• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दुई वर्षमा नेपालको आफ्नै भू–उपग्रह

  • वीरगंज संजाल
  • Jul 1, 2020, 6:35 am
  • २९६५

    वीरगंज । सरकारले दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ ।विदेशी भू–उपग्रहको प्रयोग राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू–उपग्रह स्थापना गर्न लागेको हो । भू–उपग्रह स्थापनाका लागि सरकारले भू–उपग्रह नीति, २०७७ समेत ल्याइसकेको छ ।

    यही असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नीतिमा सन् २०२२ भित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गरी मुलुकभित्रैबाट यससम्बन्धी विश्वसनीय र गुणस्तरीय सेवा उपलब्ध गराउने जनाइएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सूचना तथा सञ्चारको क्षेत्रमा थप प्रभावकारिता ल्याउन अबको दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने लक्ष्यसहित भू–उपग्रह नीति ल्याइएको बताए । अब नीतिअनुसारका काम अगाडि बढ्नेछन् ।भू–उपग्रह स्थापनासँगै सन् २०२४ सम्म मुलुकको कुल गार्हस्थ उत्पादनमा डिजिटल क्षेत्रको योगदान उल्लेख्य रूपमा वृद्धि हुनेछ । दुर्गम र अति विकट भौगोलिक क्षेत्रका जनतासमक्ष ब्रोडब्यान्ड इन्टरनेट सेवा र प्रसारण सेवाको पहुँच सुनिश्चित हुने बताए ।

    भू–उपग्रह स्थापनापश्चात् नेपालकै भू–उपग्रहको सेवा लिने व्यवस्था मिलाइने तथा अन्तरिक्ष प्राविधिकसँग सम्बन्धित दक्ष जनशक्ति तयार गर्न आवश्यक व्यवस्था मिलाइने जनाइएको छ । भू–उपग्रह स्थापनासँगै अन्तरिक्षसँग सम्बन्धित सन्धि तथा महासन्धिहरूको पक्ष राष्ट्र हुने प्रक्रिया अगाडि बढाइने छ । यसैगरी मुलुकको मौसम पूर्वानुमान र विपद् व्यवस्थापन कार्यमा सहयोग पुग्नेगरी प्रभावकारी सञ्चार संयन्त्रको व्यवस्था गरिनेछ । भू–उपग्रह सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै संस्थागत व्यवस्था नभएसम्म नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको व्यवस्था गर्ने जानकारी दिए ।

    कोष परिचालन
    भू–उपग्रह नीतिको लक्ष्य प्राप्तिका लागि भू–उपग्रहसम्बन्धी पूर्वाधार निर्माण गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषको समेत परिचालन गरिने प्रवक्ता तिवारीले बताए । त्यसैगरी सरकारी, गैरसरकारी, निजी एवं अन्तर्राष्ट्रिय स्रोत साधनसमेत परिचालन गरिनेछ ।

    निर्देशन समिति
    भू–उपग्रहको स्थापना तथा यससँग सम्बन्धित नीतिको कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षतामा निर्देशन समिति गठन गरिने भएको छ ।मन्त्रालयका प्रवक्ता तिवारीका अनुसार उक्त समितिमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, रक्षा, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सदस्य, नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानका उपकुलपति, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष सदस्य रहनेछन् । त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उक्त समितिका सदस्यसचिव रहने छ ।

    यसअघिका प्रयास
    अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह स्थापनाका लागि तीन वर्षयता हरेक बजेट वक्तव्यमा सरकारले आफ्नै स्याटेलाइट स्थापना गर्ने घोषणा गर्दै आएको छ । स्याटेलाइट खरिदका लागि यसअघि नै नेपाल सरकार र फ्रान्सेली कम्पनी थ्यालस एलेनियाबीच समझदारी भइसकेको छ । २०७५ माघमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको युरोप भ्रमणको क्रममा फ्रान्सेली कम्पनी एलेनियासँग जीटूजी प्रक्रियामार्फत स्याटेलाइट खरिद गर्ने समझदारी भएको थियो । तत्कालीन मन्त्री बाँस्कोटाले राजीनामा दिएपछि स्याटेलाइट स्थापना प्रक्रिया रोकिएको थियो ।

    यसअघि २०७३ सालमा नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा आशयपत्र माग गरेकोमा भारत, चीन, अमेरिका, थाइल्यान्ड, सिङ्गापुरसहित क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरब, रुस, इजरायललगायत विभिन्न देशका २२ वटा कम्पनीले आशयपत्र पेस गरेका थिए । त्यसैगरी प्राधिकरणले स्याटेलाइट स्थापनाका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन ९आईटीयू०मा निवेदन दिइसकेको छ ।सन् १९८० मा बहुविधागत परियोजनामार्फत पहिलो पटक भू–उपग्रह प्रविधिको प्रयोग वनसम्बन्धी गतिविधिको नियमनका लागि गरिएको थियो । यस प्रविधिका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चार सम्पर्क बढाउन सन् १९८२ मा सगरमाथा भू–उपग्रह केन्द्र स्थापना गरिएको थियो ।- गोरखापत्रबाट भउचप्रसाद यादवको रिपोर्ट Photo Source: Agency

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑