लडेर मान्छे मरे अब हेटौंडाको मुख्य बजार बुद्धचोकमा शवको दाहसंस्कार गर्ने चेतावनी दिनुभएको छ । ‘करिब ५ सय मिटर रहेको उक्त चट्टानी भीरको बाटो हातले समाउँदै वर्षामा नुनतेल र बिरामी बोकेर लैजानुपर्ने बाध्यता छ’, सांसद् ग्लानले भन्नुभयो– ‘युक्त ज्यानमारा भीरको बाटो हुँदै वर्षको करिब ४ महिना काँकडा, राक्सिराङ, भार्ता र डाँडाखर्कका कम्तीमा १० हजार मानिस आवत–जावत गर्नुपर्ने बाध्यतामा छन् ।’

    वर्षामा खोलाको बाटो अवरुद्ध भएपछि प्राकृतिक भीरका चट्टान समाती ज्यान जोखिममा पारेर हिँड्नुको विकल्प छैन । ग्लानका अनुसार उक्त बाटोका अंशहरू धादिङतिर बाटो बनिसकेको छ भने नुवाकोटमा त गाडी नै गुडिसकेको छ । मकवानपुर खण्डमा भने ट्रयाक नै खुलेको छैन ।उक्त कार्यका लागि प्रदेशका मन्त्री र सांसद्हरूलाई भीरको मुनि लगेर अवस्थाबारे स्थलगत जानकारी गराउँदा पनि न बजेट न त नीति तथा कार्यक्रममा समेटिएयो भन्दै सांसद् ग्लानले नेपाल समाचारपत्रसँग आक्रोश पोख्नुभएको हो ।

    राक्सिराङ गाउँपालिकाले परेवाभीर खण्डमा बाटो बनाउन १ करोड विनियोजन गरेको अध्यक्ष मल्लले बताउनुभयो । चैनपुर–बोटबारी–परेवाभिर–साइचा–खैराङ–मलेखु सडकको डीपीआर शुरू गरिएको छ । गाउँपालिका र प्रदेश सरकारको लगानीमा निर्माण गर्न लागिएको सडकलाई मुग्लिन–काठमाडौं सडकको वैकल्पिकका रूपमा हेरिएको छ ।

    मनहरीदेखि मलेखुसम्म करिब ५८ किमी दूरी रहने सडकले राक्सिराङ गाउँपालिका चेपाङ र तामाङ बाहुल्यता रहेको विकट क्षेत्रलाई सडक सञ्जालमा जोडेर समग्र विकासमा टेवा दिने विश्वास लिइएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर–५ को बोटबारी–परेवाभिर जोड्ने सडक र मनहरी गाउँपालिका वडा नम्बर–५ को दर्दरा–वसन्तपुर सडकका लागि उक्त क्षेत्रका कांग्रेस सांसद् इन्द्रबहादुर बानियाँले ५०–५० लाख रुपियाँ बजेट बाँडफाँट गर्नुभएको थियो ।

    राक्सिराङ गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष सञ्जय कोइरालाको पहल तथा अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थानीय वडा कमिटीका अगुवाहरू मिलेर पैदलमार्ग निर्माण गरेका हुन् । वर्षामा बाटो सुधारका लागि कहींकतैबाट आर्थिक स्रोत उपलब्ध नभएपछि जनश्रममै आधारित रही बाटोको काम गरिएको अध्यक्ष कोइरालाले बताउनुभयो ।

     संसद्मा कविता
    बाग्मती प्रदेशसभा सदस्य ओमबहादुर ग्लान (प्रदीप) ले परेवाभीरसम्बन्धी आफ्नो माग पूरा नभएको भन्दै कवितामार्फत संसद्को ध्यानाकृष्ट गर्नुभएको छ । यही भीरबारेको मुद्दाका कारण मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा मागिएको विषय आफ्नो नरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

    आफ्नो प्रमुख विषय परेवाभीर सडक निर्माणको कुरा रहेको भन्दै उक्त विषयलाई गौण राखेर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने वा राजीनामा माग्ने विषय हुँदै नभएको उहाँको भनाइ थियो । ‘बुधबार मुख्यमन्त्रीले परेवाभीरको बाटो नबन्ने बताउनुभएको रहेछ । मैले त्यसबारे प्रतिक्रिया दिएको हुँ ।’ –उहाँले भन्नुभयो ।

    तपार्इंको प्रतिक्रिया त प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मको रहेछ नि । भन्ने प्रश्नमा सांसद् ग्लानले भन्नुभयो– ‘कुरो त्यसो होइन, म एक्लैले चाहेर वा बोलेर हुने विषय पनि होइन । यो समग्र पार्टीको विषय हो । पार्टी पनि केन्द्रीय नेतृत्वको विषय हो । यस्तै पाराले अघि बढ्ने हो भने जनताले मुख्यमन्त्रीको राजीनामासमेत माग्न थाल्नेछन् भन्ने मेरो आशय हो ।’

    मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिका वडा–४ मा पर्ने परेवाभीर खण्डमा सडक निर्माणका लागि पहल गर्दै आउनुभएका सांसद् ग्लानले परेवाभीरबाट लडेर मान्छे मरे हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोकमा ल्याएर दाहसंस्कार गर्ने धम्की संसद्मै दिनुभएको थियो । त्यसपछि मुख्यमन्त्रीसँग उहाँको सम्बन्ध चिसिएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज – १४ माघ २०७७ बुधवार को राशिफल
  • बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्
  • विश्वास कसलाई मात्रै गर्नु र बरै
  • मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

    उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण

    बारामा सवारी दुर्घटनाहुदा एकको मृत्यु, एक घाइते

    भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जमा विशेष समारोह सम्पन्न

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    समाचार
    News

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    News

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    News

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    News

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    News

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑