• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / अविस्कार

    निजी रकेटबाट अन्तरीक्षमा मानिस पठाएर अमेरिकाले रच्यो इतिहास

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७७, मंगलवार २०:२६
  • ५३५

    Shares

    स्पेस एक्सको अन्तरीक्षयान ‘द क्रू ड्रागन’ले नासाका दुईजना अन्तरीक्षयात्रीलाई लिएर अन्तरीक्षको यात्रामा निस्किएको छ ।अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट उक्त अन्तरीक्षयान प्रक्षेपण गरिएको हो । योसँगै अमेरिकाले नौ वर्षपछि आफ्नै भूमिबाट पहिलोपटक मानवयान अन्तरीक्षमा प्रक्षेपण गरेको छ ।

    स्पेस एक्सको यो रकेट प्रक्षेपणले अर्को कीर्तिमानसमेत कायम गरेको छ । विश्वमा पहिलोपटक कुनै निजी अन्तरीक्षयानका माध्यमबाट अन्तरीक्षयात्रीहरु इन्टरनेसनल स्पेस स्टेसनका लागि प्रस्थान गरेका छन् ।

    स्पेस एक्सको निजी यानबाट नासाका अन्तरीक्षयात्री बब बेनकेन र डग हर्ली अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रको यात्रा गरी विश्व कीर्तिमान कायम गरेका हुन् ।

    सन् २००० मा स्पेस एक्सको निजी अन्तरीक्षयानबाट अन्तरीक्षमा जानका लागि यी दुईको छनोट भएको थियो । यी दुई अन्तरीक्षयात्रीहरु अहिलेसम्म नासाको तर्फबाट यसअघि दुई-दुई पटक अन्तरीक्षमा पुगिसकेका छन् । नासाको अन्तरीक्षयात्रीको टोलीमा यी सबैभन्दा अनुभवी अन्तरीक्षयात्री हुन् ।

    १९ घण्टामा यी दुई अन्तरीक्ष स्टेसनमा पुग्नेछन् ।यसअघि गत बुधबार पहिलोपटक अन्तरीक्षयान प्रक्षेपणको प्रयास गरिएको भए पनि खराब मौसमका कारण सो दिन स्थगित गरिएको थियो ।

    सन् २०११ यता अमेरिकाले पहिलोपटक फ्लोरिडाबाट अन्तरीक्षमा मानिस पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उक्त ऐतिहासिक पलको साक्षी बनेका छन् । अन्तरीक्षयान प्रक्षेपणको दृश्य हेर्नका लागि ट्रम्प फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा पुगेका थिए ।

    नासाका प्रशासक जिम ब्राइडेन्स्टाइनका अनुसार रकेट प्रक्षेपणका बेला ट्रम्पले प्रार्थना गरिरहेका थिए ।

    उनले भनेका छन्, ‘मैले गडगडाहट सुनेँ तर त्यसबेला मैले केही अरु नै महसुस गरिरहेकेा थिएँ । जब आफ्नो टिम रकेटमा हुन्छ, त्यतिबेला यस्तै महसुस हुन्छ । यो हाम्रो टिम हो । यो अमेरिकाको टिम हो । अहिले हामी निकै कठिन समयबाट गुज्रिरहेका छौँ । तर अन्तरीक्षयान प्रक्षेपणको यो घटनाले मानिसहरुलाई प्रेरणा मिल्नेछ,’

    बीबीसीबाट

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रभावहीन ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’
  • भारतबाट आएको कोभिसिल्ड खोपले कसरी काम गर्छ ?
  • चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने
  • ‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रभावहीन ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

    भारतबाट आएको कोभिसिल्ड खोपले कसरी काम गर्छ ?

    चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने

    ‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’

    बाटोमा परखाल निमार्ण गरेको भन्दै स्थानियको बिरोध

    कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्दै स्वास्थ्य मन्त्रालय

    महाभारत युद्धमा हजारौं मारिए, तर किन भेटिएन कसैको शव ?

    यी राशिका मानिसहरुमा हुन्छ गजबको क्षमता

    आज शनिवार – १० माघ २०७७ को राशिफल

    योग गरौं, उचाइ बढाऔं

    प्रभावहीन ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

    भारतबाट आएको कोभिसिल्ड खोपले कसरी काम गर्छ ?

    चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने

    ‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’

    बाटोमा परखाल निमार्ण गरेको भन्दै स्थानियको बिरोध

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    प्रभावहीन ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

    समाचार
    News

    प्रभावहीन ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

    News

    भारतबाट आएको कोभिसिल्ड खोपले कसरी काम गर्छ ?

    News

    चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने

    News

    ‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’

    News

    बाटोमा परखाल निमार्ण गरेको भन्दै स्थानियको बिरोध


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑