चिया पिउनु मानसिक, संवेगात्मक, सामाजिक तथा शारीरिक रुपले फाइदाजनक हुन्छ ।चियाको सेवले मानिसमा सौन्दर्य वृद्धि मात्र होइन तौल घटाउन तथा जिउको छालामा जलप्रवाहलाई नियमित बनाएर सुख्खा हुनबाट बचाउँछ। छालामा पानीको प्रवाह गर्छ । छाला तथा शरीरका अन्य अंगमा हाइड्रेसन अर्थात् पानीको पर्याप्त प्रवाह स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ ।
चाहे ब्लाक टी होस् वा मिल्क टी वा ग्रिन टी यी सबैको सन्तुलित सेवन छालाको स्वास्थ्यका लागि महत्पपूर्ण हुन्छ । पसिनाबाट नष्ट हुने शरीरको पानीलाई पुनभरण गर्न चियापानले महत्वपूर्ण भूमिका खेल्छ । चियापानले छाला पोल्ने तथा चिलाउने जस्ता समस्या समेत कम गर्ने गर्न मद्दत गर्छ ।
चियाको सेवनले वजन नियन्त्रणमा समेत सहयोग गर्छ । चिया नपिउने मानिसमा भन्दा पिउने मानिसहरुमा मोटोपनाको समस्या कम हुने एक अध्ययनले देखाएको छ । यसका लागि चिनी नराखिएको मिल्क टी निकै उपयुक्त हुन्छ ।
चियामा हाम्रो छालाका लागि अत्यावश्यक जलप्रवाह गर्ने गुण हुने तथा वजन नियन्त्रणमा समेत सहयोगी हुने मात्र होइन अनुहारको चायापोतो हटाउन तथा अनुहारलाई चम्किलो बनाउन टी ब्याग निकै सहयोगी बन्दछ ।
मनतातो पानीमा टि ब्याग छापेर चिम्लिएको आँखामाथि केहीबेर राख्नाले आँखा वरपरको कालो धब्बा तथा दाग हटाउन मद्धत गर्दछ । चिया हालेर पकाएको पानीले कपाल धुँदा कपाल झर्ने समस्या समेत कम हुन्छ ।
एजेन्सीको सहयोगमा