• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    खतरनाक सलह किरा नेपालमा समेत आउन सक्ने / रोकथामको विषयमा सरकारको तयारी के के हुन ?

  • वीरगंज संजाल
  • May 31, 2020, 2:08 pm
  • २३६३

    वीरगंज | सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ । यससँगै कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर के.सी.ले नेपालमा सलह किरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको  रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताउनुभयो ।

    उहाँले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि बैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले त्यसको पूर्व तयारी पहिलो आउने कि नआउने जोखिम कति हो भनेर विश्लेषण गर्नुपर्ने हुन्छ र आएको अवस्थामा गर्नुपर्ने कामहरु त्यसको पूर्वतयारी गर्नुपर्छ । त्यसको लागि हामीले एउटा प्राविधिक समिति बनाएका छौं । त्यो प्राविधिक समितिले अहिले अध्ययन गर्दै छ । भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति हो ? आउन सक्ने सम्भावना छ भने त्यसको लागि हामीले गर्ने तयारी के के हुन?

    त्यसका लागि विभिन्न विषादीहरुको उपलब्धताको कुरा हुनसक्छ, उपकरणहरुको कुरा हुनसक्छ ती कुरा हामीसँग छन की छैनन? पहिला त्यो के चिज हो र त्यसको उपलब्धता तथा परिचालन कसरी हुन्छ भन्ने कुराको बारेमा तयारी गर्न प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा नेपालमा उपलब्ध बैज्ञानिकहरु, प्राविधिकहरुको टीम बनाइएको छ । त्यो टीमले काम सुरु गरेको छ । त्यसले गरेको कामका आधारमा मन्त्रालयले के गर्नुपर्छ त्यो तयारी गर्दै जान्छ ।’

    सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह  ९ीयअगकत० प्लेग दिएको छ । सलहको वैज्ञानिक नाम क्अजष्कतयअभचअब न्चभनबचष्ब हो । यो किरा समुहमा बस्छ र कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पु¥याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छन् ।

    यो किरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ । नेपालमा पनि सूदुरपस्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ । त्यसको लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुलाई जानकारी गराइसकेको प्रवक्त के.सी.ले बताउनुभयो । उहाँले सलह किराको नियन्त्रणका लागि विषादी प्रयोग गर्नुको विकल्प नहुने बताउनुभयो । त्यसैले विषादीको उपलब्धता र त्यसको प्रयोग गर्ने उपकरणको उपलब्धताको तयारीको प्रक्रियामा मन्त्रालय लागि सकेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘रोकथामको कुरा के हो भने यो आइसक्यो भने ठूलो संख्यामा आउँछ । यो करोडौंको संख्यामा आउँछ । यसले एकैचोटी थुप्रै किलोमिटर क्षति गर्ने हिसाबले आउँछ । हामीसँग आइसकेको अवस्थामा विषादी प्रयोग गर्नुभन्दा बाहेकको विकल्प हुँदैन । विषादी पनि ठूलो मात्रामा, ठूलो क्षेत्रमा छर्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले सम्भवतः यो नआओस सबैभन्दा राम्रो त्यही हो । आइहाल्यो भनेपनि हामी त्यसको लागि विषादीको उपलब्धता, त्यसका उपकरणहरुको उपलबधताको बारेमा तयारीको प्रक्रियामा लागिसकेका छौं ।’

    मन्त्रालयले सलह किराको आक्रमण र यसको जोखिम तथा रोकथामको बारेमा मिडिया मार्फत किसानहरुलाई जानकारी दिने तयारी समेत थालेको प्रवक्ता के.सी.ले बताउनुभयो । यो किराको प्रकोप खासगरी जेठ महिनादेखि असोज सम्म हुने गर्छ । जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन् । नेपाल लगायत संसारका सबै भूभागमा वातावरणीय परिवर्तन हुँदा न्यानो बढेकोले यो किराको जीवनचक्रमा परिवर्तन आएको विज्ञहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑