• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आफन्तबाटै बलात्कार, पीडित झन् जोखिममा

  • वीरगंज संजाल
  • Jun 1, 2020, 6:22 am
  • ४५७५

    इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका-७ की १६ वर्षीया किशोरी आफ्नो बाबुबाट पटकपटक बलात्कारको सिकार भइन् । झट्केलो बाबुले घरमा कोही नभएको मौका छोपी छोरीमाथि यौन हिंसा गर्दै आएका थिए ।

    किशोरीलाई घटनाबारे कसैलाई नभन्न धम्की दिने गर्थे । पहिलोपटक बलात्कारको घटना हुदा किशोरीले आमा र आफन्तलाई बताएकी थिइन् । तर कसैले विश्वास गरेनन् ।

    गत वर्ष पुसमा उनी दोस्रोपटक बलात्कारको सिकार हुन पुगिन् । त्यसपछि भने उनी मानसिक रुपमा गुज्रिन पुगिन् । कक्षा १० मा पढ्दै आएकी उनको परीक्षामा समेत प्रभाव पर्‍यो । पढाइमा अब्बल भएका कारण विद्यालयले आग्रह गरेपछि मात्र उनले परीक्षा दिएकी हुन् । पीडित बालिकाका एक जना आफन्तले महिला अधिकारकर्मीलाई घटनाबारे जानकारी गराएका थिए ।

    अधिकारकर्मीको पहलमा इलाका प्रहरी कार्यालय इटहरीले आरोपित बुवालाई पक्राउ गर्न सफल भयो । उनीमाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । आरोपित अवकाशप्राप्त शिक्षक हुन् । उदयपुरको रामपुर स्थायी ठेगाना भएका पीडक इटहरीमा बस्दै आएका थिए । किशोरीलाई ओरेक नेपाल सुनसरीको पहलमा विराटनगरको सेभ हाउसमा राखिएको थियो । तर पारिवारिक दबाब आएपछि उनका आमाले किशोरीलाई शनिबार घर लगेकी छन् ।

    धरान-१७ की १४ वर्षीया बालिकाले वडा कार्यालयमा पुगी जनप्रतिनिधि र सामाजिक परिचालिकालाई आफू बलात्कृत भएको बताइन् । जेठ १६ गते दिउँसो आफूलाई बुवाले बलात्कार गरेको भन्दै गुहार माग्न वडामा पुगेपछि प्रहरीले आरोपित बुवालाई पक्राउ गर्‍यो । हाल आरोपितविरुद्ध पीडितकी आमाले जबरजस्ती करणी मुद्दा दर्ता गरेकी छन् । पीडक अहिले हिरासतमा छन् । आमा ठूलीआमाको घरमा काम सघाउन गएको बेला बुवाले बलात्कार गरेको बालिकाको भनाइ छ । उनीमाथि यसअघि पनि बुवाले बलात्कार गरेका थिए । बालिकाले एकपल्ट आत्महत्याको प्रयाससमेत गरेकी थिइन् । छिमेकीका अनुसार घटना सार्वजनिक गरेको भन्दै बालिकालाई परिवारले दबाब दिँदै आएको छ । अभियुक्त पूर्वप्रहरी हुन् । उनका दुई जना श्रीमती रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

    यस्तै, दुहबीमा आफ्नै मामाले भान्जीलाई बलात्कार गरेका छन् । आफ्नै घरमा बस्ने १० वर्षीया भान्जीलाई करणी गरेको पाइएको छ । जेठ ५ गते उक्त घटना भएको हो । बालिकाले आफू बलात्कृत भएको बताएपछि प्रहरीमा उजुरी परेको थियो ।

    बालिकाका अनुसार कोही नभएको मौका छोपी मामाले जबरजस्ती गरेका थिए । परिवारका सदस्यले नै आरोपितलाई भगाएको खुलेको छ । उनीमाथि दुहबी प्रहरीले खोजी जारी राखेको जनाएको छ । हाल बालिकालाई दुहबीको अनाथ आश्रममा राखिएको छ । पीडितकी आमा काठमाडौंमा बस्दै आएकी छन् ।

    इटहरी उपमहानगरपालिका २० मा पनि एक किशोरीमाथि बलात्कारको प्रयास भयो । गत वैशाख २६ गते १८ वर्षीया किशोरीलाई मन्टेश्वरी सञ्चालकले बलात्कारको प्रयास गरेका थिए । मन्टेश्वरीका लागि आएका नयाँ किताब मिलाउनुपर्ने भन्दै घरमा बोलाएर बलात्कार प्रयास गरेका थिए ।

    पीडकमाथि जेठ १३ गते पीडितका दाजुले जबरजस्ती करणीमा मुद्दा दर्ता गरेका छन् । प्रहरी र आरोपित पक्षले मुद्दा दर्ता नगर्न दबाब दिएका थिए । महिला अधिकारकर्मीको सहयोगमा मुद्दा दर्ता भएको हो । युवती दाजुसँग मन्टेश्वरी नजिकै बस्दै आएकी थिइन् । घटना सार्वजनिक भएपछि बस्ने अवस्था नरहेको कारण उनी अन्यत्र बसाइँ सरेकी छन् ।

    जबरजस्ती करणी वा सामूहिक रुपमा करणी गरेमा २० वर्ष जेल सजाय र जरिवानाको कानुनी व्यवस्था छ । यद्यपि महिला तथा बालिकामाथि हुने बलात्कारको घटना रोकिएको छैन ।

    विशेषगरी १८ वर्षमुनिका बालिका आफन्तबाटै बढी असुरक्षित हुँदै आएका छन् । बालिका तथा किशोरीहरु प्रतिकार गर्न नसक्ने भएका कारण उनीहरुमाथि यौन हिंसा बढी हुने गरेको महिला अधिकारकर्मी शान्ति गजमेरले बताइन् । उनका अनुसार अरुको आश्रय लिएर बसेका महिला तथा बालिकाहरु बढी जोखिममा छन् ।

    सुनसरी प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७६ असार मसान्त सम्म १०५ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । जसमा १० वर्षमुनिका १५ जना, १० देखि १४ वर्षका १४ जना, १४ देखि १६ वर्षका २८ जना, १६ देखि १८ वर्षका १२ जना र १८ देखिमाथिका ३६ जना रहेका छन् । यस्तै, आर्थिक वर्ष २०७६/७७ साउनदेखि वैशाखसम्म ६८ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् ।

    ओरेक नेपाल सुनसरी संयोजक शान्ति दनुवारले किशोरी तथा महिलाहरु आफन्तबाटै असुरक्षित रहेको बताइन् । प्रत्येक स्थानीय तहले लैगिंक हिंसाका मुद्दामा प्राथमिकतासाथ काम गर्न सके महिला तथा बालिकामाथि हुने हिंसा कम गर्न सकिने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑